• १४ असार २०८१, शुक्रबार

पीएसजी फ्रेन्च लिगको उपाधि नजिक

blog

मार्सेलीविरुद्ध गोल गरेपछि खुशी मनाउँदै पीएसजीका नेयमार । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ५ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी)  फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा दोस्रो स्थानको मार्सेलीलाई २-१ गोलले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो । 

पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले गोल गर्नुभयो । मार्सेलीका डुजे कालेटा कारले सान्त्वना गोल फर्काउनुभयो । नेयमारले १२औँ मिनेटमा खाता खोल्नुभएको थियो । ३१औँ मिनेटमा डुजे कालेटा कारले गोल गर्दै मार्सेलीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । 

तर, पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाउनुभयो । त्यसपछि थप गोल नहुँदा पीएसजी विजयी भयो । जितसँगै पीएसजीले शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ । पीएसजीको ३२ खेलबाट ७४ अंक पुगेको छ । पराजित मार्सेली ५९ अंक सहित दोस्रो स्थानमा छ । एजेन्सी