• १२ असोज २०८१, शनिबार

चेल्सी एफए कपको फाइनलमा

blog

गोल गरेपछि खुशी मनाउँदै चेल्सीका खेलाडि । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख ५ गते । चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लन्डन स्थित वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–० गोलले हराउँदै चेल्सीले फाइनलमा स्थान बनाएको हो ।

चेल्सीको जितमा रुवेन लफटस चिक र मासन माउन्टले गोल गर्नुभयो । बल पोसेसनमा अब्बल देखिएको चेल्सीलाई गोल गर्न दोस्रो हाफको अन्तिमसम्म कुर्नुपरेको थियो ।रुवेनले ६५औँ मिनेटमा गोल गर्दै चेल्सीको उत्साह जगाउनुभयो । त्यसपछि ७६औँ मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीको फाइनल यात्रा पक्का बनाउनुभएको थियो ।

उपाधिका लागि चेल्सीले लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले शनिबार राति म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो । चेल्सी र लिभरपुलको फाइनल भिडन्त मे १४ तारिख हुनेछ । एजेन्सी