• १३ असार २०८१, बिहिबार

नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने

blog

एएफसी एसिया कप छनोटको तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौँ, वैशाख ४ गते । नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपालले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग फुटबल खेल्न लागेको हो । 

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको नेपालले त्यसैको तयारीका लागि अफगानिस्तानसँग दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायले जानकारी दिनुभयो । नेपाली टोलीले अहिले एएफसी एसिया कप छनोट खेलको बन्द प्रशिक्षण सुरु गरिसकेको छ । टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ सदस्सीय खेलाडी छनोट गरी तयारी सुरु गर्नुभएको हो । 

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । छनोट खेल जुन ८ देखि १४ तारिखसम्म कुवेतमा हुनेछ । समूहको शीर्ष टोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछ ।