• १३ असार २०८१, बिहिबार

रग्बीमा गोर्खाली क्लब र बडिमालिका च्याम्पियन

blog

काठमाडौँ, वैशाख ४ गते । यू–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । चितवनको भरतपुरमा भएको प्रतियोगितामा गोर्खाली पुरुषतर्फ र बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो ।

फाइनलमा गोर्खालीले मकवानपुर रग्वी क्लबलाई ५–३ ले हरायो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०–० ले स्तब्ध बनायो । पुरुषतर्फ गोर्खालीका रोहन डंगोल र महिलामा बडिमालिकाकी अर्पना थापा उत्कृष्ट खेलाडी चुनिनुभयो ।