• १४ असार २०८१, शुक्रबार

सिटीलाई हराउँदै लिभरपुल फाइनलमा

blog

काठमाडौँ, वैशाख ४ गते । इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा आसिन म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।वेम्बली स्टेडियममा शनिबार राति भएको खेलमा लिभरपुलले सिटीलाई ३–२ गोलले हरायो । 

लिभरपुलको जितमा साडियो मानेले दुई  इब्राहिमा कोनाटले एक गोल गर्नुभयो । सिटीका ज्याक ग्रेलिस र बर्नाडो सिल्भाले एक एक गोल गर्नुभएको थियो । लिभरपुलले नवौँ मिनेटमा इब्राहिमा कोनाटको गोलबाट सुरुवाती अग्रता लिएको थियो । १७औँ मिनेटमा साडियो मानेले गोल गदै लिभरपुलको अग्रता दोब्बर बनाउनुभयो । 

४५औँ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गर्दै पहिलो हाफमा लिभरपुललाई फराकिलो अग्रता दिलाउनुभयो । दोस्रो हाफमा खेलमा फर्किएको सिटीले ४७औँ मिनेटमा पहिलो गोल फर्काएको थियो । ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । 

त्यसपछि इन्जुरी समयमा बर्नाडो सिल्भाले गोल गरे पनि सिटीले हार टार्न सकेन । सात पटकको च्याम्पियन लिभरपुल सन् २०१२ पछि एफए कप फुटबलको फाइनलमा पुगेको हो । फाइनलमा लिभरपुलले चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे १४ तारिख हुनेछ । एजेन्सी