• १२ साउन २०८१, शनिबार

राजसंस्था पुनर्स्थापनाको सम्भावना अब छैन : थापा

blog

कपिल ज्ञवाली,

सिद्धार्थनगर, बैसाख ३ गते । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजसंस्था पुनःस्थापनाको सम्भावना बन्द भएको बताउनुभएको छ । राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकाले अब राजसंस्था पुनःस्थापना नहुने उहाँको भनाइ छ ।

बुटवलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले राप्रपाले राजसंस्था पुनःस्र्थापनाको एजेन्डा बोक्दा हिन्दुराज्यको एजेन्डा रोकिएकाले नयाँँ पार्टी स्थापना भएको बताउनुभयो । उहाँले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको दाबी गर्नुभयो । 

आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, अहिले राप्रपाले धनी बाउले कमाइदिएकोमा रजगज गरेको हो। हामीले कमाइदिएको पूँजीमा अहिलेका साथीहरु रमाउनु भयो।  राप्रपा पछि गएर राप्रपा नेपालमा समाहित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले पनि आफूले बनाएको पार्टीमा नयाँ टिम आएजस्तै राप्रपा नेपालमा समाहित हुने दाबी गर्नुभयो ।

थापाले पार्टी स्थापनाको २ महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउनुभयो । आधा दर्जन बढी भातृसंगठन निर्माण गरेको उहाँले बताउनुभयो । राप्रपा नेपालले लोकतन्त्र, हिन्दु राज्य र सुशासनको एजेन्डा लिएर अगाडि बढेको उहाँको भनाइ छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै अध्यक्ष थापाले  एमालेसँग सहकार्य गरेर निर्वाचन लड्ने बताउनुभयो। उहाँले भन्नुभयो,ू केपी ओली नेतृत्वको एमालेले राष्ट्रियता, स्थिरता र समृद्धिको पक्षमा अडिलो नीति ल्याएकोले सहकार्य गर्ने निर्णय भएको हो । 

थापाले यो पटक एमालेको सूर्य चिन्हबाट निर्वाचन लड्ने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभुयो, हाम्रो चुनाब चिन्हको बारेमा बुझाउन समय लाग्ने भएकाले सूर्य चुनाव चिन्हबाट निर्वाचन लड्नेछौं ।