• १३ साउन २०८१, आइतबार

कल सेन्टरमा आउने जिज्ञासाको निर्वाचन आयोगद्वारा सम्बोधन

blog

लक्की चौधरी

काठमाडौँ, वैशाख २ गते । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सम्वन्धमा आम नागरिकबाट आउने जिज्ञासा र गुनासोलाई सम्वोधन गर्न स्थापना गरेको कल सेन्टरबाट प्रायः सबै जिज्ञासाको सम्वोधन हुँदैआएको बताएको छ । कल सेन्टरका प्रमुख सुदर्शन पुडासैनीकाअनुसार सवैभन्दा बढी मतदाता नामावलीमा नाम छुट भएका, मतदाता परिचयपत्र हराएको परिचयपत्र प्राप्त गर्ने माध्यम र उपायसम्वन्धी प्रश्न आउनेगरेका छन् ।

कल सेन्टरमा हाल ७ जना जनशक्तिले आम नागरिकको निर्वाचनसम्वन्धी चासो र गुनासालाई सम्वोधन गर्न आयोगले व्यवस्था गरेको बताएको छ । उपभोक्ता समिति र ठेक्कापट्टामा संलग्न तथा सेवा निवृत्त शिक्षक उम्मेदवार मनोनयनका सम्वन्धमा पनि प्रश्न सोधिने गरेको प्रमुख पुडासैनीले बताउनुभयो ।  

त्यसैगरी कल सेन्टरमा आउने जिज्ञासामध्ये ‘नो भोट’ को व्यवस्था, वारेस दिएर उम्मेदवारी दिन मिल्ने नमिल्ने व्यवस्था, मतदाता शिक्षाका लागि कर्मचारी कहिले खटाइन्छ ? स्वास्थ्य स्वयम्सेविकाले उम्मेदवार हुन पाउने कि नपाउने ? लगायतका जिज्ञासा आउनेगरेको पुडासैनीले बताउनुभयो । 

सोहीअनुसार वडाअध्यक्ष र पालिकाका अध्यक्षसहित जनप्रतिनिधिले कहिलेसम्म र कहाँ राजिनामा दिनुपर्छ ? पेन्सन बुझिरहेका व्यक्तिले उम्मेदवार हुन पाउने कि नपाउने ? लगायतका जिज्ञासा कल सेन्टरमा आउनेगरेका छन् । त्यस्तै, मतदाता नामावलीमा स्थान फरक परेमा अन्य ठाउँबाट मतदान गर्न पाउने कि नपाउने, मतदाता नामावली कहाँबाट कसरी प्राप्त गर्न सकिन्छ ? लगायतका जिज्ञासा आउनेगरेको प्रमुख पुडासैनीले बताउनुभयो । 

सर्वसाधारणले निर्वाचन आयोगको निःशुल्क टोलफ्री नम्बर ११०२ मा सिधै कल गरेर जिज्ञासा राख्दैआउनुभएको छ । पुडासैनिकाअनुसार कल सेन्टरमा चैत २१ गते १४३ जिज्ञासा आएको थियो । त्यस्तै, चैत २२ गते १३९ जिज्ञासा, २३ गते १४०, चैत २४ गते १०९, चैत २५ गते १२० जिज्ञासा आएको छ । त्यस्तै चैत २६ गते ५५ जिज्ञासा, चैत २७ गते ७० जिज्ञासा, चैत २८ गते १०१ जिज्ञासा सोधिएका छन् । 

यसैगरी चैत ३० गतेसम्म आउने औसत जिज्ञासा एकसयका हाराहारीमा रहेको प्रमुख पुडासैनीले बताउनुभयो । को कल सेन्टरमा आउने जिज्ञासाको मेटाउने सबै प्रयास गरिएको र जिज्ञासुहरु सन्तुष्ट हुनेगरेको उहाँले जानकरी दिनुभयो । कतिपय जिज्ञासाहरु ऐन, नियम र आचारसंहिताको कार्यान्वयनका विषयमा आउने गरेको उहाँको भनाई छ ।