• ३१ वैशाख २०८१, सोमबार

दृश्य समाचार

राम्रो साथी पाए जीवन सफल हुन्छ : मदनकृष्ण श्रेष्ठ

blog

काठमाडौं, वैशाख १ गते ।  मदनकृष्ण श्रेष्ठको नाम सुन्ने बित्तिकै हरिवंश आचार्यको मुहारको झल्को आइहाल्छ। विगत ४२ वर्षदेखि एकै जोडी बनी सहकार्य गर्दै आउनुभएका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एक अर्काको पहिचानलाई बोक्नुभएको छ । यो जोडी एउटा सानो संयोगले बनेको हो । अलगअलग प्रस्तुति दिन तयार हुनुभएका उहाँहरुले समय अभावका कारण एउटै प्रस्तुति दिनुपर्ने भएपछि ‘बैकेंश्वर’मार्फत मह जोडी जोडिएको बताउनुभयो । 

उहाँ आफूलाई गायक मदनकृष्ण श्रेष्ठ भनिदिए खुशी लाग्ने बताउनुहुन्छ । सुरुवाती दिनमा नेपाल भाषाको गीत संगीतबाट कलाक्षेत्रमा प्रवेश गर्नुभएका मदनकृष्णले धेरै मातृभाषाको गीत गाउनुभएको छ, जुन आजसम्म पनि त्यो समुदायमा चर्चित छन् ।

प्रत्यक्ष अप्रत्यक्ष आफ्नो प्रस्तुतिले व्यवस्था परिवर्तन गर्नेदेखि लिएर जनचेतना विकासमा केही न केही सहयोग पुगेको कुरामा विश्वास गर्नुहुन्छ । कलाक्षेत्रले समाज रहेका कुसंस्कारलाई पखाल्ने कुरामा धेरै टेवा पुग्ने उहाँको भनाइ छ । साथी ‘भर’ हो भन्ने उहाँ राम्रो साथी जीवन सफल हुने कुरामा विश्वास गर्नुहुन्छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।