• ८ वैशाख २०८१, शनिबार

अनेकौँ सपना खोज्दै विद्यार्थी

नन्दी रात्रि माध्यमिक विद्यालय । विद्यालय उस्तै । पढ्ने बिद्यार्थी र समय तालिका भने अलग्गै । जब साँझ पर्छ विद्यालयको पढाइ सुरु हुन्छ । उमेर पुगेका पाका र साना केटाकेटी एकैसाथ पढिरहेका । झमक्कै साँझ परिरहेको समयमा हरेक कक्षाकोठामा देखिन्थ्यो उस्तै उस्तै दृश्य । विद्यालय भए पनि अन्य विद्यालयभन्दा फरक यहाँको वातावरण बुझ्दै जाँदा अत्यन्तै रमाइलो खालको थियो । जहाँ १२ वर्षका बालबालिकासँगै ५० वर्ष उमेरका विद्यार्थी पनि उत्तिकै जोश, जाँगर र उत्साहका साथ विद्यालय आउने र पढ्ने गर्छन् ।

नेपाल कै माया लाग्छ

मुनाको मङ्सिर अङ्कको आवरणमा देखिएकी सानी नानी हुन आयुश्वी ढकाल । उनी चार वर्षदेखि आमाबाबाका साथमा अस्ट्रेलिया बस्दै आएकी छिन् । हाल उनी अस्ट्रेलियाको लेक मोङ्कर प्राइमरी स्कुलमा कक्षा ३ मा पढ्छिन् । नेपालमा १ कक्षा मात्र पढेकी आयुश्वीले नेपालको आफ्नो ठाउँ र पढेको विद्यालय धेरै नै सम्झिरहेकी छिन् ।

‘साहित्य क्षेत्रबाट मलाई सन्तुष्टि मिलेको छ’

बालपत्रिका ‘मुना’ को स्तम्भ ‘बालकसँग स्रष्टा संवाद’ का लागि यस पटक हामीले काभ्रे जिल्ला, महेन्द्रज्योति गाविस (हाल : बनेपा नगरपालिका)मा जन्मनुभएका साहित्यकार अनन्त वाग्लेसँग प्रज्ञाकुञ्ज मावि बानेश्वरकी छात्रा वर्षा न्यौपानेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । प्रस्तुत छ साहित्यकार अनन्त वाग्ले र वर्षा न्यौपानेबीचको रमाइलो संवाद :

बाल अधिकार हाम्रो सरकार

विद्यालयमा गुरुआमाले हामीलाई बाल अधिकारका बारेमा पढाउनुभयो । उहाँले बाल अधिकारका बारेमा हामीलाई छर्लङ्ग बुझाउनुभयो । बालबालिकाले पोसिलो खाना, उचित शिक्षा, औषधोपचार, समयानुसार लुगा कपडा, मायालु वातावरण पाउनुपर्छ भनेर बुझाउनुभयो । गुरुआमाले बालबालिकाले यी कुरा नपाएमा बाल अधिकार हनन् हुन्छ भन्ने कुरा पनि बुझाउनुभयो । म धेरै खुसी भएँ र मैले प्रश्न पनि गरेँ । यी कुरा नभएमा कसले दिन्छ त बालबालिकालाई अधिकार ? उहाँले यो कुरा सरकारले जिम्मा लिएको हुन्छ , हामीले आवाज उठाउनु पर्छ । बालबालिकाको हकहितमा काम गर्ने संस्थाहरू बोल्छ ।

‘समयको महत्त्व रहेछ, पाँच मिनेट पनि खेर नफालौँ’: गीताकेशरी

भाइबहिनीहरू, जब हामी कोही व्यक्तिका बारेमा कुरा गर्छौँ, सुन्छौँ कथाजस्तै लाग्छ । हुन पनि हरेक व्यक्ति स्वयं एउटा सिङ्गो कथा हो तर सबै कथा सुन्न र पढ्न लायक हुँदैनन् । मान्छे मान्छे भएर बाँच्न पनि सजिलो कहाँ छ र ? व्यक्तित्व बनाउन र मान्छे भएर बाँच्न लगनशील हुनुपर्छ । चाहना राख्नु राम्रो हो । त्यसका लागि क्षमता चाहिन्छ, सामाजिक परिवेश तथा वातावरण चाहिन्छ ।

चलचित्रमा मुना

गत भदौ २४ मा प्रदर्शनमा आएको एउटा बाल चलचित्रले निकै चर्चा बटुल्यो । बाल मनोविज्ञानमा आधारित उक्त फिल्मको नाम हो– ‘ऐना झ्यालको पुतली’ । यो यतिबेला चलचित्र क्षेत्रकै चर्चित एकेडेमी (अस्कर) अवार्डको अर्को वर्ष हुने प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस गरिने भएको छ । यो त झनै खुसीको कुरा हो । विदेशका विभिन्न सहरमा पनि प्रदर्शन भइरहेको छ ।

अनौठा प्राणी र वनस्पतिको देश मडागास्कर

मडागास्कर संसारको चौथो ठूलो टापु मुलुक हो । संसारकै सबैभन्दा ठूलो टापु चाहिँ ग्रिनल्यान्ड हो । दोस्रो नम्बरमा न्युगिनी पर्छ भने तेस्रो ठूलो टापु बोर्नियो हो । मडागास्कर हिन्द महासागरको दक्षिणपश्चिमी भागमा छ । पृथ्वीमा अन्यत्र कतै नपाइने वनस्पति र प्राणी यो देशमा पाइन्छ ।

गान्धी आदर्श मावि अभिभावकको रोजाइ

काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका–९ मा रहेको श्री गान्धी आदर्श माध्यमिक विद्यालयको स्थापना २०१० सालमा भएको हो । अहिंसात्मक आन्दोलनका प्रणेता महात्मा गान्धीबाट प्रेरित भएर समाज सुधारक तथा समाजसेवी श्री तुलसीमेहर श्रेष्ठले कारागारका रूपमा भएको जग्गामा यस विद्यालयको पठन पाठन सुरु गराएका थिए । यसको स्थापना हुनुअघि राणा शासनको विरुद्धमा तुलसीमेहर लागेका थिए । उनी देशमा चलिरहेको जातीय र वर्गीय विभेदको पूर्ण रूपले विरोध गर्थे ।

विकिपिडिया एक स्वतन्त्र विश्वकोश

भाइबहिनीहरू ! तपाईंहरूलाई विकिपिडियाका बारेमा जानकारी छ ? अहिले इन्टरनेटमा व्यस्त रहने भाइबाहिनीले विकिपिडियाका बारेमा केही कुरा त सुन्नुपर्ने हो तर कतिपयलाई यसका बारेमा थाह नहुन पनि सक्छ । त्यसैले यसका बारेमा हामी केही चर्चा गरौँ, है त । ‘विकिपिडिया’ दुई शब्द मिलेर बनेको छ, ‘विकि’ र ‘पिडिया’ । ‘विकि’ को अर्थ छिटो भन्ने हुन्छ र ‘पिडिया’ इन्साइक्लो पिडियाको सङ्क्षिप्त

यसरी बुझौँ ‘फाइभजी’

पछिल्लो समय नेपालसहित विश्वका धेरै देशमा फाइभजीको चर्चा हुने गरेको छ । कतै फाइभजी परीक्षण सुरु भएको, कतै फाइभजीको प्रयोग नै सुरु भएका खबरहरू प्रविधिका पछिल्ला समाचार बनिरहेका छन् । नेपालमा पनि नेपाल टेलिकमले फाइभजी परीक्षणका लागि अनुमति पाइसकेको छ । त्यसैअनुसार टेलिकमले देशका विभिन्न चार सहरमा फाइभजी परीक्षणको तयारी पनि गरिरहेको छ । विश्वका धेरै देशले एकदमै जोड दिइरहेको फाइभजी के हो त ?

सन्तुको प्रतीज्ञा

“हामी एक भारी घाँस नकाटी स्कुल जानै पाउन्नथ्यौँ । नटालेको भन्ने लुगा नै हुँदैनथ्यो । आज आफूले खाइ नखाइ सबै कुरा पु¥याइदिँदा मात चढेर स्कुल पो जान्न भन्छ । के गरेर जीवन चलाउने होला यसले ।” घामको रापसँगै कचकचको ताप चढ्न थालेको थियो सन्तुका घरमा । “केटाकेटीलाई सधैँ झपारेर मात्र हुन्छ र, उसको कुरै नसुनिदिएपछि के गरोस् त विचरा ! आइज बाबु भित्र ।” आमाले सन्तुको कपाल मुसार्दै भान्सातिर लैजानुभयो

चलचित्र समाजको ऐना

चलचित्र जीवन्त साहित्य हो । यसलाई समाजको ऐना पनि भनिन्छ । कथा, कविता गीत गजल, मुक्तक, नाटक, निबन्ध, उपन्यास, काव्य वा महाकाव्यसरह चलचित्रले पनि जीवनको प्रतिविम्ब प्रकट गर्छ । चलचित्रको माध्यमबाट जाति, भाषा, साहित्य, संस्कृति, ज्ञान–विज्ञान, प्रविधि, गीत, सङ्गीत, कला कौशलको प्रवद्र्धन गर्दै राष्ट्रको पहिचान विस्तार गरी समाजलाई बाटो देखाउने माध्यम पनि हो ।

निर्वाचनमा बालबालिकाको प्रयोग निषेध

निर्वाचन आयोगले निर्वाचन आचारसहिंतामा तोकिएको मापदण्डविपरीत पार्टीका झन्डा पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई ध्यानाकर्षण गराएको छ ।

सामुदायिक विद्यालयमा हरेक दिन मीठो खाजा

विद्यालयमा विद्यार्थीको आशा । पढाइ राम्रो होस् भन्ने त छँदैछ, यससँगै स्कुलमा व्यवस्था गरिएको दिउँसोको खाजा मीठो खान पाए अझ राम्रो होस् भन्ने चाहना अर्कोतिर । सरकारले व्यवस्था गरेको खाजाको रकमले विद्यालयलाई राम्रो खाजा खुवाउन त्यसै पनि हम्मेहम्मे । विद्यार्थी भन्छन्, जहिले पनि जाउलै पाक्छ । विद्यार्थीले सार्वजनिक स्थानमा सामान्य कुराकानी गर्दा यस्तै भन्न थालिसके । विद्यार्थीको गुनासो कसले सुन्ने ? खाजाकै विषयमा कुरा । अर्कातिर विद्यालय व्यवस्थापनको आफ्नै अप्ठ्यारा छन् । थोरै बजेट धेरै विद्यार्थीका लागि पौष्टिक तìवयुक्त खानेकुरा खुवाउनुपर्ने हुँदा विद्यालयले सधैँ मीठो खाजा खुवाउन नसक्ने आफ्नै अप्ठ्यारो छ । व्यवस्थापन भन्छन्, बजेटले नभ्याउने भएपछि धेरैजसो जाउलाले नै भए पनि भोको नै भने राखेका छैनौँ ।

लामो बिदामा विद्यार्थीले के सिक्ने ?

असोज महिनाको सुरुवातसँगै नेपालीका ठूला मेलापर्व दशैँ र तिहारको रमझम सुरु भइसकेको छ । दशैँ, तिहार धार्मिक तथा सांस्कृतिक पर्व हुन् । निष्फीक्रि भएर घरपरिवार तथा साथीसङ्गातीसँग खेल्न पाइने भएकाले बालबालिका यति बेला धेरै नै खुसी हुन्छन् । फुर्सदिलो समय भएकाले बढी उनीहरू स्मार्टफोनमा झुम्मिन रुचाउँछन् ।