• २१ वैशाख २०८१, शुक्रबार

बालबालिकाका कुरा

भाइबहिनीहरू, हामी सबैलाई थाहा नै हुनुपर्छ भदौ २९ गते बालबालिकाका लािग महत्वपूर्ण दिन हो । यस दिनमा हामी बालदिवस मनाउँछौँ । यो दिन देशले होस् या बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवाला हुन् सबैले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँछन् । नेपालमा वि. सं २०२१ भदौ ४ देखि राष्ट्रिय बालदिवस मनाउन सुरु गरिएको हो । इतिहासलाई फर्केर हेर्दा पूर्वरानी रत्नराज्य लक्ष्मीदेवी शाहले आफ्नो जन्मदिनको अवसरमा २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठनको स्थापना गरेपछि सोही दिनलाई बालबालिकाको क्षेत्रमा विशेष कार्य मानेर राष्ट्रिय बालदिवस मनाउन सुरु गर्नुभएको थियो ।

विद्यार्थीको झोला कति किलो होला ?

हामी सामान्य अड्कल गरौँ त ? एउटा सानो विद्यालय जाने बच्चाले बोकेको किताबको झोला कति किलोसम्मको वजनको होला ? हामीलाई लाग्ला दुई÷चार किलो तर होइन, अहिले बालबालिकाले बोक्ने झोलाको वजन नौ केजीसम्म भएको पाइएको छ । उमेरअनुसार झोलाको तौल कति हुनुपर्ने भन्ने नेपालका कुनै पनि विद्यालयको मापदण्ड नहुँदा सानै उमेरमा बालबालिका विभिन्न खाले मनोरोगको समस्यासँगै स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट समेत पीडित हुने देखिएको छ । यस्तो विषयको सबैतिरबाट विरोध पनि भइरहेको छ । विशेष गरी गाउँघरतिरका दुर्गम भेगका बालबालिका बिहानै गह्रँगो भोला बोकेर लामो बाटो विद्यालय जाने गर्छन् । उनीहरूको अवस्था विद्यालय पुग्दा र घर फर्किंदा ज्यादै नै पीडादायी हुने गर्छ ।

पहेँलीको जन्मदिन

पहेँलीलाई पनि आफ्नो जन्मदिन मनाउन मन लाग्यो । हिजो छिमेकी पेमाको जन्मदिन थियो । अस्ति अनुपको । त्योभन्दा अघिल्लो दिन जुनेलीको । पेमा, अनुप र जुनेलीको जन्मदिनमा आमासँगै पहेँली पनि गएर मीठा–मीठा खानेकुरा खाएकी थिइन् । उनीहरू सबैको जन्मदिनमा केक काटेर मीठो–मीठो खानेकुरा बाँडिएको थियो । पहेँलीले पनि आफ्नो जन्मदिन भव्य गरी मनाउने निधो त गरी तर आमाबाबालाई कसरी भन्ने सङ्कट परिरहेको थियो । अरूको देखासिखी गरेर आफू अगाडि बढ्नु आफैँका लागि हानिकारक हो भन्दै पहेँलीका बाबुआमाले छोरीलाई बारम्बार सम्झाए तर पहेँली मानिनन् । जन्मदिन नजिकिँदै थियो । पेमाले खाना खानै छाडिन् । स्कुल पनि जान छाडिन् अन्ततः केही सीप नलागेपछि छोरीको इच्छा पु-याइदिन पहेँलीका बाबुआमाले घरमा सहरबाट मीठा–मीठा खानेकुरा मगाए । साथमा सेता र काला केक पनि मगाए । पहेँलीको घरमा उनको जन्मदिनको भव्य तयारी भयो । मीठा–मीठा खानेकुरा तयार भए । पहेँलीले झिलिमिली कपडा पहिरिन् ।

सामुदायिकमा पनि यस्तो आकर्षण !

काठमाडौँको साँखुस्थित भगवती सामुदायिक माध्यमिक विद्यालय । सामुदायिक भएर पनि पढाइ र व्यवस्थापनमा अब्बल । काठमाडौँ उपत्यकाका कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहँदा यस विद्यालयमा भने सङ्ख्या बर्सेनि बढ्दो छ, निजी विद्यालयबाट पनि यहाँ छोडेर आउन थालेका छन । साँखुस्थित यस विद्यालय पुग्ने जो कोहीले पनि भन्ने पहिलो कुरा हो, सरकारी स्कुलको भवन पनि कति राम्रो । बाहिरबाट हेर्दा सुन्दर देखिएको विद्यालयभित्र पुग्दा यहाँ विद्यार्थीको सङ्ख्या राम्रो छ । विद्यालयमा व्यवस्थापन समिति, प्रशासन र शिक्षक–कर्मचारी पनि मिलेर काम गरेको देख्न सकिन्छ ।

सबैभन्दा सानो चरा बी हमिङ्बर्ड

संसारको सबैभन्दा सानो चराको नाम हो बी हमिङ्बर्ड । हमिङ्बर्ड करिब ३०० प्रजातिका रहेका छन् । यो चरा अमेरिकाको जलवायु क्षेत्रमा बसोबास गर्दछन् । यीमध्ये सबैभन्दा सानो प्रजाति नै बी हमिङ्बर्ड हो । यसको साइज जम्मा २.२५ इन्च मात्र हुन्छ भने तौल पनि दुई ग्राम मात्र हुन्छ । अरू प्रजातिका हमिङ्बर्ड चारदेखि पाँच इन्चका हुन्छन् । सबैभन्दा ठूलो हमिङ्बर्डको तौल २० ग्राम हुन्छ । यिनीहरूको आकार रङ फरक–फरक हुन्छ ।

दोहोरो फाइदा

राम र सीता दाजुबहिनी थिए । राम पढाइमा अलि कमजोर र सीता अलि तेज थिइन् । उनीहरू एउटै कक्षामा पढ्थे । उनीहरूको परिवार मध्यम वर्गीय थियो । आमा घरको काम गर्नुहुन्थ्यो, बुवा सामान्य जागिरे । घरमा बस्तुभाउ थिए । आमा असाध्यै मेहनती हुनुहुन्थ्यो । बुवाले पनि घरमा बसेको बेला आमालाई सघाउनु हुन्थ्यो । बारीमा फलफूल, तरकारी हुन्थे । गोठमा गाईबस्तु, खोरमा बाख्रा, कुखुरा आदि । कहिले कुखुरा, कहिले बाख्रा आदि बेचेर र बेलाबेलामा घरमा उब्जेको तरकारी, फलफूल आदि बिक्री गरेर उनीहरूको विद्यालयको शुल्क तिर्ने खर्च जुट्थ्यो । अर्थात् आमाकै मेहनतले उनीहरूको पढाइ खर्च चलेको थियो ।

संवाद बाली र माटो

किसानको खेतमा गहुँ लह लह पाकेका थिए । गहुँ फलेको भूमिले गहुँसँग आफ्ना मनको भाव प्रकट गर्न थाले भूमिले भने, “तिमीहरूलाई अब किसानले बाला भित्र्याउँछन ।” अब किसानले यो भूमिमा धान रोप्छन, त्यो धान म अघि अघिको भन्दा बढी फलाउने मन छ । गहुँहरूले सोधे, “किन भूमि आमा ? हामीभन्दा धानलाई माया ।”

हरियो र साउन

भाइबहिनीहरू, साउन महिना धेरै रमाइलो महिना हो नि तिमीहरूलाई पनि थाहा छ । यो महिनामा जताततै हरियाली देखिन्छ । मौसम पनि रमाइलो हुन्छ । यो महिनालाई भगवान् शिवको उपासन गर्ने महिनाका रूपमा लिइने हुँदा धार्मिक आस्था र विश्वासका रूपमा पनि झन् रमाइलो लाग्ने महिना हो । सबैभन्दा रमाइलो त यो महिनामा हरियो लुगा लगाउने, हरियो शृङ्गार गर्ने पनि गरिन्छ । यसले वरपरको वाताव

म पीपलको बोट ! [बालनिबन्ध]

संसारका अरू असङ्ख्य रुख वृक्षजस्तै म पनि वनस्पतिको आदिम सिङ्गो, सग्लो, स्वरूप हुँ । मलाई सानो आकारको शरीर लिएर उम्रिँदै गर्दा आँकुरा पिपिरा भनेर चिन्थे मानिसले । अलि बढ्दै गएपछि बिरुवा, बुटो, पोथ्रो आदि नाम दिएर सम्बोधन गर्न थाले । हुँदाहुँदै मेरो दिन–प्रतिदिनको बढोत्तरी र हाँगाबिँगाको फैलावट देखेर वृक्षको नाले सम्मान प्रकट गर्न थाले । अरू सामान्य रुख बिरुवाभन्दा बेग्लै प्रकारले हलहली बढ्दै जाने मेरो विशेषता हो । शरीर वृद्धिकै अनुपातमा मेरा फेद, जरा अनि हाँगाबिँगा फैलिने गर्दछन् । तिनै हाँगाहरूलाई ढाकेर मुन्टा, पालुवा पलाउँछन् । पाइतालामा दह्रा जरा र आङमा लहरा पलाएर धरतीको भित्री भागसम्म अँठ्याउँदै मेरो देहवृक्ष ठडिएपछि हावाहुरी, चट्याङ र असिनापानीले पनि हल्लाउन सक्तैन । अनि के चाहियो र ? मेरो तागत देखेपछि मान्छेहरू उसै नतमस्तक बनेर जब्बर वृक्षका रूपमा चिन्दै जान्छन् । फरक धर्तीलाई ओत र पानीको स्रोतसमेतको जगेर्ना गर्ने मेरो महत्ता बुझेर श्रद्धा,आस्था प्रकट गर्न थाल्छन् ।

आमा (कविता)

आमा । तिमी जन्म दिने मलाई आमा । तिमी प्राण दिने मलाई आमा । तिमी बोट, म फूल त्यसको हो दान तिमै्र जति जे छ मेरो ।

रामको जुक्ति (कथा)

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँ धेरै ठूूलो थियो । त्यो गाउँको नाम नगर थियो । नगरमा दुई परिवार बस्ने गर्थे, राम र धनीलालको परिवार । धनीलालको परिवार धनी थियो भने रामको सामान्य । धनीलाल सम्पन्न परिवारका । उसले प्रायः घरमा धेरैजसो पार्टी, भोजका कार्यक्रम भइराख्थे । र, उनीहरूले कार्यक्रम गरेर चलेको भोजपछि बचेको खाना जहिले पनि रामको घरअगाडि लगेर फ्याँक्थे । धनीलालको परिवारले निरन्तर यस्तै गरिरहने हुँदा रामको परिवार दिक्क भएका थिए । यसरी जहिले पनि आफ्नो घरअगाडि खाना फ्याँकेको देखेर चिन्तित राम र उनकी श्रीमती रीता एकदिन धनीलालसँग कुरा गर्न उसको घरमा गएका थिए ।

आमाको माया [कथा]

बिहानको ६ बजे नै रेडियोका लागि मोटरसाइकलमा हेटौँडा बजार निस्केँ । एउटा सानो बाबु सबैसँग आफ्नो हात फैलाउँदै पैसा मागिरहेको थियो । कसैले पैसा झिकेर दिन्थे त कोही नबोली हिँडथे । त्यो सानो बाबु मेरो नजिक पनि आइपुग्यो । मसँग पनि पैसा माग्यो । उसको नम्र बोली, मलिन अनुहार देखेर मलाई पनि माया लाग्यो । मैले पनि थोरै पैसा उसको हातमा दिएँ । मलाई लाग्यो, यति सानो बाबुले किन पैसा माग्दै हिँडेको होला । मनमनै सोचेँ । उसलाई बेलाएर केही सोधु सोधु लाग्यो र बोलाएँ । बाबु यो पैसा जथाभावी खर्च नगर है ।

खुसी ‘यसरी हुन्छौं ...’

भाइबहिनीहरू ! तिमीहरू सानै उमेरबाट लेखपढ गर्न थालेका छौ । तिमीमध्ये केहीलाई लेख्न पढ्न निकै रमाइलो लाग्छ । केहीलाई भने पढ्न लेख्न मनै लाग्दैन होला । साँच्चै तिमीमध्ये केहीले त भविष्यमा राम्रो काम पाउन र प्रशस्त धन कमाउनुपर्छ भनेर पनि पढिरहेका छौ होला । भविष्यमा केही राम्रो गराँै भनेर । अहिले मेहनत गर्नु निश्चय पनि राम्रो कुरा हो । विद्यालयमा तिमीले भाषा, विज्ञान, गणित र सामाजिक विषय पढ्छौ होला । र, यी विषय पक्कै पनि परीक्षा पढ्नकै लागि बनाइएका विषय होइनन् । हामीले अरूसँग कसरी कुराकानी गर्नुपर्छ ? प्रकृतिमा विभिन्न घटना के कारणले भइरहेका छन् ? विभिन्न फरक तर्क दिनसक्ने र ज्ञान लिएर विषय वस्तुमा समाधान दिन सक्ने बन्न विज्ञान र गणित विषय पढेका छौ नै । यसबाहेक सामाजिक विषयले समाजमा कसरी बस्ने ? छिमेकीसँग कस्तो व्यवहार गर्नेलगायतका कुरा सिकाउँछ । तिम्रो विद्यालयमा नृत्य, कला, सङ्गीत, स्वास्थ्य तथा शारीरिकलगायतका विषय पनि पठनपाठन हुने गर्दछन् क्यारे !

एनिमेसन के हो कसरी बनाउने ?

कार्टुन भन्ने बित्तिकै भाइबहिनीलाई टम एन्ड जेरी, डोरेमन, छोटा भीम, मोटु और पत्लुको सम्झना हुन्छ । फुर्सदको समयमा रमाइलो गर्न हामी कार्टुन हेर्छौं । कार्टुन हेर्दा रमाइलो त हुन्छ यसका साथै यी कार्टुनले हामीलाई केही ज्ञानगुनका कुरासमेत सिकाउँछन् । त्यसैले भाइबहिनी ! यस पटक कार्टुन कसरी बन्छ र एनिमेसन के हो भन्ने विषयमा केही जानकारी लिउँ है त ।

बादलको रूख (कविता)

नीलो नीलो आकाशमा बादलको रुख । त्यही रुखमा हेर साथी हात्तीजस्तो रूप ।