• २२ वैशाख २०८१, शनिबार

लामो र ठुलो नदी ‘नाइल’

blog

विश्वको सबैभन्दा लामा दुई नदी छन्– आन्ध्र महासागरसम्म बहने अमेजन (अनेजोनाज) र भू–मध्ये सागरसम्म बहने नाइल (बहरे–एल–नील) यसमध्ये कुन सबैभन्दा बढी लामो छ ?

सन् १९६९ मा नापिएको अमेजन नदीको लम्बाइ छ हजार चार सय ४७ किमी छ । पछिल्लो गणनामा पहिलेको भन्दा ३०३ किमी बढेर छ हजार सात सय ५० किमी पाइयो । बेल्जियमका एम. डेबरायको नाप अनुसार नाइल नदीको लम्बाइ छ हजार ६७० किमीलाई मान्ने हो भने नाइल अमेजन नदीभन्दा २२३ किमी बढी लामो छ । यदि बढी आँकडा छ हजार ७५० किमीलाई मान्ने हो भने अमेजन ८० किमी बढी लामो छ ।

भिक्टोरिया तालबाट बहने ह्वाइट नदी र इथिपिया ताना तालबाट बहने ब्लु नाइल नदी मिसिएर नाइल नदी बनेको हो । यो नदी ११ वटा देश हुँदै आन्ध्र महासागरमा समाहित हुन्छ । 

 नदीहरूको गुण विवेचना गर्ने प्राथमिक मापदण्ड यो छ कि त्यसले कति पानी लिएर जान्छ र जहाज सञ्चालन तथा कृषिका लागि त्यसले कति क्षेत्रलाई सुविधा प्रदान गरेको छ ? यस आधारमा नाइल नदीमा अमेजनभन्दा धेरै ठुलो अन्तर पाउँछौँ ।

 अमेजनमा सर्वाधिक लामो तीन हजार सात सय किमी (जहाज जान सक्ने) पानी क्षेत्र छ । विश्वमा सबै नदीको अपेक्षा अमेजनको जलप्रवाह अत्यधिक छ, विस्तार यथास्थितिमा (बहाई) औसत एक लाख १९ हजार घनमिटरसम्म बढ्दछ । यसको मुहार विश्वमै सबैभन्दा ठुलो ७० लाख वर्गकिलोमिटर छ । 

यसको लगभग १२५ सहायक नदी छ । यसमा सबभन्दा लामो सहायक नदी मेडिराको लम्बाइ तीन हजार दुई सय किमी छ । 

 

Author

दिलीपमान स्थापित