अर्थ समितिको बैठक सुरु
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक सुरु भएको छ । मङ्गलबार बिहानबाट सुरु भएको बै बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुँदै छ ।
महाकाली नदीमा शव फेला
महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको हो ।
एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने
नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
वडाध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग
महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् ।
फालिएका बोतल बेचेर विद्यार्थीलाई शैक्षिक सामग्री
फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो ।
परिवारका तीनजना अकालमा गुमाउँदा विक्षिप्त छन् श्यामलाल
बाँकेको नरैनापुर गाउँपालिका–३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी पर्नुभयो । घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उहाँको निधन भयो ।
युद्धविरामकाे माग गर्दै इजरायलभर प्रदर्शन
गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।
न्यायको पर्खाइमा द्वन्द्वपीडित परिवार
नवलपुरका द्वन्द्वपीडित परिवारले १० वर्षे सशस्त्र द्वन्द्वबाट प्रभावितले अझै पनि न्याय पाउन नसकेको बताएका छन् । कलिलो उमेरमा विवाहमा बाँधिनुभएका कावासोती–२ का पार्वती सिग्देल आफ्नो श्रीमान् बेपत्ता भएपछि पर्खेर बसेको ३० वर्ष पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लास नदेख्दासम्म सास छ कि भन्ने आस हुँदो रहेछ ।” समाजका अगुवाले अब श्रीमान् फर्कंदैनन् भन्दा आफ्नो मनले नमान्ने उहाँ बताउनुहुन्छ ।
मुग्लिन–पोखरा सडक : पश्चिम खण्डको म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक योजना अन्तर्गत पश्चिम खण्डको म्याद तीन महिनाभन्दा बढी थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्न निर्माण कम्पनीले आग्रह गरे बमोजिम समय थप गरिएको हो । निर्माण आरम्भमा ढिलाइ गर्नु, रुख कटान आदेश ढिलो गरी प्राप्त हुनु, विद्युत् प्रशारण लाइन सार्न तथा खानेपानीको पाइप व्यवस्थापन गर्न समस्या हुँदा काम प्रभावित भएको थियो । आयोजनाका पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले एक सय एक दिन म्याद थप भएको जानकारी दिनुभयो । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दुरीमा ३० प्रतिशत प्रगति पुगेको उहाँले जानकारी दिनुभयो ।
न्यायको पखाईमा सहिद शाहका परिवार
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाँउका गणेश शाहको हत्या भएको ३० वर्ष पूरा भएको छ । हालसम्म पनि मृतकका परिवारले न्याय नपाएको गुनासो गरेका छन् ।
बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हट्यो
गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ । गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो ।
सडक जलमग्न बढ्यो दुर्घटनाको जोखिम
पूर्वपश्चिम राजमार्गमा भारी वर्षा हुँदा सडक नै जलमग्न भएर ताल र खोला बन्दा दुर्घटनाको जोखिम बढेको छ । खास गरी बुटवलदेखि १८ किलोमिटर पश्चिम सैनामैनाको सालझन्डी क्षेत्रसम्मै भीषण वर्षा हुँदा सडक पूरै तालमा परिणत हुने गरेको छ । सडक डुबान हुँदा दुर्घटनाको जोखिम बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । केही स्थानमा भने सडकबाटै बाढी बग्ने गरेकोसमेत देखिएको छ । बुटवलपश्चिम तामनगर, रानीबगिया, झारबैरा, मुर्गिया, कलौनी, रामापुर, बाँसगढी क्षेत्रमा सडक डुबान परेर ताल बन्ने गरेको छ ।
सङ्कटमा शिला शालिग्रामको अस्तित्व
शिला शालिग्रामसम्म जाने बाटोमा खोला बगेपछि नजिकै गएर शिला शालिग्राम दर्शन गर्न समस्या भएको छ । सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शिला शालिग्रामको अस्तित्व नै मेटिने हो कि भनेर कतिपयले चिन्तासमेत व्यक्त गर्न थालेका छन् । गुल्मी, स्याङ्जा र पर्वतको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम दर्शन गर्न गल्याङ नगरपालिकाबाट आएका सन्तोष भट्टराईले टाढैबाट दर्शन गरेर फर्किएको बताउनुभयो । पहिले शिला शालिग्राम छोएरै दर्शन गर्ने गरेको बताउँदै उहाँले अहिले शिलासम्म जाने बाटोमा खोला बगेपछि टाढाबाटै दर्शन गर्नु परेको बताउनुभयो ।
गोरखापत्रकर्मी रुकुममा सम्मानित
गोरखापत्रका रुकुमपश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने सम्मानित हुनुभएको छ । चौरजहारी नगरपालिका –११ निवासी सहिद गणेश शाहको ३० औं स्मृति दिवसको अवसरमा सोमबार खोलागाउँमा आयोजित स्मृति सभामा उहाँलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको हो ।
पानी निकास नहुँदा गाउँले समस्यामा
सिराहा नगरपालिका–६, बसबिटा गाउँबाट वर्षाको पानी निकास नहुँदा असारदेखि कात्तिकसम्म घरआँगनमै पानी जमिरहने समस्या भोग्दै आइरहेका छन् । कमला नदीको पूर्वी किनारामा रहेको बसबिटा गाउँवासी चार महिना पानीमै आउजाउ गरिरहनुपर्ने समस्या भोग्दै आएका छन् ।
जहाँ ड्रोनले गर्छ खाना पुर्याउने काम
ड्रोन आकाशमा उड्ने मानवरहित सवारी हो । ड्रोन वास्तवमा टाढाटाढा र अन्तरकुन्तरमा रहेका स्थान वा जीवजन्तुलाई हेर्न मात्र होइन, सुरक्षाका दृष्टिले जान आउन अनुकूल नभएको स्थानमा यसलाई आकाश मार्गबाट पठाएर शत्रुपक्षमाथि आक्रमण र हत्या गर्न पनि प्रयोग भइरहेको हामीले सुनेका छौँ ।
मानव र डल्फिनबिच सहअस्तित्वको सम्बन्ध
थारू समुदायका केही जलहारी माछा मार्दै छन् । पथरैया र गैरी खोलाको दोभानमा उनीहरूले पालैपालो जाल हान्दा विश्वमै दुर्लभ डल्फिन भने उफ्रिँदै रमाइरहेका छन् । माछा कहिले जलहारीको जालमा त कहिले डल्फिनको मुखमा परिरहेका थिए । लोभलाग्दो यस्तो दृश्य कैलालीको डल्फिन क्षेत्रमा देखिएको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्न होस्टेलमा राखेर अध्यापन
करिब सय वर्षअघि स्थापना भएको दोलखाको मेलुङ गाउँपालिका–६ को त्रिभुवन माध्यमिक विद्यालयले इच्छुक कक्षा ६ देखि १० सम्मका ७० जना विद्यार्थीलाई होस्टेलमा राखेर अध्यापन गराउन लागेको छ ।
गिट्टी कुट्ने रहर होइन बाध्यता
बाजुराको सदरमुकाम मार्तडीनजिकै छ, बाहुलीखोला । त्यही बाहुलीखोलाको किनारमा सधैँ भेटिनुहुन्छ, बाजे र नातिनी । उहाँलाई पसिनाले शरीर पूरै भिजाएको हुन्छ । बुढा बाजेलाई घाम छेक्न नातिनीले छाता ओढाइदिन्छिन् । उहाँहरू नौलो मान्छे देख्दा केही खानेकुरा भए माग्नुहुन्छ । ७२ वर्षीय बुध्या लोहार र उहाँकी नातिनी बाउली खोलाको किनारमा गिट्टी कुट्नुहुन्छ । जीवनको उत्तरार्धमा लोहारले झेलिरहेको सास्ती कहालीलाग्दो छ । ७२ वर्षको बुढो शरीर र त्यसमाथि ढुङ्गा गिट्टीको काम । भोको पेटमै उहाँ बिहान ६ नबज्दै गिट्टी कुट्न बाहुली खोला किनार पुग्नुहुन्छ । हातमा सानो हतौडा, एउटा लट्ठी, साथमा नातिनी र हातमा छाता बोकेर गिट्टी कुट्न हरेक बिहान बाहुली खोलाको किनारमा पुग्ने र साँझ घर फर्कने बुध्या लोहारको दैनिकी हो ।
आयआर्जनबाट ग्रामीण महिलाको परिवार व्यवस्थित
परम्परागत खेतीपाती र घरको काममा मात्रै सीमित हुने ग्रामीण क्षेत्रका महिलाले व्यवसाय गरेर आयआर्जन गर्न थालेका छन् । महिलाले घरमै बसेर कमाइ गर्न थालेपछि आर्थिक र परिवार दुवै व्यवस्थित हुन थालेका छन् । टीकापुर नगरपालिका–६, लक्षिनापुरकी रामकृष्णी चौधरी ठेलागाडामा फलफूल बेच्नुहुन्छ । घरनजिकै फलफूल बेचेर भएको आम्दानीबाट १२ कक्षा पढ्दै गरेकी छोरीको पढाइखर्च र घरखर्च चलेको छ । जमिनका नाममा घरबास मात्रै भएकाले उहाँले परिवारको खानाखर्च र छोरीको पढाइखर्च जुटाउनु पर्छ । “दैनिक एक हजारदेखि सिजनमा १० हजार रुपियाँसम्मको बिक्री हुने भएकाले परिवारको खर्च चलेको छ,” रामकृष्णी भन्नुहुन्छ, “मैले छोरीको पढाइ, घरखर्च कमाएर घर कुर्ने भएपछि श्रीमान् कहिले भारत त कहिले गाउँमै फर्केर मजदुरी गर्नुहुन्छ ।
प्रलोभनमा पारेर मानव बेचबिखन
कर्णाली प्रदेशमा पढाउने र धेरै पैसा कमाउने बहानामा भित्रभित्रै मानव बेचबिखन हुने गरेको छ । पढाउने बहानामा साना बालबालिका तथा धेरै कमाउने बहानामा महिला तथा किशोरी मानव बेचबिखनको चपेटामा पर्ने गरेका छन् । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील आवाज संस्था सुर्खेतले पढाउने र कमाउने बहानामा बालबालिका तथा महिला र किशोरी नेपालभित्रै तथा बाहिर बेचबिखनको चपेटामा पर्ने गरेको जनाएको छ । संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीले गत वर्ष मात्रै आवाज संस्थाले मानव बेचबिखन तथा ओसारपसारका ३३ वटा घटना दर्ता गराएको जानकारी दिनुभयो । हुम्ला, मुगु र डोल्पा जिल्लाबाट बालबालिकालाई काठमाडौँमा राम्रोसँग पढाइदिने प्रलोभनमा पारी ल्याउने क्रममा सुर्खेतमा निगरानी हुँदा समातिने गरेका छन् । पछि उनीहरूलाई जिल्ला फिर्ता गरेर अभिभावकको
नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी
कर्णाली प्रदेश सरकारको नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ । गत आर्थिक वर्ष २०८०/८१ बाट उक्त कार्यक्रम सुरु गरिएको हो । प्रदेश सरकारको उक्त कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्षबाट थप व्यवस्थित गर्न लागिएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने जनाइएको छ । नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ‘कर्णाली स्वास्थ्य नागरिक विशेष अभियान’ सुरु गर्ने सरकारले जनाएको छ । नयाँ कार्यक्रम अनुसार प्रदेश र जिल्ला अस्पतालमा ज्येष्ठ नागरिक तथा अशक्त अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै वार्डको व्यवस्था गरिने जनाइएको छ । रणनीतिक स्थान तथा दुर्गम हिमाली जिल्लाका स्थानीय तहमा आवधिक विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विपतका कारण थातथलो छाड्दै
यस वर्षको बर्खायाममा सिन्धुपाल्चोकमा ४८ घरपरिवार बाढीपहिरोको उच्च जोखिममा परेका छन् । त्यसमध्ये १३६ परिवार थातथलो छाडेर विस्थापित भएका छन् । जिल्ला विपत् व्यवस्थापन समितिको प्रतिवेदन अनुसार बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, बलेफी गापा, त्रिपुरासुन्दरी गापा, जुगल गापा, हेलम्बु गापा, पाँचपोखरी थाङपाल गापाका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन् ।
तीन संसदीय समितिको बैठक बस्दै
आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ ।