भारत भ्रमणमा नेपालको हितबारे कुरा भयो : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै गरेको औपचारिक भारत भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ ।
एमाले पोलिटब्युरो बैठक जारी
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ ।
युवक मृत अवस्थामा फेला
हेटौँडा उपमहानगरपालिका–२ ओम भवननजिक भाडाको घरमा बस्दैआएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
तम्घासमा कविता वाचन प्रतियोगिता
गुल्मीको तम्घासमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै पुरानो पुस्तकालय तम्घासस्थित किरण पुस्तकालयद्वारा युवाकवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा १२ जना बाल कविहरू सहभागी हुनुभएको हो ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने छ ।
अट्वारी पर्वमा दुई दिन बिदा
कैलालीको कैलारी गाउँपालिकाले थारु समुदायको अट्वारी पर्वको अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । सो पालिकाले भदौ २३ र २४ गते गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे ।
अस्पताल सञ्चालनमा ढिलाइ
दाङको बबई गाउँपालिका–३ हंसपुरमा १५ शय्याको आधारभूत अस्पताल तयार भएको छ । जनतालाई पालिकामै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने गरी करिब १२ करोडको लागतमा गत आर्थिक वर्षमा भवन तयार भए पनि सञ्चालन हुन सकेको छैन ।
लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान
लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले पार्टीको महाधिवेशनको टुङ्गो लगाउन यही भदौ १९ र २० गते काठमाडौँमा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
डेंगु सङ्क्रमणबाट चारको मृत्यु
डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु संक्रमणबाट चार जनाको मृत्यु भएको हो ।
लुइँटेल-बाह्रपिर्के-ठाँटीपोखरी सडक चार दिनपछि सुचारु
गोरखामा अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत लुइँटेल–बाह्रपिर्के–ठाँटीपोखरी सडक खण्ड ४ दिनपछि सुचारु गरिएको छ ।
गोकर्णेश्वर मन्दिर क्षेत्रमा फोहाेर उठाउन ढिलाइ
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँसीको अवसरमा सोमबार लागेको पितृ सम्मान दिवसको मेलाका कारण जम्मा भएको फोहर उठाउन ढिलाइ गरिएको छ ।
आत्महत्याका घटना बढ्दै, न्यूनीकरण अभियान प्रभावहीन
पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ ।
संस्कृति संरक्षणमा जुर्मुराए कठरिया युवा
लोप भइरहेको कला, संस्कृति, भेषभूषाको संरक्षणमा कठरिया समुदायको युवा जुर्मुराएका छन् । नेपाल र छिमेकी राष्ट्र भारतका कठरिया समुदायको युवा लोप भइरहेको आफ्नो मौलिक संस्कृति, भेषभूषा संरक्षणमा जुटेका हुन् ।
टानको नवनिर्वाचित कार्यसमितिलाई अध्यक्ष प्रचण्डको बधाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रेकिङ व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुभएको छ ।
प्राविधिक शिक्षामा जोड दिनुपर्छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले शिक्षा क्षेत्रलाई सुधार्न प्रदेशको प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।
सार्वजनिक बिदामा ओपिडी सेवा सञ्चालन गर्न पत्राचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन बहिरङ्ग सेवा (ओपिडी) लगायतका सेवा सञ्चालन गर्न सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले आफ्ना मातहातका स्वास्थ्य संस्थालाई परिपत्र गर्दै सार्वजनिक बिदाको दिनमा सो सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशनात्मक परिपत्र गरेको हो ।
गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : मन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधानका आधारभूत तत्वहरुमा कुनै परिवर्तन नगर्ने गरी र गणतन्त्रलाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ ।
योग्य नागरिक निर्माणार्थ ‘भाउअ पत्रकारिता’
‘भाउअ पत्रकारिता’ सुन्दा अनौठो लाग्न सक्छ । यहाँको एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् । चन्दननाथ नगरपालिका– ५ जुम्ला खलङ्गास्थित एसिया इन्टरनेश्नल इङलिस स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् ।
माओवादी केन्द्रको संयुक्त परामर्श बैठक पेरिसडाडाँमा सुरु
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक मङ्गलबारदेखि पेरिसडाडामा सुरु भएको छ ।
मौलिक हकलाई कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आत्मसात् गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिने बताउनुभएको छ ।
देउसीभैलो खेलेर सङ्कलित रकमले सडक ढलान
मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।
जनतालाई सुशासनको प्रत्याभूति दिने निर्णय कार्यान्वयन गरिने : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी गरिएका निर्णय पूर्णरुपमा कार्यान्वयन गरिने बताउनुभएको छ ।