पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते
पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताउनुभयो ।
कानुन बनाउने र कार्यान्वयन गराउने सांसदको दायित्व हो– नेत्री अग्रहरी
नेकपा (एमाले) का नेत्री अमृतादेवी अग्रहरीले सांसदको एउटा मात्र जिम्मेवारी एवं दायित्व भनेको गुणस्तरीय कानुन निर्माण र कार्यान्वयन अनुगमन रहेको बताउनुभएको छ ।
जलहरी प्रकरणमा मुद्दा दायर
पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष तथा वर्तमान सदस्यसचिव डा. मिलनकुमार थापा र कोषका विसेट नाइके (स्टोर किपर) अरुणकुमार श्रेष्ठविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो। तत्कालीन सदस्यसचिव ढकालसहित तीन जनाले एक करोड १७ लाख एक हजार ७२१ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ। जलहरी राख्ने क्रममा उनीहरूले १४९१.७१८ ग्राम अर्थात् एक किलो ४९१ ग्राम ७१८ मिलिग्राम अनियमितता गरेको अख्तियारको ठहर छ ।
बजार अनुगमनमा उच्च कैफियत देखियो
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८०/८१ साउनयता बजार अनुगमन गरेकामध्ये ९८ प्रतिशत व्यावसायिक फर्ममा कुनै न कुनै कैफियत भेटिएको छ । विभागले २०८० साउनदेखि २०८१ असोज १२ गतेसम्म उपत्यकामा अनुगमन गरेका एक हजार १४६ व्यावसायिक फर्मको अनुगमन गरेकामा २६ वटा बाहेक सबैमा कुनै न कुनै कैफियत भेटिएको हो ।
सिकलसेलको छुट्टै युनिट
अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि सेवालाई थप वृद्धि गर्नका लागि बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले सिकलसेलको छुट्टै युनिट बनाएर सेवा सञ्चालनमा ल्याउने भएको छ। भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहले सिकलसेलका बिरामीको उपचारका लागि छुट्टै युनिट बनाउने बताउनुभयो। अध्यक्ष शाहले यसका लागि सङ्घीय सरकारको बजेट आइसकेको र प्रदेशबाट समेत यो काममा सहयोग हुने वचन दिएको हुँदा छिट्टै सञ्चालनमा ल्याउनका लागि गृहकार्य भइसकेको बताउनुभयो।
विकट गाउँमा सौर्य ऊर्जा वितरण हुने
दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा रहेको नाँगाउँमा सौर्य ऊर्जा उत्पादन गरिने भएको छ । दोलखाको अति दुर्गम गाउँको रूपमा चिनिने नाँ उपत्यकामा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले यसै वर्ष विद्युत् सेवा पु¥याउने भएको हो । नाँगाउँमा विद्युतीकरणका लागि ३० किलोवाट क्षमताको सोलार प्लान्ट राख्ने तयारी भइरहेको छ ।
चौँरी गोठमा रमाए पर्यटक
रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा चौँरीसँग जङ्गली बसाइ कार्यक्रम गरिएको छ । याक तथा चौँरी पर्यटन विकास कार्यक्रम अन्तर्गत असोज ११ गतदेखि
बोका खसी बनाउन रोजिन्छ शुक्रवार
शुक्रवार बोका खसी बनाए घाउ नपाक्ने र चाँडै निको हुने परम्परागत मान्यता दोलखामा अझै पनि कायम रहेकाले यो दिन धेरै सङ्ख्यामा आउने गरेका छन् ।
इन्धनको मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेको निगम सञ्चालन समितिले आइतबारदेखि लागू हुने गरी डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याससहित सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
कमारा मुक्त गर्ने चन्द्र होइन देव
कमारा प्रथा उन्मूलन कसले गरे ? भन्ने जिज्ञासामा प्रायः सबैको उत्तर हुन्छ– तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणा । तर यो इतिहास गलत लेखिएको छ । कमारा प्रथाको उन्मूलनको थालनी चन्द्रशमशेर नभई तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नै गर्नुभएको थियो । उहाँले दासदासीको बेचबिखनमा मनपरी रोक्न मूल्य तोकिदिनुभएको थियो । पछि उहाँले मुलुकी ऐनमार्फत यो प्रथाको उन्मूलनको प्रयास गरे पनि खासै सफल हुन सकेन । उहाँपछिका प्रधानमन्त्री रणोद्दीप र वीरशमशेरको ध्यान यसतर्फ जान सकेन तर जम्माजम्मी ११४ दिन श्री ३ महाराजको पदवी गुथ्न पाएका देवशमशेरले यसलाई निरन्तरता दिनुभयो ।
नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण महत्त्वपूर्ण : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणले नेपाल र चीन बिच विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबिच रही आएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री प्रचण्ड चीनको छन्तुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डको न्युयोर्क र चीन भ्रमणका झलक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस महिना अमेरिका र चीनको भ्रमण गर्नुभएको छ । उहाँ अमेरिका सिधै चीनको भ्रमणमा जानु भएको हो ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक : परराष्ट्र मन्त्री साउद
परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमण ऐतिहासिक रहेको बताउनु भएको छ ।
सहकारीको तीन करोड ठगी गर्ने सहकारीका प्रबन्धक पक्राउ
तनहुँ प्रहरीले सहकारीको झन्डै तीन करोड रुपियाँ ठगी गरेको आरोप लागेका तनहुँको एक सहकारीका प्रबन्धकलाई बिहीबार पक्राउ गरेको छ ।
दमकमा एक युवाको बीभत्स हत्या
झापाको दमकमा एक युवाको धारिलो हतियार प्रयोग गरी बीभत्स हत्या भएको छ । शुक्रवार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले बीभत्स हत्या गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
अस्वस्थकर जीवनशैलीले मुटुरोगको जोखिम बढ्दाे
मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो ।
सिमसारको मापदण्ड तोक्ने अधिकार सङ्घमा
सर्वोच्च अदालतले सिमसार क्षेत्रको सिमाना (अधिकार क्षेत्र) तोक्ने कार्य सङ्घीय सरकारको एकल अधिकार भएको व्याख्या गरेको छ । कास्कीको फेवातालको मापदण्ड घटाएर कायम गर्ने पोखरा महानगरको नगर कार्यपालिकाको निर्णय बदर गर्दै सर्वोच्चले मापदण्डको अधिकार सङ्घको भएको व्याख्या गरेको हो । अदालतले सिमसार क्षेत्रका लागि मापदण्ड तथा कानुन कार्यान्वयनको अधिकार भने स्थानीय तहकै भएको आदेशमा भनेको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा इन्द्रजात्राको शुभकामना
इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना दिनुभएको छ । उहाँले नेवार समुदाय लगायत समस्त नेपालीहरूलाई सुख, शान्ति र समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना दिनुभएको छ ।
आयोगद्वारा सूचना दिवसको शुभकामना
राष्ट्रिय सूचना आयोगले सूचनामा पहुँचले सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहिता बढाउँदै भ्रष्टाचारका अवसरहरू घटाउने प्रस्ट पारेको छ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै आयोगले सूचनाको हकले सचेतनाका कारण सेवा प्रवाहमा सुधार गर्दै सुशासनका लागि योगदान गर्नेमा जोड दिएको छ ।
चाडबाडमा नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी छः सभामुख
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना
उपराष्ट्रपति रामसहायप्रसाद यादवले मौलिक चिनारी र अद्भूत परिचय बनेका विभिन्न चाडपर्व र त्यसले बोकेका पवित्र भावना र भावलाई जीवन्त बनाउँदै भावी पुस्तामा हस्तान्तरण गर्दै अघि बढ्न जरुरी रहेको बताउनुभएको छ ।