महानगरसँग ईःको भयो सहमति
नौ दिनदेखि काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको राष्ट्रिय सभागृहको प्रवेशद्वारअगाडि सत्याग्रह गरिरहेका अभियन्ता ईःसँग सहमति भएको छ तर उक्त सहमति काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहबाट झिटीगुन्टा कसेर निस्किएपछि मात्र भयो । ईःलाई गेटमै छलेर महानगरपालिकाले महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लगायतको कार्यालय बुधबारदेखि कमलादीस्थित काठमाडौँ प्लाजामा सारेको थियो। त्यही कार्यालयबाट राति चारबुँदे सहमति भएर ईःको सत्याग्रह टुङ्गिएको हो।
फेवातालबारे सर्वोच्चले भन्यो : पछि दर्ता भएका जग्गाको मुआब्जा दिनुपर्दैन
कास्कीको चर्चित र पर्यटकीय केन्द्र फेवातालको मापदण्ड निर्माण र मुआब्जाबारे सर्वोच्चले व्याख्या गरिदिएको छ । २०३१ सालसम्म फेवाको जग्गा र मुआब्जाबारे कुनै विवाद नरहेको जनाउँदै सर्वोच्चले फेवाको बाँध फुटेपछि दर्ता भएका जग्गालाई अहिले तालको मापदण्ड कायम गर्दा हटाउन क्षतिपूर्ति दिन नपर्ने यकिन गरेको हो ।
ललितानिवास प्रकरण: मुद्दा नचलाउने कारण पेस गर्न आदेश
सर्वोच्च अदालतले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले यसअघि उच्चपदस्थ व्यक्तिमाथि अनुसन्धान गर्न जारी गरेको संयुक्त इजलासको मुद्दाको मिसिल पनि मागेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गर्नुभएको रिटमा पूर्वमुख्यसचिव लीलामणि पौड्याललाई पनि विपक्षी बनाइएको छ ।
दस लाख पर्यटक भित्रिने अपेक्षा
विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
खुला दिसामुक्त नारा कम प्रभावकारी
नेपालमा शौचालयबाहेक बाहिर खुला स्थानमा दिसा बन्द भएको चार वर्ष भयो तर यो कागज र घोषणामा मात्र हो । २०७६ सालमा नै नेपाल खुला दिसामुक्त देशको घोषणा गरिए पनि तराईमा ‘मैदान जाने’ क्रममा कमी आएको छैन । यस तथ्यलाई कुनै सर्वसाधारणले होइन सङ्घीय सरकारका मन्त्रीले नै मङ्गलबार उजागर गर्नुभएको हो । यससँगै सरकारका नीति र कार्यक्रम सबैले बुझ्ने भाषामा नहुँदा त्यसले ठ्याक्कै उल्टो नतिजा आउने देखिएको छ । तथापि यो कार्यक्रम भने नागरिकको लगानीमा नै भएको दाबी छ । एक दशकमा यसका लागि ठुलो रकम खर्च भएको छ ।
इन्जिनियरिङ लाइसेन्स परीक्षामा अनुत्तीर्ण बढी
नेपाल इन्जिनियरिङ परिषद्द्वारा सञ्चालित लासेन्स परीक्षाको नतिजा निकै निराशाजनक रहेको पाइएको छ । लाइसेन्स परीक्षामा स्वदेशमा भन्दा विदेशमा अध्ययन पूरा गरी फर्किएका इन्जिनियर बढी अनुत्तीर्ण हुने गरेका छन् । विगतमा इन्जिनियरिङ विषयमा स्नातक तह पूरा गरेको प्रमाणपत्र पेस गरेकै आधारमा लाइसेन्स प्रदान गर्ने व्यवस्था थियो । गत वर्षबाट लाइसेन्स परीक्षामा अनिवार्य उत्तीर्ण हुनुपर्ने व्यवस्था सुरु भएको हो ।
गोली लागेर युवकको मृत्यु
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।
कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव
वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ। विधेयक तर्जुमा, प्रकाशन र प्रत्यायोजित व्यवस्थापनमा समेत एकरूपता कायम गर्ने उद्देश्यले सरकारले नयाँ विधेयक प्रस्ताव गरेको हो। विधायनसम्बन्धी विधेयक कानुन तर्जुमाको निर्देशक कानुनका रूपमा प्रस्तावित छ।
इन्धनमा स्वचालित मूल्य प्रणालीले निगमलाई राहत
पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली (अटोप्राइस) लागु भएसँगै नेपाल आयल निगमले ऋण तिर्न सफल भएको छ । गत साउन १ देखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । सोही अनुसार निगमले १५/१५ दिनमा इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गर्दै आएको छ ।
सङ्घमा फर्किने व्यवस्थाको लबिङमा कर्मचारी
स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित कर्मचारी, विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीलगायत शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र स्वास्थ्य सेवा ऐनमार्फत स्थानीय तह अन्तर्गत बस्न नपर्ने गरी कानुनी व्यवस्थाको लबिङमा छन्। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि काम गर्ने कर्मचारी भने स्थानीय तहको मातहतमा बस्न इच्छुक देखिएका छैनन्।
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा–अर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शन गर्नुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुग्नु भएको छ ।
१९औं एसियाड : तेक्वान्दोमा अञ्जलीको मिश्रित प्रदर्शन
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दो खेलमा नेपालकी अञ्जली तामाङले मिश्रित प्रदर्शन गर्नुभएको छ ।
प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।
चिनियाँ जनकाँग्रेसका अध्यक्ष र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता
चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताउनु भएको छ।
१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्ने समझदारी
नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।
आयोजक चीनलाई एसियाडको पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात
१९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो ।
प्रधानमन्त्री प्रचण्ड बेइजिङमा
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो ।
मुगुमा धार्मिक मेला सुरु
मुगुमा धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने गुरादेब, बिजयगुरादेब लगायतका मेलाहरू सुरु भएको हो ।
सुनको कारोबार साठी प्रतिशतले घट्यो
बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । अन्य समयमा न्यून कारोबार भए पनि सिजनका बेला बढ्ने गथ्र्यो तर यसपालि कारोबार घटेको छ । लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मेलम्चीको पानी वितरण अनिश्चित
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।