प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँच हजार श्रमिकलाई रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत भएका बेरोजगार युवाको सङ्ख्या नौ लाखको हारहारीमा रहेकामा चालु आर्थिक वर्ष २०८०/८१ को साढे पाँच महिनामा पाँच हजारभन्दा केही बढी मात्रै रोजगारीमा आबद्ध भएका छन् । सरकारले आन्तरिक रोजगारीका कार्यक्रमको दायरालाई फराकिलो बनाउन नसक्दा आन्तरिक रोजगारी सिर्जनामा त्यति आकर्षण हुन नसकेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका अनुसार चालु आवमा ६० हजार बेरोजगार युवालाई सय दिनको रोजगारी दिने लक्ष्य रहे पनि पुस १८ सम्म पाँच हजार १९३ युवा उक्त कार्यक्रम अन्तर्गत रोजगारीमा आबद्ध भएका छन् ।
राष्ट्रिय सभामा एमालेले खोज्यो सहकार्य
प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई छ सिट दिन प्रस्ताव गरेको छ ।
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबिच भेटवार्ता
परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नुभएको छ ।
दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
भारतका विदेशमन्त्री जयशङ्कर काठमाडौँ आइपुग्नुभयो
भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो ।
समृद्धिको पहिलो आधार स्लेट ढुङ्गा
बागलुङ जिल्लाको मध्यभागमा रहेको ताराखोला गाउँपालिका साबिकका अर्गल, अमरभूमि, हिल र तारा गाविसलाई समावेश गरेर बनाइएको हो । ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ । यो कृषि, पशुपालन र जलविद्युत्मा पनि राम्रो सम्भावना भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष धनबहादुर विश्वकर्मासँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
घोषणामै सीमित ‘ढाका राजधानी’
तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।
दश हजार मेगावाट बिजुली निर्यात गर्न भारतसँग आज सहमति हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।
थलियो पाख्रीबास कृषि अनुसन्धान केन्द्र
कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ । तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।” यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् । नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।
सङ्घीय कर्मचारीको दरबन्दी घटाइँदै
सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ । सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्याएको हो ।
उपचार गरेको चार लाख तिर्न नसक्दा अस्पतालमै बन्धक छन् दुर्गाप्रसाद
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि घर ल्याउन नसकिएको परिवारजनले गुनासो गरेका छन् ।
जिम्मेवारीमा सबै गम्भीर भए सुशासन आफै कायम हुन्छ : आयुक्त श्रेष्ठ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले आ–आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । विराटनगरमा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै उहाँले कानुन बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिनेमा कुनै शङ्का नभएको बताउनुभयो ।
पुष्टि गरेमा प्रिमियम लिन मिल्छ : आयोग
विद्युत् नियमन आयोगले उद्योगमा लोडसेडिङका समयमा सर्त अनुसार विद्युत् आपूर्ति गरेको प्रमाणित गरेमा महसुल असुल गर्न मिल्ने निर्णय गरेको छ । सोमबार आयोगको २१८ औँ बैठकले लोडेसिडङ अन्त्यको घोषणापछि पनि प्रिमियम महसुलको प्रावधान विद्यमान नै रहेकाले अनौचारिक विद्युत् आपूर्तिको अवस्था विद्यमान रहेको पाइएमा प्रिमियम लिन मिल्ने निर्णय गरेको हो ।
सहरी क्षेत्रको जनसङ्ख्यामा असन्तुलन
राजनीतिक तथा प्रशासनिक रूपमा नेपालको नगरपालिका क्षेत्र व्यापक विस्तार भए पनि त्यस्तो वृद्धिलाई आधार प्रदान गर्ने सहरी क्षेत्र भने निकै कम रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या र घोषित नगरपालिका क्षेत्रको जनसङ्ख्यामा ठुलो अन्तर छ ।
ट्रमा सेन्टरमा छैन एमआरआई मेसिन
दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु
रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ । रुस–युक्रेन युद्धमा थप तीनजना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले आज जनाएको हो ।
हेटौँडा बजार क्षेत्रको सडक विस्तार विरुद्धको रिट खारेज
महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा बजार क्षेत्रको सडक विस्तार तयारीपछि घरजग्गा धनीले क्षतिपूर्ति र मुआब्जा माग गर्दै दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।
पूर्व सहकारी रजिष्ट्रार पराजुली पुर्पक्षका लागि थुनामा
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुलीसहित चार जना पुर्पक्षाका लागि कारागार चलान भएका छन्।
धनगढीमा माघ १ गतेबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक
धनगढी उपमहानगरपालिकाले आउँदो माघ १ गतेबाट नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।
सेनाको जागिर छोडेर रुस पुगेका स्याङ्जाका अर्यालको मृत्यु
रुसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ। वालिङ नगरपालिका–१४ मान्खुका हरिप्रसाद अर्यालको युद्धका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्यु टावरमा लगानी, शून्य उपलब्धि
तीन वर्षअघि बङ्गलाचुली गाउँपालिका–२, धिमधिमे लेकमा भ्यु टावर निर्माण गरियो । प्रदेश सरकारको करिब एक करोड २६ लाख रुपियाँ लागतमा तीनतले भ्यु टावरसँगै चार वटा शौचालय, पानीका ट्याङ्कीलगायतका संरचना निर्माण गरिएका थिए । यतिबेला ती संरचना अलपत्र अवस्थामा छन् । भ्यु टावर र शौचालय काम नलाग्ने अवस्थामा रहेको बङ्गलाचुली गाउँपालिका–२ का अध्यक्ष मैते पुन बताउनुहुन्छ । गाउँबस्तीदेखि निकै टाढा रहेकाले संरक्षणमा कसैले चासो नदिँदा आल्मुनियमका ढोका र खानेपानीको ट्याङ्की अज्ञात व्यक्तिले फोरेर फालेको उहाँले बताउनुभयो ।
किन हराउँछन् बालबालिका ?
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको प्रतिवेदन अनुसार गएको मङ्सिर महिनामा मात्र ६२६ बालबालिका हराएकोमा ३५६ जना फेला परेका छन् भने २७० जनाको खोजतलास जारी छ । कात्तिक महिनामा ३७० बालबालिका हराउँदा ११९ जना फेला परेका छन् भने १७१ जनाको खोजी कार्य भइरहेको देखिन्छ । दिनदिनै बालबालिका हराइरहेका छन्, विभिन्न संयन्त्रमार्फत खोजी गर्दासमेत केही सम्पर्कमा आए पनि सबै बालबालिका भेटिएका छैनन् ।