बालबालिकामा बढ्दै ‘स्क्रब टाइफस’
बाँकेका अस्पतालमा ‘स्क्रब टाइफस’ रोगका बिरामी बालबालिका उपचारका लागि आउने क्रम बढेको छ । कान्ति आरोग्य हस्पिटलका वरिष्ठ बालरोग विशेष डा. रोमा बोहोराले दैनिक जस्तो ‘स्क्रब टाइफस’ का बिरामी बालबालिका अस्पतालमा उपचारका लागि आउने गरेका जानकारी दिनुभयो । उहाँले बालबालिकामा ‘स्क्रब टाइफस’ देखिन थालेपछि उपचारका लागि अस्पताल आउने बढ्दै गएका बताउनुभयो । डा. बोहोराका अनुसार ‘स्क्रब टाइफस’ एक किसिमको सरुवा रोग हो । यो रोग किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने गर्छ ।
उजुरी दिन प्रहरीकहाँ पुग्नु नपर्ने
अबदेखि कोही कसैलाई अन्याय भएमा प्रहरी चौकीसम्म पुग्नुपर्ने झन्झट हट्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएपछि त्यो झन्झट हटेको हो । प्रहरी कार्यालयले उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाएको छ । स्थानीय नागरिकले गुनासो र उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।
कर्णालीका चौबिस प्रतिशत नागरिक निरक्षर
कर्णालीमा सामुदायिक सिकाइ केन्द्रमार्फत ‘जीवनपर्यन्त सिकाइ’ कार्यक्रम सुरु गरिएको छ । यो कार्यक्रम सङ्घीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्युँताउनका लागि हो । जिल्लाको ७९ वटै पालिकामा जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घुलमिल हुँदै अगाडि बढ्नका लागि यो सिकाइलाई जोड दिइएको जनाइएको छ । अनौपचारिक शिक्षा तथा आजीवन सिकाइबारे नीति तथा कार्यक्रम र भावी कार्यदिशा तय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।
पाठ्यपुस्तक छपाइ अझै अन्योल
नयाँ शैक्षिक सत्र सुरु हुन साढे तीन महिना बाँकी हुँदा पनि स्कुले पाठ्यपुस्तक छपाइको टुङ्गो लागेको छैन । छपाइको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो । यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ ।
कुषाणकालीन इनारको उत्खनन
वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन गर्न थालेको हो ।
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ।
बालकुमारी घटनाको छानबिन गर्न समिति गठन
कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरुको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृहमन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
बालकुमारी प्रदर्शन : दुईजनाको मृत्यु
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनपछिकाे भडपमा दुईजनाको मृत्यु भएको छ।
मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन
ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
मन्त्री ज्वालाको गाडीमा आगजनी, नियन्त्रणमा लिन गोली प्रहार
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।
अझै बनेनन् समिति
बागमती प्रदेश सभा गठन भएको एक वर्ष पुग्नै लाग्दासमेत प्रदेश सभा अन्तर्गतका समिति अझै नेतृत्वविहीन छन् । सरकारको नीति तथा कार्यव्रmम बजेटलगायतका कामको अध्ययन, अनुगमन, निगरानी गर्ने, आवश्यक सुझाव दिने अधिकार र दायित्वसँगै सरकारलाई पारदर्शी बनाउने जिम्मेवारी प्रदेश सभा अन्तर्गतका समितिमा रहेको छ तर प्रदेश सरकारलाई प्रदेश सभाप्रति उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रदेश सभाका विषयगत समिति आफैँ गुमनाम बनेका छन् ।
घरजग्गा कारोबारमा सुधार
काभ्रेपलाञ्चोक जिल्लामा पछिल्लो समय घरजग्गा कारोबारमा केही सुधार देखिएको छ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकको पछिल्लो पाँच महिनाको तथ्याङ्क हेर्दा गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्ष घरजग्गा कारोबार बढेको देखाएको हो ।
जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।
हेटौँडामा मुख्यमन्त्रीहरू तहगत अधिकारका बारेमा साझा धारणा बनाउँदै
संविधानमा व्यवस्था भएको तहगत अधिकारका बारेमा छलफल गर्न बुधवारबाट हेटौँडामा सुरु भएको तहगत अधिकारको कार्यविस्तृतिकरण सम्बन्धी संगोष्ठी साझा धारणा बनाएर आज शुक्रवार सम्पन्न हुँदै छ।
नर्सिङ शिक्षा सङ्कटमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् ।
‘सुर्नया गाउँपालिका पूर्ण विद्युतीकरण हुन्छ’
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका अन्न भण्डारका रूपमा परिचित छ । जिल्ला सदरमुकाम पाटनबाट ३५ किलोमिटर पूर्वमा रहेको यो गाउँपालिकाको नामकरण सुर्नया नदीका नामले गरिएको छ । सुर्नया नदी किनार धान र गहुँ खेतीका लागि उर्वर रहेको छ । साबिक हटैराज, वासुलिङ, भौनेली, रौलेश्वर, शङ्करपुर र शि
सुदृढ गणतन्त्रको आधारशिला
हातमा औजार हुनेहरू, औजार लिएर उठ, साथमा केही नहुनेहरू, आवाज लिएर उठ । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।। इतिहासमा गौरव, वर्तमानको समीक्षा गर्दै सुन्दर र समुन्नत भविष्यको अठोट बोकेर राजनीतिक र आर्थिक सुदृढीकरण तथा सामाजिक र सांस्कृतिक रूपान्तरणमार्फत सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई
विपन्नको उपचार निःशुल्क
सरकारले एक वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत २०८० साल वैशाख २१ गते मन्त्री पदमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या छुट्याउने प्रावधानलाई बाध्यकारी बनाइएको छ । यसअघि निजी अस्पतालले १० प्रतिशत शय्या र उपचारमा १० प्रतिशत छुट्याउने गरेका थिएनन् ।
प्रभावकारी सेवा प्रवाह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । जनतालाई दिने सेवा प्रवाहमा सरकारको यो एक वर्ष प्रभावकारी देखिएको छ । भ्रष्टाचारविरुद्ध ठुला ठुला कारबाही गर्नुका साथै सुशासन र सामाजिक न्यायसहित समृद्धि हासिल गर्नेतर्फ वर्तमान सरकार उन्मुख छ ।
कास्कीका पाँच सहकारीका बचतकर्ताको तीन अर्ब जोखिममा
कास्कीका पाँच सहकारीमा समस्याग्रस्त भएपछि बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । ती सहकारीमा बचतकर्ताको दुई अर्ब त्रियासी करोड सैँतिस लाख एकहत्तर हजार जोखिममा परेको हो ।
साइबर सुरक्षा रणनीति
नेपाल सरकारले साइबर सुरक्षा क्षेत्रलाई अझै सुरक्षित र सशक्त रूपले अगाडि बढाउँदै छ । यसका लागि डाटा सेन्टर र साइबर सुरक्षाका लागि ‘हाइब्रिड मोडेल’ सहितको संयन्त्र निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तो संयन्त्रमा सरकार, विज्ञ टोली (परामर्शदाता) र निजी क्षेत्रको प्रत्यक्ष सहभागिता रहने ‘हाइब्रिड मोडेल’ तयार गरिने छ । राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० साउन २३ गते मन्त्रीपरिषद्को निर्णयबाट पारित भई कार्यान्वयनमा आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सुरक्षाका साथै विभिन्न नीति, ऐन र कानुन जारी गरेको छ । साइबर हाइजिनसम्बन्धी एडभाइजरी, २०२३ जारी भएको छ ।
पूर्वाधार विकासमा फड्को
सुशासन, समृद्वि र सामाजिक न्याय’ भन्ने मूल नारासहित एक वर्षअघि पुस १० गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठन भएको वर्तमान सरकारले भौतिक पूर्वाधार विकास तथा यातायात सुधारको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत वर्ष पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका उहाँले पुस ११ गते पद त
कारको ठक्करबाट पोखरामा दुई जनाको मृत्यु
पोखरामा मङ्गलबार बिहान कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
युद्धस्तरमा भूकम्प प्रभावितको उद्धार
गत कात्तिक १७ गते शुक्रबार मध्यराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गयो । भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लाका एकसय ५७ जनाको मृत्यु भयो, हजारौँको सङ्ख्यामा घाइते भए ।