• १३ असोज २०८१, आइतबार

मन्त्री ज्वालाको गाडी आगजनी : २३ वर्षीय रावतको निधन

blog

काठमाडौं, पुस १३ गते । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।

किष्ट मेडिकल अस्पतालका प्रमुख अमिष पाठकका अनुसार दैलेखका २३ वर्षीय सुजन रावतको उपचारका क्रममा निधन भएको हो । रावत हाल भक्तपुरमा बस्दै आउनुभएको थियो ।

गोली लागेपछि अचेत अवस्थामा रहेका रावतलाई १२ः४० बजे अस्पताल ल्याइपुर्‍याएकोमा १ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । रावतको छातीमा रातो–निलो डाम रहेको प्रमुख पाठकले जानकारी दिनुभयो ।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

यो पनि पढ्नुहोस