पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी
सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो।
‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत
ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।
ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान
‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मूल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।
अझै सञ्चार सुविधाविहीन तनहुँवासी
तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता अझै छ ।
चार सय केभी क्षमताको दोस्रो ठुलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्यलाई ‘टेलिकम एक्स्पर्ट’ अवार्ड
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ ।
'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराउने भएको छ । बीज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।