• २८ वैशाख २०८१, शुक्रबार

बाइक बनाउने विद्यार्थी साउद सम्मानित

blog

सम्मानित हुनुभएका विद्यार्थी पारस साउद । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार ८ गते । विद्युतीय बाइक बनाउनु भएका कैलालीको गोदावरी नगरपालिका–५ का पारस साउदलाई धनगढीको एसपीए कलेजले सम्मान गरेको छ । बाइक बनाएर लाखौं युवाका प्रेरणा बनेको भन्दै कदरस्वरुप कलेजले शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको हो । 

क्याम्पस प्रमुख योगराज उपाध्यायले कदरपत्रसहित सम्मानपत्र हस्तान्तरण गर्नुभयो । यसैवर्ष एसईई परीक्षा दिनुभएका पारसले एक लाख रुपियाँ खर्चेर इलेक्ट्रिक बाइक बनाउनुभएको छ । आरएफआइडी सिस्टमयुक्त उहाँले बनाएको बाइक एक पटक चार्ज गरेमा ७० देखि ८० किलोटिमरसम्म दगुर्ने उहाँको दावी छ ।  

एसपीएले पारसलाई सतप्रतिशत छात्रवृत्ति उपलब्ध गराउने र उहाँका अन्य प्रोजेक्टमा सहयोगसमेत गर्ने प्रतिवद्धता जनाएको छ । नवप्रवर्तक, अविस्कारक र उद्यमीलाई प्रेरित गर्ने एसपीएको नीति रहेको कलेज प्रमुख उपाध्यायले बताउनुभयो । एसपीएले यसअघि पनि अविस्कारक विद्यार्थीलाई उनीहरुको काममा सहयोग गर्दैआएको छ ।  

आफ्नो प्रतिभालाई चिनेर एसपीए कलेजले सम्मान गरेकोप्रति पारसले खुशी व्यक्त गर्नुभयो । उहाँले आगामी प्रोजेक्टका लागि कलेजले सहयोग गर्ने प्रतिवद्धता जनाउनु आफ्नो लागि खुशीको विषय रहेको बताउनुभयो ।