समस्या र समाधानका सूची बनाएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालय र निकायहरुमा प्रगति हुन नसक्नुका कारण खोजी तत्काल समाधान गर्नुपर्ने बताउनुभएको छ ।
भोजपुरका घर-घरमा साना मिल
केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।
इन्टरनेट र फोन सेवाबाट एक करोड अष्ट्रेलियाली बञ्चित
मुलुकको सबैभन्दा ठुलो सञ्चार कम्पनीमध्येको एउटा कम्पनीमा अज्ञात अवरोधका कारण बुधबार एक करोडभन्दा बढी अष्ट्रेलियाली इन्टरनेट र फोन सेवाहरूबाट वञ्चित भएका छन् ।
बिचौलियाका कारण एमडिएमए लागू गर्न समय लाग्यो : अध्यक्ष खनाल
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बिचौलियाहरूका कारण मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमए) लागू हुन समस्या भएको बताउनुभएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु गर्न सेवा प्रदायकसँग अनुरोध
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेशन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।
एनसेलद्वारा भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्पपीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ ।
सरकारले बनायो इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर सक्रिय
सरकारले भूकम्प प्रभावित क्षेत्रको सूचना तथा सञ्चार प्रणालीलाई व्यवस्थित बनाउन सञ्चार मन्त्रालयमा रहेको इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (इटीसी) लाई सक्रिय बनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क
सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
सञ्चारको पहुँच बाहिर पेल्काचौर गाउँ, चार सय परिवार समस्यामा
गण्डकी प्रदेश सूचना र सञ्चारमा अगाडि छ त्यो पनि स्याङ्जा जिल्ला त झनै सञ्चारमा अगाडि मानिन्छ । तर जिल्ला सदरमुकाम नजिकैको एक सिङ्गो गाउँ नै सञ्चारको पहुँचमा पुग्न सकेको छैन ।
चिप्सले चल्ने छ दिमाग
टेस्ला, स्पेसएक्स र एक्स (ट्विटर) का मालिक एलन मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस (बिसिआई) को स्टार्टअप ‘ब्रेन–चिप फर्म’ न्युरालिङ्कले पहिलो चरणमा पक्षाघात भएका बिरामीमा ‘ब्रेन चिप’ प्रत्यारोपणको अनुमति पाएको छ ।
पृथ्वी नै चिसो पार्ने त्यो ज्वालामुखी
सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो।
‘ओटिटी’ निर्मातालाई आम्दानीको नयाँ स्रोत
ओटिटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो ।
ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान
‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को-इमाडोल-सानागाउँ-लुभु-लामाटार मूल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो ।
अझै सञ्चार सुविधाविहीन तनहुँवासी
तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता अझै छ ।
चार सय केभी क्षमताको दोस्रो ठुलो इनरुवा सबस्टेसन निर्माण सम्पन्न
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।
‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान
यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ ।
टेलिकमका पूर्व प्रबन्ध निर्देशक आचार्यलाई ‘टेलिकम एक्स्पर्ट’ अवार्ड
नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित हुनुभएको छ ।
'हाम्रो पे'को क्युआरमा भुक्तानी गर्दा कोइली कराउने
हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट 'हाम्रो पे'बाट भुक्तानी गर्दा अब कोइली कराउने भएको छ । बीज क्राफ्ट कम्पनीले तयार पारेको कोइली नामक अडियो उपकरण तथा साउन्ड बक्समार्फत हाम्रो पेको भुक्तानी सफल भएको जानकारी आवाजमै सुन्न सकिने भएको हो ।
सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती
सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।
प्युठानमा साइबर सुरक्षासम्बन्धी राष्ट्रिय सम्मेलन हुने
सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौं, राप्ती इन्जिनियिरिङ कलेज दाङ र प्युठान टेक्निकल कलेज प्रालिको आयोजनामा साइवर अपराध, साइवर सुरक्षा विषयक दिवसीय राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
‘क्युब्स इन स्पेस नासो’ कार्यक्रम हुने
विद्यालय तहका विद्यार्थीका लागि ‘क्युब्स इन स्पेस नासो २०२३’ कार्यक्रम हुने भएको छ । नेपालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल एस्ट्रोनोमिक सोसाइटी (नासो) ले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । नासोका अनुसार नेपाली विद्यार्थीका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था आइडुडलइडु इङ्कसँग सहकार्य सो कार्यक्रम गर्न लागिएको हो ।
नेपाल र चीनबीच आपसी विश्वासको वातावरण थप सुदृढ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताउनुभएको छ ।
कारोबारको माध्यम क्युआर कोड
साइकल पसल होस् वा ठूला व्यापारिक स्टोर, जताततै क्युआर कोडको प्रयोग बढेको छ । यदि तपार्ईंले स्मार्ट फोन बोक्नुहुन्छ र मोबाइल बैङ्किङका साथमा डिजिटल वालेट प्रयोग गर्नुहुन्छ भने पक्कै पनि क्युआर कोड स्क्यान गरेर अनलाइन भुक्तानी गर्नुभएको हुनु पर्छ । क्युआर कोड एक विशेष प्रकारको बार कोड हो । जसलाई विद्युतीय स्क्यानर उपकरण तथा मोबाइल एप्लिकेसनले स्क्यान गर्दा त्यसमा सङ्ग्रह गरिएका विवरण प्राप्त गर्न सकिन्छ । सानो चारपाटे बक्समा अनौठो आकृतिमा देखिने क्युआर कोड अहिले अनलाइन भुक्तानीका लागि अत्यावश्यक माध्यम जस्तै बनेको छ ।
मनसुन बाहिरिन अझै केही दिन लाग्ने
नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।