लोपाेन्मुख समुदायलाई राज्यको मूलप्रवाहमा ल्याइन्छः मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोपाेन्मुख समुदायलाई राज्यको मूलधारमा ल्याउने काम भइरहेको बताउनु भएको छ ।
टिकटक प्रतिबन्ध : अन्तरिम आदेश जारी नहुँदा क्षति पुग्ने आधार देखिएन
सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सर्वोच्चले यही मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ ।
सामाजिक सञ्जालको नियमन : नेपाली समाज कस्तो बनाउने भन्ने बहस
केही समयअघि सुनसरीको धरानमा गोरु काटेर सामूहिक भोज गरेको भिडियो टिकटकमा पोष्ट भएपछि सामाजिक सद्भाव खलबलिने घटना भई निषेधाज्ञा लगाउनुपर्ने अवस्था आयो । केही हिन्दु धर्मगुरुले गाई काट्ने व्यक्तिहरूको हत्या गरेमा आफूले जिम्मा लिने विवादास्पद अभिव्यक्ति दिएको भिडियो भाइरल नै भयो । त्यस्ता व्यक्तिलाई प्रहरीले पक्राउ गरेर कागज गराई छाडेको थियो ।
‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’
सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।
प्रहरी सेवामा क्यूआर कोड सुरु
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गर्नुभएको छ । मङ्गलबार वीरेन्द्रनगर, सुर्खेतमा उहाँले परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र उनीहरूको पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको बताउनुभयो ।
असुरक्षित नेटवर्क प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।
‘योजना बिना टेलिभिजनमा लगानी गर्दा वर्षदिनमै बन्द हुने अवस्था आयो’
हरेक वर्षको २१ नोभेम्बरमा विश्व टेलिभिजन दिवस मनाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व टेलिभिजन दिवस नेपालमा पनि मनाइँदै छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ जारी
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा मङ्गलबार सुनुवाइ भइरहेको हो ।
टिकटक रोक्नै पर्ने कारण यस्ता छन्
सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको छ । सरकारले अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले वास्तविक समयका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियो रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा सेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको स्पष्ट गरेको छ ।
यस्ता छन् टिकटकमाथि रोक लगाउन सरकारले देखेका कारण
सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषद्बाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।
टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।
सामाजिक सञ्जाल नियमनको आवश्यकता
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकाअनुसार ‘सामाजिक सञ्जाल’ भन्नाले इन्टरनेटले उपलब्ध गराएको सुविधा प्रयोग गरी सामाजिक सञ्जाल ‘प्लेटफर्म’ले उपलब्ध गराएको विधिअनुरूप कुनै व्यक्ति, समूह वा संस्थालाई एक अर्कासँग अन्तरक्रियात्मक सञ्चार गर्न सक्ने सुविधा तथा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधासमेत प्रदान गर्ने समूह, ब्लग, एपलगायतका सञ्जाल सम्झनु पर्छ ।
अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपाललाई कास्यपदक
कात्तिक २० देखि २८ गतेसम्म चीनको राजधानी बेइजिङमा भएको २७औँ अन्तर्राष्ट्रिय खगोल ओलम्पियाडमा नेपालले कास्यपदक जितेको छ।
टिकटक बन्द गर्ने सरकारी निर्णय विरोधाभासपूर्ण : सञ्चारविज्ञ दाहाल
नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रूपमा चर्चित र धेरै प्रयोगमा आएको टिकटक एप सरकारले बन्द गर्नु विरोधाभासपूर्ण रहेको सञ्चारविज्ञ सुधांशु दाहालले बताउनुभएको छ । सरकारले टिकटक बन्द गरेसँगै दुईथरी आवाज उठेको उहाँको भनाइ छ ।
टिकटकमाथि प्रतिबन्ध : भ्रम र यथार्थ
नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रियस्तरमा बहस भइरहेको छ ।
‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्थ्यो भनेको छ ।
इन्टरनेट प्रदायकले टिकटक नहटाए कारबाही गर्ने प्राधिकरणको चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
टिकटक बन्द गर्न इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थालाई निर्देशन दिएको छ ।
टिकटक प्रतिबन्धको बहस
सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको छ।
विकृति रोक्न नेपालसहित २७ राष्ट्रमा टिकटक बन्द
इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालको रुपमा चल्ने टिकटकमा विकृति बढेसँगै विभिन्न देशले यसमा प्रतिबन्ध लगाउँदैआएका छन् । मन्त्रिपरिषद बैठकले आज नेपालमा पनि टिकटक प्रतिबन्ध गर्ने निर्णयसँगै प्रतिबन्ध लगाउने देशको संख्या २७ पुगेको छ ।
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ ।
अर्थोपेडिक अस्पतालमा ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया
काठमाडौंको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालले ३९ जनाको ४३ वटा घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको अप्रेसन वाल्क सिकागोको सहयोगमा आएका विशेषज्ञ डाक्टरसहितको ४० जना चिकित्सकको टोलीले घुँडाको शल्यक्रिया गरेको हो ।
तिहारमा मौसम सफा रहने
हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बझाङमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ ।