पार्कर खेलाडी दिनेशलाई यस वर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान
नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।
नेपालले थाइल्यान्डलाई १०६ रनले हरायो
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले हराएको छ ।
महिला साफ फुटबलको टिकट विक्रीमा भष्ट्राचार भएको आरोप
हालै सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिपको दर्शक टिकट विक्रीमा आर्थिक अनियमितता र भष्ट्राचार भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले आरोप लगाउनुभएको छ ।
थाइल्यान्डलाई नेपालले दियो एक सय ४० रनको लक्ष्य
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले थाइल्यान्डलाई एक सय ४० रनको लक्ष्य दिएको छ ।
महिला टी–२० क्रिकेटमा विराटनगर विजयी
नेपाल क्रिकेट फाउन्डेसनको आयोजना तथा क्रिकेट विथ वाउण्ड्रीको सहयोगमा विराटनगरमा जारी प्रथम नेपाल हब महिला टी–२० क्रिकेट प्रतियोगिता विराटनगर विजयी भएको छ ।
लिभरपुल थप बलियो बन्दै
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता थप बलियो बनाएको छ ।
निस्दीलाई मण्डली कप उपाधि
मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । उपाधिका लागि निस्दी र मणिमुकुन्द भलिबल क्लबबिच भएका प्रतिस्पर्धामा निस्दीले मणिमुकुन्दलाई पराजित गर्दै उपाधि हात पारेको हो ।
हक्कीका अध्यक्ष शर्मालाई अवार्ड
नेपाल हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्मा एफआईएच प्रेसिडेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ ।
अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई
बुटवलमा सम्पन्न प्रथम अन्तर बैङ्क फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैङ्कले जितेको छ ।
लब्रेकुटी–शिलौती फाल्गुनन्द म्याराथनको तयारी
पाँचथरको फिदिममा आयोजनामा आइतबार हुने ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला महिला तथा पुरुष हाफ म्याराथन’ को तयारी पूरा भएको छ ।
क्रस कन्ट्री दौडमा चिनिया धावक विजयी
पर्यटन राजधानी पोखरामा शनिबार भएको क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअलमा चिनिया खेलाडी र क्रम कन्ट्री टिम इभेन्टमा नेपाली धावकले बर्चश्व बनाएका छन् ।
सरु नगदसहित सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूलाई गृहनगर मोरङको पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।
यु–१९ एसिया कप टोलीको घोषणा
मङ्सिर १४ देखि २३ गतेसम्म संयुक्त अरव इमिरेट्स (युएई) मा अयोजना हुने यु–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।
सूदुरपश्चिम रोयल्सलाई कुमारी जवको साथ
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र कुमारी जबबिच प्रायोजन सम्झौता भएको छ ।
‘कर्णाली याक्स’को जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सले आफ्नो खेल पोसाक (जर्सी) सार्वजनिक गरेको छ ।
नेपाल युएईसँग १३ रनले पराजित
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो हार खेपेको छ ।
विजय र विनिसालाई ‘गौघाट ग्रीन रन’ उपाधि
पर्यावरण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित ‘गौघाट ग्रीन रन रोड रेस’ मा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका विनिसा एलजीले उपाधि जित्नुभएको छ ।
तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिता : ६४ चिनियाँसहित १२ सयभन्दा बढी सहभागी
हिमालयन टुरिजम फोरमको आयोजनामा सुरु भएको तेस्रो क्रस कन्ट्री दौड प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले पोखराको बाराहीघाट शनिबार शुभारम्भ गर्नुभएको छ ।
निस्दी र मणिमुकुन्दबिच उपाधिका लागि प्रतिस्पर्धा हुने
मण्डली कपका लागि निस्दी भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । कात्तिक २१ गतेदेखि पाल्पाको पूर्वखोला–१, सिलुवामा जारी आठौँ मण्डली कपको उपाधिका लागि यी दुई क्लबबिच शनिबार प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियनको अधुरो सपना
नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता बन्यो ।
यु–१९ महिला विश्वकप क्रिकेट छनोट: नेपालले आज युएईविरुद्ध खेल्ने
आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स [युएई] विरुद्ध खेल्ने भएको छ ।
विश्व बडी बिल्डिङमा नेपाललाई तीन रजत
नेपालका तीन बडी बिल्डिङ रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५ औँ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा रजत पदक जित्नुभएको छ।
टेनिस खेलाडी सेलिशाको निधन
टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको जानकारी दिनुभएको हो। ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्यष्टि गरिएको छ।
फेदापलाई भलिबल प्रतियोगिताको उपाधि
पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ र ७ को सिमामा पर्ने वसाँगुमा आयोजित द्वितीय मेला खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिताको उपाधि फेदायप गाउँपालिका तेह«थुमले जितेको छ ।