टेबलटेनिसमा शुभश्रीलाई स्वर्ण
काठमाडौँ–२ की शुभश्री श्रेष्ठले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु–१६ छात्रा सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
एमेच्योर राहुललाई गल्फ उपाधि
प्रो तोरनविक्रम शाहीलाई एक स्ट्रोकले पछि पार्दै सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि एमेच्योर गल्फर राहुल विकेले जित्नुभएको छ ।
रियललाई लिभरपुलको धक्का
साबिक विजेता रियल म्याड्रिडलाई युरोपियन च्याम्पियन्स लिगमा इङ्लिस क्लब लिभरपुलको धक्का लागेको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा राष्ट्रव्यापी खेल प्रतियोगिताको कार्यतालिका सार्वजनिक
मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा ‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरिएको छ।
विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अर्याल
नेपाल विद्यालय खेलकुद महासङ्घ स्याङ्जाको अध्यक्षमा अमृत अर्याल चयन हुनुभएको छ ।
घोराहीमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता सुरु
घोराहीमा दोस्रो अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल सङ्घ दाङको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१८ सालघारीस्थीत कोर्डमा अन्तर विद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आजदेखि सुरु भएको हो ।
कालीगण्डकी खेल महोत्सवमा सात सय जनाकाे प्रतिस्पर्धा
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा ‘छैटौं अध्यक्ष कप तथा कालीगण्डकी खेल महोत्सव’ हुने भएको छ ।
सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु
काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुनर्निर्माण सुरु गरेको छ । उपप्रमुख सुनीता डङ्गोलले शिलान्यास गरेर बिहीबारबाट पुनर्निर्माणको काम सुरु गर्नुभएको हो ।
लायन्स कप फुटबल प्रतियोगिता सुरु
बेनीमा सुरु भएको प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगितामामा खेल्दै खेलाडीहरु । प्रकाश माध्यमिक बिद्यालय र न्यु वेष्ट प्वाइन्टका खेलाडीहरु । यो खेलमा न्यु वेष्ट प्वाइन्ट २–० गोल अन्तरले बिजय भएको छ।
फुटबलका वीराङ्गना
एउटी रेफ्रीले गरेका पटक पटकका गलत निर्णय र त्यसले उब्जेको परिस्थितिबीच पनि नेपाली महिला फुटबल टिम अन्तिम एक मिनेटमा समालिँदा बिदाइको सँघारबाट उम्केको छ ।
विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु
बेनीमा छात्रा फुटबल प्रतियोगता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको हो ।
नेपाल पाकिस्तानसँग पराजित
पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।
ललितपुर–८ लाई टेबलटेनिस उपाधि
ललितपुर महानगरपालिका वडा नं.–८ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।
तोरन गल्फको उपाधि नजिक
तोरनविक्रम शाही सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि नजिक पुग्नुभएको छ ।
हाईस्कुल राष्ट्रिय क्रिकेट पुसमा
हाईस्कुल राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको पहिलो साताबाट सुरु हुने भएको छ ।
एनपिएल टोली जनकपुरको जर्सी सार्वजनिक
नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले लिगमा लगाउने जर्सी सार्वजनिक गरेको छ ।
शारीरिक सुगठनमा जमेका रुजेश
‘‘शारीरिक सुगठन (बडी बिल्डिङ)का खेलाडीलाई झट्ट देखेर लोभिने धेरै हुन्छन् । तर शरीर बनाउनको दु:ख बयान गरी साध्य छैन,’’ रुजेशले भन्नुभयो ।
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो
दृष्टिविहीन टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको छ।
एनपिएल ‘प्लेयर अफ द सिरिज’लाई कार पुरस्कार
शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ ।
मनाङमाथि संकटाको सहज जित
संकटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लबमाथि सहज जित निकालेको छ ।
१० क्लबद्वारा ‘बी’ डिभिजन लिग नखेल्ने घोषणा
सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बक्यौता रकम नदिएसम्म लिग नखेल्ने घोषणा गरेका छन् ।
एसिसी यु–१९ एसिया कप टोलीको बिदाइ
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।
एनपिएलका लागि टिकट मूल्य सार्वजनिक
यही मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो ।