च्याम्पियन रियल एट्लेटिकोसँग पराजित
स्पेनिस ला लिगाको उपाधि जितिसेको रियल म्याड्रिड शहरी प्रतिस्पर्धी एट्लेटिको म्याड्रिडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल एट्लेटिको म्याड्रिडसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।
इन्टरलाई पछि पार्दै एसी मिलान शीर्षस्थानमा
एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । एसी मिलानले पूनरागमन जित निकालेको हो ।
न्युक्यासलमाथि सिटीको सानदार जित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले न्युक्यासलमाथि सानदार जित निकालेको छ । घरलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ५–० गोलले हरायो ।
विश्व पौडी र एसियाडका लागि खेलाडी छनोट
नेपाल पौडी संघले हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिप र चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ ।
धर्मश्रीमा धाँधली भएको आरोप
१६औँ धर्मश्री शारिरिक सुगठन प्रतियोगितामा सहभागी खेलाडीले प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।
हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व कीर्तिमान
बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहनुभएका बक्सर अविरल घिमिरे (हिमचितुवा) ले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व कीर्तिमान कायम गर्नुभएको छ ।
फुटबल प्रशिक्षक र खेलाडी विवाद छानविन गर्न समिति
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह र बन्द प्रशिक्षणमा रहेका सिनियर खेलाडीबीच देखिएको विवादको विषयमा सत्यतथ्य छानविन गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।
गोल्डेनगेट र जेभियर फाइनलमा
गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।
एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल गल्फ टुर अन्तर्गत नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि पार ७२ को गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ ।