• ५ असोज २०८१, शनिबार

च्याम्पियन रियल एट्लेटिकोसँग पराजित

blog

रियललाई हराएपछि एट्लेटिकोका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २६ गते । स्पेनिस ला लिगाको उपाधि जितिसेको रियल म्याड्रिड शहरी प्रतिस्पर्धी एट्लेटिको म्याड्रिडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा रियल एट्लेटिको म्याड्रिडसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।

एट्लेटिकोको जितमा यान्निक कारास्कोले निर्णायक गोल गर्नुभयो । कारास्कोले पहिलो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बनेको थियो । उहाँले ४०औँ मिनेटमा गोल गर्नुभएको थियो । जेसस भालेजोले म्याथिअस कुन्हालाई फलगरे पछि रेफ्रीले भिएआरको सहायतामा 

एट्लेटिकोलाई पेनाल्टीको मौका दिएका थिए । रियलले एट्लेटिको विरुद्ध रोजाइका खेलाडीलाई आराम दिएको थियो । बल पोसेसन राम्रो राखे पनि रियलले गोल फर्काउन सकेन । जितसँगै चौथो स्थानमा रहेको एट्लेटिकोले ३५ खेलबाट ६४ अङ्क बनाएको छ । एट्लेटिको दोस्रो स्थानको बार्सिलोनाभन्दा पाँच अङ्कले पछाडि छ । शीर्षस्थानमा रहेको रियलको ३५ खेलबाट ८१ अङ्क छ । एजेन्सी