• १३ असार २०८१, बिहिबार

विश्व पौडी र एसियाडका लागि खेलाडी छनोट

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २५ गते । नेपाल पौडी संघले हंगेरीको बुढापेस्टमा हुने १९औँ फिना विश्व पौडी च्याम्पियनसिप र चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको २४औँ खुला पौडी प्रतियोगिताबाट दुवै प्रतियोगिताका लागि खेलाडीको छनोट गरिएको संघले जनाएको छ । 

संघका अनुसार एसियाडका लागि ९–९ पुरुष/महिला गरी १८ खेलाडीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । विश्व च्याम्पियनसिपका लागि १–१ पुरुष/महिला गरी २ खेलाडीको अन्तिम छनोट गरिएको छ । एसियाडका लागि पुरुषमा नासिर याहया हुसैन, शंकरसनाबहादुर रघुवंशी, तेन्जिन नाम्डोल रायन गुरुङ, एर्भिन श्रेष्ठ, अनुभव सुब्बा, एल्भिन महर्जन, सेरेन सिंह र निर्भय थापा छनोट हुनुभएको छ । 

महिलामा डुवाना लामा, अनुशिया तण्डुकार, रोयल प्रजापति, रोशा न्यौपाने, उपास्ती महर्जन, युस्का महर्जन, आर्या महर्जन र मेगन गुरुङ रहनुभएको छ । यी १६ खेलाडीलाई २४औं खुला पौडी प्रतियोगिताबाट छनोट गरिएको हो । ओलम्पिनद्वय एलेक्जन्डर गाडेगार्ड शाह र गौरिका सिंहलाई पनि प्रारम्भिक छनोटमा समावेश गरिएको संघले जनाएको छ । दुवैले टोकियो ओलम्पिक २०२० मा प्रतिस्पर्धा गर्नुभएको थियो । 

विश्व च्याम्पियनसिपका लागि नासिर र डुवान छनोट हुनुभएको छ । सबै खेलाडीको छनोट फिना अंक आधारमा गरिएको बताईको छ । विश्व पौडी च्याम्पियनसिप गामी जुनमा हुँदैछ । भदौ २५ देखि असोज ९ गतेसम्मलाई तय भएकोमा एसियाड भने कोरोना भाइरसका कारण स्थगित भइसकेको छ ।