• १२ असोज २०८१, शनिबार

इन्टरलाई पछि पार्दै एसी मिलान शीर्षस्थानमा

blog

बल खोस्ने प्रयास गर्दै एसी मिलान र हेलास भेरोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २६ गते । एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसी मिलानले हेलास भेरोनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । एसी मिलानले पुनरागमन जित निकालेको हो ।

जितसँगै मिलानले इन्टर मिलानलाई पछि पारेको छ । एसी मिलानको जितमा सान्द्रो टोनालीले दुई तथा अलेसान्द्रो फ्लोरेन्जीले एक गोल गर्नुभयो । हेलास भेरोनाका मार्को डेभिड फाराओनीको सुरुवाती गोल सान्त्वना बन्यो । 

३६औँ मिनेटमा मार्को डेभिडले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा सान्द्रो टोनालीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ५०औँ मिनेटमा सान्द्रोले व्यक्तिगत दोस्रो गोल गर्दै एसी मिलानलाई अग्रता दिलाउनुभयो । त्यसपछि ८६औँ मिनेटमा अलेसान्द्रो फ्लोरेन्जीले जुनियर मेसिएसको पासमा गोल गर्दै एसी मिलानलाई सानदार जित दिलाउनुभयो । जितसँगै एसी मिलानले शीर्षस्थानमा दुई अङ्कको अग्रता लिएको छ ।

एसी मिलानको ३६ खेलबाट ८० अङ्क पुगेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको ७८ अङ्रक छ । दुई खेल बाँकी छँदा सिरी ‘ए’ कोे उपाधि होड थप रोचक बनेको छ । उपाधिको छिनोफानो अन्तिम खेलबाटै हुने सम्भावना देखिएको छ । पराजित भेरोना ५२ अङ्कसहित नवौँ स्थानमा छ । एजेन्सी