• १३ असार २०८१, बिहिबार

एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि

blog

एनपीजीए टुर च्याम्पियनसिप बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २५ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत नेपाल एनपीजीए टुर च्याम्पियनसिप सोमबारदेखि पार ७२ को गोकर्ण गल्फ क्लबमा सुरु हुने भएको छ । प्रतियोगिातमा ३२ प्रो र १४ एमेच्योरको सहभागिता रहने आइतबार आयोजित्र पत्रकार सम्मेलनमा आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो । 

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिपछि शीर्षस्थानमा रहने २१ प्रो र ६ एमेच्योर थप ३६ होलको फाइनल चरणमा प्रवेश गर्नेछन् । कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रो नगद पुरस्कारको हकदार बन्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने एसोसिएसनले जनाएको छ ।