युगान्डाविरुद्ध अन्तिम खेलमा नेपाल विजयी
काठमाडौं, जेठ ७ गते । पाहुना टोली युगान्डाविरुद्ध पाँचौं तथा अन्तिम टी–२० सिरिजमा नेपाल विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ३४ रने हरायो । यससँगै युगान्डाले नेपालविरुद्ध पाँच खेलको टी–२० सिरिज ३–२ ले जितेको छ । सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै युगान्डाले दुई खेल अगावै सिरिज जितेको थियो । नेपालले पछिल्ला दुई खेलमा भने जित निकाल्यो । अन्तिम खेलमा जितका लागि एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको युगान्डा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ९० रनमा समेटिएको थियो । युगान्डाका लागि रिता मुसामालीले २६ रन बनाउनुभयो । केभिन अविनोले १५, साकिरा सादिकले अविजित १३ र जानेट एम्बावाजीले १० रनब नाउनुभयो । बलिङमा नेपालका सिता रानामगर र इन्दु बर्माले दुई दुई विकेट लिनुभयो । अस्मिता कर्माचार्य र हरिनमायी रोयले एक एक विकेट झार्नुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो । नेपालका लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाउनुभयो । कविता जोशीले अविजित १८, सीता रानामगरले १७, अप्सरी बेगमले ११ र इन्दु बर्माले ८ रन बनाउनुभयो । बलिङमा युगान्डाका लागि युगान्डाकी कप्तान कोन्सी अवेके र फिओना कुलुमेले एक एक विकेट लिनुभयो । नेपालले पाँच खेलको सिरिजमा तीन हार र एक जित निकालेको छ ।पाहुना टोली युगान्डाले लगातार तीन खेल जित्दै सिरिज जितेको छ । नेपालले पहिलो खेलमा १२ रनले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ए कविकेट र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार भएको चौथो खेलमा युगान्डालाई १५ रनले हराएको थियो ।
हाई अल्टिच्युड ट्राई–एड्भेन्चरमा आर्मी पहिलो
प्रथम प्रधानसेनापति हाई अल्टिच्युड ट्राई–एड्भेन्चर प्रतियोगितामा पुरुषतर्फ आर्मीको ‘ए’ टिम पहिलो भएको छ । शनिबार जोमसोममा भएको प्रतियोगितामा आर्मी क्लबका हिमाल टमाटा र मानबहादुर थापाले १ घन्टा १५ मिनेट २ सेकेन्डमा दूरी पार गर्दै पहिलो हुनुभएको हो ।
नेपालद्वारा युगान्डालाई एक सय २४ रनको लक्ष्य
युगान्डाविरुद्धको टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पाहुना टोली युगान्डालाई जितको लागि उक सय २४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय २३ रन बनाएको छ ।
एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा
नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शुक्रबार एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण खेल्न २३ सदस्यीय नेपाल टिमको घोषणा गर्नुभएको छ । प्रशिक्षक अल्मुताइरीसँगको मनमुटावपछि टिम बाहिर रहेका दस सिनियर खेलाडीसँगै कप्तान किरण चेम्जोङलाई पनि टिममा सामेल गरिएको छैन ।
एन्फा अध्यक्षमा नेम्वाङको उम्मेदवारी
नेपालको फुटबलमा आधुनिकीकरण र व्यावसायिकता हाम्रो प्रतिबद्धताको नारासहित पङ्कजविक्रम नेम्वाङले शुक्रबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता ग्राउनुभयो । उहाँको उम्मेदवारीमा झापा फुटबल क्लबका अध्यक्ष भागीरथ आले प्रस्तावक र जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री समर्थकमा हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय महिला टी -२० शृङ्खला : नेपालको सान्त्वना जित
१५ वर्षीया लेग स्पिनर हिरान्मयी रोय आफ्नो पदार्पण खेलमा नै निर्णायक प्रदर्शन गरेपछि नेपालले शुक्रबार चौथो महिला टी–२० एकदिवसीय खेलमा युगान्डालाई १५ रनले हराएको छ । सुरुका तीन खेल हारेर घरेलु टिम नेपालले पाँच खेलको शृङ्खला युगान्डालाई सुम्पिसकेको छ । त्यसैले नेपालको यो सान्त्वना जित भएको छ । नेपालले शनिबार अन्तिम खेलमा पनि युगान्डालाई हराएर आफ्नो प्रतिष्ठा जोगाउने प्रयास गर्नेछ ।
यू–२३ पुरुष बास्केटबलमा रोयलको विजयी सुरुवात
आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलले तेश्रो रोयल यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुवात गरेको छ । ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले टिम सिंहलाई ७६–३० को फराकिलो अन्तरले हरायो ।
युगान्डासँग लगातार तेस्रो हारसँगै नेपालले सिरिज गुमायो
लगातार तेस्रो हारसँगै नेपाली राष्ट्रिय महिला टोलीले युगान्डाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिज गुमाएको छ । पाँच खेलको सिरिजमा पाहुना टोली युगान्डा दुई खेल अगावै विजयी भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहीबार भएको तेस्रो खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भयो ।
गणेश थापालाई फुटबलमा चलखेल नगर्न फिफाको चेतावनी
विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्धित अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापालाई फुटबलको कुनैपनि गतिविधिमा सामेल नहुन चेतावनी दिएको छ ।