आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा आइतबार बिहान सम्पन्न त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी खेलेको हो ।
राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण
नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जित्नुभएको छ । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जित्नुभएको हो ।
फ्रिडम ‘ए’ सेमिफाइनलमा
फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा शनिबार फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ गोलले हरायो ।
नेपाल आज कुवेतसँग भिड्दै
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलमा नेपालले आज (शनिबार) आयोजक कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समय अनुसार राति १०ः०० बजे सुरु हुने खेलमा नेपाल कुवेतविरुद्ध जितको खोजीमा छ ।
आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल आज
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको दोस्रो खेलमा आज (शनिबार) आयोजक अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ ।
पोखरा स्पोर्टस अवार्ड असारमा
छैटौं संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड २०७८’ असार १८ गते शनिबार हुने तय भएको छ ।
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग पराजित
आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । अमेरिकाको ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा शुक्रबार बिहान भएको खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।
स्वयंसेवक प्रशिक्षकलाई तालिम
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।
फ्रिडमको मिश्रित प्रदर्शन
फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले हरायो ।