मिलन युवा क्लब ओरस्टेलाई उपाधि
अर्जुन चौपारी गाउँपालिका–६ बजारमारा खेल मैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि मिलन युवा क्लब ओरस्टेले जितेको छ ।
एसिसी प्रिमियर कप : हङकङलाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
नेपाल लगातार तेस्रो जित निकाल्दै एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाललाई हङकङले दियो ११५ रनको लक्ष्य
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको तेस्रो खेलमा नेपाललाई जितको लागि हङकङले एक सय १५ रनको लक्ष्य दिएको छ ।
नेपाल हङकङबिरुद्ध टस जितेर फिल्डिङ गर्दै
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको तेस्रो खेलमा नेपाल हङकङबिरुद्ध टस जितेर पहिले फल्डिङ गर्दैछ ।
आइओएफटिसीका लागि ६ खेलाडी छनोट
कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि ग्योरोगीमा चार र एकल पुम्सेमा दुई गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट गरिएको हो ।
वर्षाका कारण नेपाल र हङकङबिचको खेलमा ढिलाइ
एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबिचको खेल वर्षाले प्रभावित बनेको छ ।
एसिसी प्रिमियर कप: नेपालले आज हङकङसँग खेल्ने
एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।
राष्ट्रिय तेक्वान्दोमा सङ्गम र सौरवलाई स्वर्ण
चन्द्रागिरिका सङ्गम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता स्वर्ण जित्नुभएको छ ।
म्यानचेस्टर सिटी शीर्षस्थानमा
म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो ।
इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी
नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्डको ‘सी’ टोलीसँग वैशाख २६ गते मैत्रीपूर्ण फुटबल खेल्ने तयारी गरेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मैत्रीपूर्ण खेलका लागि आइतबार २८ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
राष्ट्रपति रनिङ सिल्डलाई भव्य बनाउन जोड
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले राखेपको आयोजनामा मङ्गलबारदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर भब्य रुपमा सफल बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
गल्याङ कप भलिबलमा १० टोली
गल्याङ नगरपालिका ३ खेलमैदानमा प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रदेशस्तरीय मेयरकप साइक्लिङको उपाधि बोहरा र बुढामगरलाई
प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगीको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्।
बन्दैछन् खेल पूर्वाधार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णालीमा हुने भएपछि खेल पूर्वाधार निर्माण भइरहेका छन् । कर्णालीमा २०८१ मङ्सिर २ मा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।
एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित
अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ ।
नेपाल बुद्धिचाल महासङ्घको अध्यक्षमा हेराकाजी निर्वाचित
नेपाल बुद्धिचाल महासङ्घको नवौँ तथा विशेष साधारण सभाले हेराकाजी महर्जनलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
नेपालले कतारलाई दियो २११ रनको चुनौतीपूर्ण लक्ष्य
दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले जितको लागि कतारलाई दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
राष्ट्रिय खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन भदौमा
पाँचौँ राष्ट्रिय खुला मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता भदौ २८ र २९ गते काठमाडौँमा हुने भएको छ ।
सेनाका पाललाई हाफ म्याराथन उपाधि
धनगढीमा शनिबार भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक मुकेशबहादुर पालले जित्नुभएको छ ।
नेपाल कतारविरुद्ध पहिले ब्याटिङ गर्दै
एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा साबिक विजेता नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
राष्ट्रिय खेल सङ्घलाई राखेपको ११ बुँदे निर्देशन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल सङ्घलाई ११ बुँदे निर्देशन दिएको छ ।
गण्डकी र बागमतीलाई अन्तरप्रदेश भलिबल उपाधि
गण्डकी प्रदेश र बागमती प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत भलिबलको उपाधि जितेका छन् । गण्डकी पुरुष तथा बागमती महिलामा च्याम्पियन बनेको हो ।
आयोजक हिमालयलाई फुटबल उपाधि
आयोजक हिमालय सामुदायिक क्लब ‘ए’ ले दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बाँकेको खजुरा स्थित धौलागिरीमा भएको फाइनल खेलमा हिमालयले जिल्ला प्रहरी कार्यालय बाँकेलाई ६–१ गोलले हराउँदै उपाधि जितेको हो ।
संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’
रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ ।