• २१ वैशाख २०८१, शुक्रबार

गल्याङ कप भलिबलमा १० टोली

blog

अर्जुन काफ्ले 

स्याङ्जा, वैशाख २ गते । गल्याङ नगरपालिका ३ खेलमैदानमा प्रथम गल्याङ कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

वैशाख ४ गते देखी ८ गतेसम्म गल्याङ उद्योग वाणिज्य सङ्घले तेस्रो गल्याङ महोत्बसको अवसरमा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा विजेताले एक लाख ५० हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र, दोस्रोले एक लाख, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डर, सर्भर, प्रशिक्षक र अनुशासित खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । ६ दिनसम्म चल्ने प्रतियोगितामा स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, नवलपुर, तनहुँ, पर्वत, रुपन्देही लगायतका १० जिल्लाको सहभागिता रहने खेल संयोजक विशाल थापाले बताउनुभयो । 

राष्ट्रिय खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनको लागि १४ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको थापाले बताउनुभयो ।