• २० वैशाख २०८१, बिहिबार

म्यानचेस्टर सिटी शीर्षस्थानमा

blog

बल प्रहार गर्दै म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड । तस्बिर : रोयटर्स

काठमाडौँ, वैशाख २ गते । म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले लुटन टाउनलाई ५–१ गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो ।

सिटीलाई सहज जित दिलाउन माटियो कोभासिसले ६४औँ, एर्लिङ हालान्डले ७६औँ, जेरेमी डोकुले ८७औँ र जेस्को जिभार्डीओलले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । सिटीले अर्को गोल खेलको दोस्रो मिनेटमै लुटनबाट आत्मघाती उपहार पाएको थियो ।

लुटेका लागि रोस बार्कलेले ८१औँ मिनेटमा सान्त्वना गोल फर्काउनुभयो । जितसँगै सिटीले ३२ खेलबाट ७३ अङ्क बनाएको छ । पराजित लुटन ३३ खेलबाट २५ अङ्क जोड्दै १८औँ स्थानमा छ ।

शनिबार राति नै भएको अन्य खेलमा न्युक्यासल युनाइटेडले टोट्टनहामलाई ४–० र ब्रेन्टफर्डले सेफिल्ड युनाइटेडलाई २–२ गोलले हरायो । यस्तै म्यानचेस्टर युनाइटेड बर्नमाउथ तथा वल्भ्स र नटिङ्घम फरेस्टले समान २–२ र बर्नली र ब्राइटनले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी