‘पेट्रोलियम पदार्थ उत्खननका लागि ताकिता गर्ने छु’
हालै सम्पन्न निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट लक्ष्मीप्रसाद पोखरेल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशका १२ निर्वाचन क्षेत्रमध्ये नेपाल कम्युनिस्ट पार्टीबाट निर्वाचित हुने उहाँ एक्लो उम्मेदवार हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीलाई पराजित गरी निर्वाचित हुनुभएको हो । पोखरेलले २०७० सालको संविधान सभा सदस्यमा पनि निर्वाचित भएर सङ्घीय संसद्को अनुभव हासिल गरिसक्नुभएको छ । २०७९ को निर्वाचनमा भने उहाँ पराजित हुनुभएको थियो ।
पदपूर्ति गर्न कर्मचारीको विवरण सङ्कलन
कर्णाली प्रदेश सरकारले स्थानीय तहका कर्मचारीको विवरण माग गरेको छ । पालिकामा अभाव भएका कर्मचारी पदपूर्ति गर्नका लागि विवरण माग गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । गत फागुन २७ गते ७९ वटै पालिकाबाट विवरण मागका लागि परिपत्र गरिएको स्थानीय सेवा कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत दीपेन्द्रकुमार सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “चैत ८ सम्म सबै पालिकालाई विवरण पठाउन परिपत्र गरिएको छ । अहिलेसम्म केही पालिकाले मात्र विवरण पठाएका छन् ।”
निर्वाचित भएपछि मतदाता भेट्दै रोकाया
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा हिमाली जिल्ला हुम्लाबाट निर्वाचित सांसद जयपति रोकाया यतिबेला मतदाता भेट्न घरदैलोमा निस्कनुभएको छ । निर्वाचित गराएकोमा धन्यवाद दिन र स्थानीयमा गुनासा सुन्न उहाँ बस्ती बस्तीमा पुग्नुभएको हो ।
पाँचौँ प्रयासपछि विक प्रतिनिधि सभा सदस्य
सुदूरपश्चिमको दुर्गम पहाडी जिल्लामा हलिया परिवारमा जन्मिएका गणेशबहादुर विश्वकर्मा (विक) पाँचौँ प्रयासमा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ । ५५ वर्षीय विक २०६४, २०७०, २०७४ मा नेकपा (एमाले) बाट, २०७९ बाट तत्कालीन नेकपा (एकीकृत समाजवादी) र २०८२ मा नेकपाबाट समानुपातिक सूचीमा हुनुहुन्थ्यो ।
मस्तिष्क ज्वरोको लक्षण देखिँदै
गत तीन सातादेखि फैलिएको ज्वरोले पुर्चौडी नगरपालिकाका छुट्टाछुट्टै वडामा तीन जनाको मृत्यु भएको छ । आइतबार राति पुर्चौडी नगरपालिका–८, मल्लादेहीकी १२ वर्षीय पूजा बोहोराको मृत्यु भएको छ । उच्च ज्वरो आएपछि उपचारका लागि हाट स्वास्थ्य चौकीमा पु¥याएपछि बालिकाको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदबहादुर कुँवरले बताउनुभयो । उहाँमा मस्तिष्क ज्वरोको लक्षण देखिएको थियो ।
‘अबका दिनमा कृषक गरिब रहनहुन्न’
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कोमल ज्ञवाली निर्वाचित हुनुभएको छ । सुदूरपश्चिम प्रदेशभरिमा प्रत्यक्षमा निर्वाचित हुने उहाँ एक मात्र महिला हुनुहुन्छ । कर्णाली, पथरैया, काँडा, मोहना नदीले घेरिएको यो निर्वाचन क्षेत्रका बासिन्दाले बर्सेनि बाढी, डुबान र कटानको समस्यासँगै जुझिरहनु परेको छ । ज्ञवाली भन्नुहुन्छ, “फागुनमा मतदाताको घरदैलोमा जाँदा पनि बाढीको त्रास देखेँ, रानीजमरा–कुलरिया सिँचाइ आयोजना पूरा हुँदै गर्दा पनि अझै बाढीको त्रासमा बस्नु परेको छ । बाढीको त्रासलाई अन्त्य गर्नु छ ।”
पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ विमोचित
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तक मङ्गलबार विमोचन गरिएको छ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा उक्त पुस्तक विमोचन गरिएको हो ।
कुशेश्वरमा कुम्भ मेला
आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरस्थित दुर्गा तीर्थमा चैत ५ गते बिहीबारदेखि एकमहिने कुम्भ स्नान मेला सञ्चालन गरिने भएको छ । रोसीखोला (लीलावती) सुनकोशीको सङ्गम स्थलमा कुशेश्वर महादेव मन्दिर र दुर्गा तीर्थ रहेको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१, दुम्जामा सञ्चालन गरिने कुम्भ मेलामा करिब एक लाखले स्नान गर्ने अपेक्षा आयोजकको छ ।
मनाइँदै घोडेजात्रा
काठमाडौँ उपत्यकामा बुधबार परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ । यस पर्वलाई पिशाच चतुर्दशी पनि भनिन्छ । प्रत्येक वर्ष चैत कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।
महँगिए उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म
अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण नेपाली बजारमा मूल्य वृद्धिको नकारात्मक असर देखा पर्न थालेको छ । पश्चिम एसियामा चर्किएको युद्ध र रुस–युक्रेन तनावको बाछिटा नेपाली उपभोक्ताको भान्सादेखि निर्माण क्षेत्रसम्म पर्न थालेको हो ।
सीताराम गोकुल दुधको कारोबारमा रोक
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्समा अनुगमन गरी ठुलो परिमाणमा प्रशोधित दुधको कारोबार गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले उक्त उद्योगबाट उत्पादन गर्ने प्रशोधित दुधमा तोकेको गुणस्तर मापदण्ड नभएको पाइएपछि कारोबारमा रोक लगाएको हो ।
होटेल र होस्टेलमा ग्यास अभाव
बजारमा एलपी ग्यासको अभाव भएपछि साना होटेल, रेस्टुरेन्ट, चिया पसलसँगै होस्टेलमा समस्या पर्न थालेको छ । पश्चिम एसियामा भएको तनावका कारण ग्यासको आपूर्तिमा अवरोध हुन सक्ने आशङ्कामा बजारमा एक्कासि माग बढ्दा उपभोक्ताले एक महिनादेखि सहजै ग्यास पाउन सकेका छैनन् ।
पाँच सय सिलिन्डर बरामद
रुपन्देही जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको छ । व्यापारीले बढी नाफा कमाउने नाममा स्टक भएको ग्याससमेत लुकाएको तथ्य बाहिरिएको छ । इलाका प्रशासन कार्यालय बुटवलले ग्यास विक्रेता सङ्घ रुपन्देहीको रोहबरमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाका विभिन्न ग्यास डिलरमा संयुक्त अनुगमनमा १५ वटा डिलरबाट लुकाएर राखिएका पाँच सयभन्दा बढी ग्यास सिलिन्डर फेला परेको जानकारी इलाका प्रशासन कार्यालय बुटवलका नासु रामप्रसाद शर्माले दिनुभयो ।
सिभिल इन्जिनियर हुँदै नीति निर्माण तहसम्म
पेसाले सिभिल इन्जिनियर जगदीश खरेलमा उच्च शिक्षा अध्ययन गर्नेताका नै देश निर्माण गर्ने हुटहुटी थियो । अध्ययनका क्रममा नेपाली कांग्रेसमा आबद्ध भएर विद्यार्थीको हक अधि
भत्केको अर्थतन्त्रमा आशाको सञ्चार
चम्किलो सेतो रङले सधैँ टलक्क देखिने अर्थ मन्त्रालयका बाहिरी भित्ता गत असोज १ गतेसम्म कालो धुवाँले पोतिएका जस्ता देखिन्थे । त्यसो त उक्त मितिसम्म सिंहदरबार नै खण्डहर बनेको थियो । त्यसैको अर्को दिन भित्तामा टाँसिएको कालो निखार्न चलिरहेको रङरोगनले अर्थपरिसर गन्धयुक्त थियो ।
सुशासन र विकासका लागि स्थानीयस्तरबाटै काम सुरुवात गर्ने
सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामजी यादवले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश यादवलाई १४ हजार १४१ भन्दा बढी मत
बाँदर आतङ्क न्यूनीकरणसँगै नीतिगत सुधारका लागि पहल गर्ने
देशभरि नयाँ दलले पुराना दललाई विस्थापित गरिरहँदा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्ला तेह्रथुममा भने फरक रुझान देखियो । नेकपा (एमाले) केन्द्रीय सचिव भानुभक्त ढ
श्रम स्वीकृति लिने घटे
अमेरिका–इजरायल र इरान युद्धको असर नेपालको वैदेशिक रोजगारीमा जाने श्रमिकमा देखा पर्न थालेको छ । युद्धको असरले नेपालका प्रमुख १२ श्रम गन्तव्य देशमा जाने श्रमिक घटेका छन् ।
नेपाल बैङ्कको कर्जा भुक्तानीमा ब्याज छुट योजना
नेपाल बैङ्क लिमिटेडले ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने नयाँ योजना ल्याएको छ । सो योजना अनुसार उक्त बैङ्कबाट कर्जा लिई २०७९ चैत मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड रुपियाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र सर्तसहितको ब्याज छुट सुविधा पाउने छन् ।
कर्जामा थपिए तीन क्षेत्र
नेपाल राष्ट्र बैङ्कले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी व्यवस्था संशोधन गर्दै तीन नयाँ क्षेत्र थपेको छ । नयाँ व्यवस्था अनुसार अब पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई प्राथमिकता क्षेत्रमा समेटिएको छ ।
जनादेशबाट पाखा लाग्यो पहिचानवादी धार
सङ्घीयता र पहिचानवादी दल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट पाखा लागेका छन् । २०४८ सालयता सङ्घीय संसद्को तल्लो सदनमा पहिचानवादी पक्षधर दलको प्रतिनिधित्व नभएको यो पहिलो अवसर हो ।
प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै
सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ ।
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सरकारले कर्मचारीको सरुवा प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाई कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ आलोचना हुँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि कर्मचारी सरुवाको दिगो समाधान गर्न लागेको हो । नयाँ आउने सरकारले कर्मचारी सरुवामा अल्झन नपर्ने गरी कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
हावाहुरीले ६ घर र २ विद्यालयमा क्षति
ओखलढुङ्गामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार घर तथा विद्यालयका छाना उड्दा करिब ९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।