• ४ चैत २०८२, बुधबार

सुशासन र विकासका लागि स्थानीयस्तरबाटै काम सुरुवात गर्ने

blog

सुधा देव 

भारदह (सप्तरी), चैत ४ गते  । सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका रामजी यादवले जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उमेश यादवलाई १४ हजार १४१ भन्दा बढी मत ल्याएर विजय हुनुभएको छ । यस निर्वाचन क्षेत्रमा निवर्तमान प्रतिनिधि सभा सदस्य एवं जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तेस्रो स्थानमा सीमित हुनुभयो । 

विगतमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा सव्रिmय रहेका ३० वर्षीय  यादव पार्टी परित्याग गरी यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर विजय हात पार्नुभयो । जनताकै काम गर्नका लागि आफूले उम्मेदवारी दिएको दाबी गर्नुहुँदै जितपछि जनताको सानोभन्दा सानो काम गर्न गराउनमा आफू तत्पर्य रहने उहाँले दाबी गर्नुभयो । गोरखापत्रसँगको कुराकानीमा उहाँले हप्ताको तीन दिन जनताको समस्या बुझ्न निर्वाचन क्षेत्रमै बसेर काम गर्ने दाबी गर्नुभयो । 

चुनाव जितेर गएपछि मतदातासमक्ष नफर्किने विगतका प्रतिनिधि सभा सदस्यको व्यवहारले दिक्क भएका यस क्षेत्रक‍ा जनताको सांसदप्रतिको विश्वास कायम राख्न आफूले उदाहरणीय काम गरेर सुरुवात गर्ने उहाँले बताउनुभयो । उहाँले विगतमा जनताले मत दिएर जिताएका नेतालेसमेत समस्या परेको बेला जनतालाई नचिन्ने परिपाटीले जनप्रतिनिधिमाथि जनताको विश्वास घटेको भन्दै उहाँले आउने दिनमा आफूले सो विश्वास कायम राख्नका लागि आफू जितेको निर्वाचन क्षेत्रमा बढी समय दिएर कामकाज गर्ने धारणा राख्नुभयो । जनताले सुशासन र विकास चाहेको भन्दै सुशासन र विकासका लागि स्थानीय स्तरबाटै कामकाजको सुरुवात हुनुपर्ने भन्दै त्यसका लागि आफू निर्वाचित भएको निर्वाचन क्षेत्रका स्थानीय सरकारसँगसमेत समन्वय गर्ने बताउनुभयो । देशको शासन प्रणाली सुदृढीकरणमा सहयोग गर्ने आफ्नो योजना रहेको भन्दै परराष्ट्र मामिला, जलवायु नीति र दिगो विकासमा काम गर्ने आफ्नो रुचि रहेकाले यसका लागि संसद्मा आवाज उठाउने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । 

विगतमा सार्वजनिक खरिद ऐन नीति तथा प्रव्रिmया कार्यान्वयनमा सव्रिmय रहँदै आउनुभएका प्रतिनिधि सभा सदस्य यादव सामाजिक अभियन्ताका रूपमा समेत काम गर्नुभएको थियो । उहाँले नेपाल इन्जिनियरिङ एसोसिएसन नेपालमा आबद्ध भई इन्जिनियरको हकहितका लागि सदैव आवाज उठाउँदै आएको बताउनुभयो । 

उहाँले इन्जिनियरिङ अध्ययन गर्ने व्रmममा कलेजमा मधेश सम्पर्क समितिको उपाध्यक्ष पदमा निर्वाचित हुनुका साथै राजविराज जेसिजको उपाध्यक्षलगायतका पदमा रहेर काम गरेको बताउनुभयो । उहाँले सामान्य किसान परिवारमा आफू जन्मेको र विगतमा बुवा खेतीपाती गर्दा आफू पनि बुवालाई सघाउँदै आएको बाउनुभयो । यस पटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा निर्वाचित यादव सन् २०१६ मा त्रिभुवन युनिभर्सिटी (टियु) बाट इलेक्ट्रिकल इन्जिनियर उत्तीर्ण गरेर आठ वर्षसम्म रोजगारीसँगै सामाजिक कामकाजमा सव्रिmय रहँदै आउनुभएको थियो । इन्डिया इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासबाट इनर्जी सिस्टममा मास्टर्स गर्नुभएका प्रतिनिधि सभा सदस्य यादव पिएचडी गर्न अस्ट्रेलिया जाने तयारीमा रहेकै समय नेपालमा प्रतिनिधि सभा सदस्यको निर्वाचन भयो । त्यसमा विजयी पनि हुनुभयो ।