‘न्यायिक समितिलाई सक्रिय पारौँ’
महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तहका न्यायिक समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार सर्लाही सदरमुकाम मलङ्गवामा जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खातीले पालिकाका न्यायिक समितिलाई सक्रिय बनाउन सके स्थानीयस्तरमै प्रभावकारी र सर्वसुलभ ढङ्गबाट न्याय सम्पादन हुने बताउनुभएको हो।
एमाले कर्णाली कमिटीद्वारा सदस्यको जिम्मेवारी बाँडफाँट
नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । प्रदेश कमिटीको साउन ७ र ८ गते बसेको चौथो बैठकले सदस्यहरुको भूगोल र विभागको जिम्मेवारी टुङ्गो लगाएको हो ।
ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई सास्ती
निरन्तरको वर्षाका कारण दार्चुलाका ग्रामीण सडक अवरुद्ध भएका छन् । ग्रामीण सडकमा पहिरो खसेर, भासिएर तथा भत्किएर अवरुद्ध भएपछि स्थानीयहरु सास्ती भोग्न बाध्य भएका हुन् । महाकाली राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेर दैनिक यातायात सेवा प्रभावित हुनेगरेको छ । ग्रामीण सडकमा यातायातका साधनहरु चल्नै छाडेको यातायात व्यवसायी गणेश धामीले जानकारी दिनुभयो ।
बसमाथि ढुङ्गा खस्दा एक जनाको मृत्यु
सुर्खेतमा बसमाथि ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट वीरेन्द्रनगर आउँदैगरेको ना ७ ख ५८११ नम्बरको बसमा खसेको ढुङ्गा लागेर दैलेखको भवगतिमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको हो ।
अध्यक्ष ओली गृह जिल्ला झापामा
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली स्थानीय तह निर्वाचनको समीक्षाका लागि गृहजिल्ला झापा आइपुग्नुभएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको समीक्षा र आगामी निर्वाचनको तयारी बिषयमा छलफल गर्न उहाँ गृह जिल्ला आउनुभएको सो दलका नेताले बताउनुभएको छ ।
परम्परागत भकारी राख्ने चलन हराउँदै
तराई–मधेशमा अन्न भण्डारण गर्न बाँसबाट बनाइने ‘भकारी’ (धनसार) लोप हुँदैगएको छ । बढ्दो आधुनिकतासँगै बजारमा आयातित विभिन्न किसिमका प्लास्टिकजन्य, धातुजन्य समग्री पाइन थालेपछि अन्न भण्डारणको परम्परागत भकारी लोप हुन थालेको हो ।
भोलिबाट फोहोर ढुवानी सुचारु हुने
काठमाडौँ महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने योजना बनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको हस्ताक्षरमा जारी गरिएको सूचनामा साउन ११ गते जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने सूचना प्राप्त भएको उल्लेख छ ।
बसमा आगलागी हुँदा ३३ यात्रु घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो ।
झापामा स्क्रब टाइपसका ३ जना विरामी फेला
झापाको दमकमा स्क्रब टाइपसका तीन जना विरामी फेला परेकाछन् । कोरोना र डेंगु रोगसंग लक्षण मिल्दोजिल्दो यो रोग ओरेन्सिया सुसुगामुसि नामको जिवाणुले गर्दा लाग्ने गर्दछ । यस जिवाणुले संक्रमित माइट–सुक्ष्म किरा, सुल्सुले, उपियाँ, जुम्रा लगायतको टोकाइबाट सर्न सक्दछ ।