बाइस प्रतिशतको स्वास्थ्य बीमा
म्याग्दी स्वास्थ्य बीमा कार्यक्रम २२ प्रतिशत जनसङ्ख्याको पहुँचमा मात्रै पुग्न सकेको छ । २०७३ सालदेखि म्याग्दीमा यो कार्यक्रम लागू भएको हो । राज्यको नीतिअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने संविधानमै उल्लेख छ । म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम २०७३ पुस १३ गतेबाट लागू भएको थियो । यो कार्यक्रम लागू भएको छैटौँ वर्ष चल्दै गर्दा अझै पनि जिल्लाका २५ प्रतिशत नागरिकले त्यसको सुविधा लिन पाएका छैनन् । अहिले स्वास्थ्य बीमा कार्यक्रम नेपालमा ७७ जिल्लामा लागू भएको छ ।
पुरानो अस्पतालमा बेथिति
पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पताल अहिले बेथितिको अखडा बनेको छ । जिल्लाको सबैभन्दा पुरानो अस्पतालका रूपमा रहेको पृथ्वीचन्द्र अस्पताल सेवा प्रवाह, अस्पतालको व्यवस्थापन, सुशासन र प्रशासन व्यवस्थापन सबै हिसाबले जिल्लाकै बेथितिको अखडा बनेको मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष बेचु गौडले बताउनुभएको छ ।
विकाससँगै वन विनाश
जिल्लाको विभिन्न स्थानमा विकास निर्माणको नाममा वन फँडानी गर्ने क्रम बढेको छ । जिल्लाको तानसेन, रैनादेवी छहरा, तिनाउ, माथागढी, निस्दी गाउँपालिकाको विभिन्न स्थानमा वन फँडानी गर्ने क्रम बढेको हो ।
प्रदेश नं १ सभाको बैठक बस्दै
प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
दुवै मिर्गौला फेल भएका किसानद्वारा सहयोगको याचना
दुवै मिर्गौला फेल भएर काठमाडौँमा उपचार गराई राख्नुभएका काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक सङ्कट पैदा भएको छ । कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।
एघार पालिका बाढीको उच्च जोखिममा
जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ मा उल्लेख भएअनुसार झापामा सबैभन्दा ठूूलो विपत् बाढीका कारण नै सिर्जना हुने गरेको छ । थप आगलागी, जङ्गली हात्तीको आतङ्क, सडक दुर्घटना, वर्डफ्लू, खडेरी, चट्याङआदिको खतरा वा प्रकोपको जोखिममा झापा रहेको छ । प्राकृतिक र मानव सिर्जित जुनसुकै खालका विपत्का घटनाबाट हुनसक्ने जनधनको क्षतिलाई न्युन गर्नका लागि झापा जिल्लाले २०६७ सालदेखि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी सोहीअनुसार कार्य गर्दै आएको छ ।
पहिरोका कारण अन्धकार
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पहिरोले विद्युत्को खम्बा ढालेपछि अन्धकार भएको छ । अविरल वर्षासँगै शुक्रबार राति फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुको ओठेमा गएको पहिरोले विद्युत्को खम्बा (पोल) ढालेपछि गाउँ अन्धकार भएको हो । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार अविरल वर्षाका कारण फुरुम्बुको ओठे क्षेत्रमा शुक्रबार राति करिब १२ बजेपछि पहिरो गएको थियो । उक्त पहिरोले ओठे क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको चारवटा खम्बा ढालेपछि विद्युत् सेवा अवरुद्ध भएको र हाल फुरुम्बुको आधा बस्ती अन्धकारमय बनेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पाङ्ग्रेभिर खण्ड जोखिम बढ्दो
तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।
भुइँमा फालिएका सालिक
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म रामेछाप नगरपालिका–८ भङ्गेरीमा भएको हो। वि.सं. १९८१ असार १५ गते भक्तलाल र तुलसीकुमारीको माहिला छोराका रूपमा पुष्पलालको भङ्गेरीमा जन्म भएको थियो।