बस्तीमै सुरक्षा भत्ता नवीकरण
सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसम्म पुग्न समस्या हुने अशक्त, अपाङ्ग र वृद्धवृद्धालाई लक्षित गरी घुम्ती शिविरमार्फत घर गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ११ वटै वडामा घुम्ती शिविर चलाइएको हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल) ले जानकारी दिनुभयो ।
परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक परीक्षा प्रणालीअन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन सङ्कायको परीक्षाफल प्रकाशनमा ढिलाइ गर्दा हजारौँ विद्यार्थीमा निराशा बढेको छ। नियमित प्रक्रियाअन्तर्गत ढिलोमा चार महिनाभित्रमा प्रकाशित हुनपर्ने परीक्षाफल वर्ष दिन बित्दासमेत प्रकाशित नगरिँदा उज्ज्वल भविश्यको कल्पना गरिरहेका विद्यार्थीमा तनाव बढाएको हो।
सुदूरपश्चिममा सङ्क्रमित सङ्ख्या बढ्यो
सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको छ । जेठमा शून्य सक्रिय सङ्क्रमित रहेकोमा पछिल्लो समय सङ्क्रमण बढेपछि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।
सरकारी विद्यालयमा उपचारका शय्या
दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो ।
न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ ।विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ ।
अफ सिजनमा पनि अन्नपूर्ण पदमार्गमा पर्यटक
अफ सिजन एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ । अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ ।
सुतेर धर्ना दिने चेतावनी
मधेश प्रदेश सरकारविरुद्ध मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालले जनाएको छ। शुक्रबार जनकपुरधामस्थित दस दिनदेखि रिले अनशन बसिरहेकै स्थानबाट सञ्चारकर्मीसँगको कुराकानीमा चुरे तथा वन जङ्गल संरक्षण अभियान नेपालका राष्ट्रिय संयोजक सुनीलकुमार यादवले चुरे संरक्षण तथा सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएका कारण साउन १५ गते (आइतबार) मधेश प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि सुतेर धर्ना दिने बताउनुभयो । उहाँले सुकुम्बासी भूमिहीन सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आन्दोलन तथा अनशन बस्दा पनि नेता,
सङ्खुवासभामा ११ परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ
सङ्खुवासभामा पनि कोरोना भाईरस संक्रमित बिरामी फेला परेको छ । मादीको नगर अस्पतालमा संकास्पद ११ बिरामीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।
भारत लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र चालक नियन्त्रणमा
तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा प्रहरीले विराटनगर–१५ को दुई नम्बर ढाटदेखि पक्राउ गरेको छ ।