रकम लुटपाटको झुटो उजुरी दिने पक्राउ
महोत्तरीको गौशालामा शुक्रबार छुरा प्रहार गरी पाँच लाख रुपियाँ लुटपाट गरेको भन्दै झुटो उजुरी दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।
पानीमा भेटियो ‘कोलिफर्म’
सदरमुकाम सिमकोटको खानेपानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म र इकोली भेटिएको छ । सिमकोट बजार र वडा नं. ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्ने क्रममा सो जीवाणु भेटिएको हो ।
कर्णाली कोरिडोर बन्द
हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ । दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन । ट्रकचालक महावीर खड्काका अनुसार कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ । सडकमा गाडी फसेको अवस्था छ । फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन् । हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्काले बताउनुभयो ।
सडक खुलाउने क्रममा प्रहरी घाइते
जिल्ला मुस्ताङको जोमसोम–कोराला सडक खण्डको पाण्डा खोलामा अवरुद्ध सडक खुलाउने क्रममा करेन्ट लागेर एक जना प्रहरी गम्भीर घाइते हुनुभएको छ। बिहीबार बेलुकादेखिको वर्षाले गर्दा पाण्डा खोलामा आएको बाढीले आफ्नो धार परिवर्तन गर्दा शुक्रबार बिहानैदेखि पटक पटक अवरुद्ध भएको सडक खुलाउने क्रममा साँझ करेण्ट लाग्दा घाइते हुनुभएको थियो।
सक्रिय सङ्क्रमित बढ्दै
शून्य भएको कोरोना सङ्क्रमण गुल्मीमा फैलिन थालेको छ । शनिबार मात्रै गुल्मी जिल्लामा ११ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । शनिबार २३ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
गण्डकीको संसद्मा चुच्चे नक्सा पारित
गण्डकी प्रदेशको संसद्मा बल्ल चुच्चे नक्सा पारित भएको छ। प्रदेश सभा नियमावलीको अनुसूची ८ मा रहेको प्रदेश सभाको प्रतीक चिन्ह (लोगो)मा समावेश नेपालको परिमार्जित नक्सालाई समावेश गर्ने प्रस्ताव पारित गरेको हो। प्रतिनिधि सभाले दुई वर्ष अगाडि पारित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्साकृति प्रस्ताव पारित भइसकेको छ।
कलरिजलाई सम्झँदै पोखरेली
यी हरफ नुनिलो पानीले भरिएको समुद्री यात्रामा काकाकुल बनेको एक नाविकले पिउन एक थोपा पनि पानी नपाउँदा व्यक्त गरेका हुन्। विश्व प्रसिद्ध कवि सामुएल टेयलर कलरिजले सन् १८३४ मा लेखेको दि रिम अफ दि एन्सिएन्ट मारिनरमा उल्लेख गरेको यो पङ्क्ति समुद्रको हो। तर यो तालैतालको सहर पोखरामा अहिले खानेपानीको चरम अवस्थालाई अभिव्यक्त गर्न उत्तिकै सान्दर्भिक देखिन्छ। पोखरा क्षेत्रमा नौवटा ताल छन्।
ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले नगरभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने व्यवस्था मिलाउने बताउनुभएको छ। उहाँले दाँत नभएका कारण ज्येष्ठ नागरिकले हाँस्नसमेत सङ्कोच मान्नुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “त्यस्ता ज्येष्ठ नागरिकलाई नगरपालिकाले निःशुल्क दाँत हाल्ने व्यवस्था गर्ने छौँ।” उहाँले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत हाल्ने नीति अघिसारेको बताउनुभयो।
ध्यान केन्द्र निर्माण सुरु
दोलखाको भीमेश्वर नगरपालिका–१ मा पौराणिक कला संस्कृति झल्काउने गरी कलात्मक रूपमा क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको छ। करिब आठ दशकअघि बनेको यो केन्द्र भूकम्पले भत्केपछि ढिलै भए पनि पुनर्निर्माण सुरु भएको निर्माण समिति कोषाध्यक्ष मुकुन्द शिवाकोटीले जानकारी दिनुभयो। उहाँका अनुसार वि.सं. २००१ देखि २००२ सम्म खप्तड बाबा यहाँ रहनु भई उहाँले नै कुटी निर्माण गर्नुभएको थियो। भूकम्पले कुटी भत्केपछि उहाँकै स्मृतिमा श्री क्षमावती कुटी खप्तड बाबा योग ध्यान केन्द्र निर्माण सुरु गरिएको हो।