अव्यवस्थित पार्किङले सास्ती
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
नगरवासीलाई तीस युनिट विद्युत् छुट
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
सर्लाहीको बलरामा थप चारमा मलेरिया पुष्टि
सर्लाहीको बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी भेटिएका छन् । गाउँमा स्वास्थ्यकर्मी खटाएर रगत परीक्षण गर्दा चार जना बिरामी थपिएको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु, लोटा गाउँ शोकमग्न
विमान दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएको छ । सो घटनाले धनुषाको लोटागाउँ शोकमग्न बनेको छ । आइतबार जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान
स्थानीय चुनावको कारण पछिपरेको विद्यालय भर्ना अभियानलाई सामुदायिक विद्यालयहरुले प्राथकितामा राखेर ‘सबै बालबालिकालाई विद्यालय पठाऔं, शिक्षा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरौं’ मूल नाराकासाथ विधार्थीलाई भर्ना गराउने अभियानलाई तीब्रता दिएका छन् ।
स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भारत विहारको पानावेला ग्रामपञ्चायत–१३ घर भएका २२ वर्षीय युवक जिशान शेखलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बिमान दुर्घटनामा एकै परिवारका सात जना, गाउँ शोकमा
मुस्ताङको मानापाथी हिमालको फेदी स्थित थासाङ गाउँपालिका–२ न्याउरिकोटको ल्याङके खोलाको मुहान क्षेत्रमा भएको तारा एयरको विमान दुर्घटनामा एकै परिवारका सात जना रहेको खुलेको छ ।
कुकुरले टोक्दा सोह्र जना बिरामी
सर्लाहीको हरिवन नगरपालिका–८ र ११ मा छाडा कुकुरले आतङ्क मच्चाएको छ । बिहीबार र शुक्रबार ती दुई वडामा १६ जनालाई कुकुरले टोकिसकेको स्थानीयवासीले बताएका छन् । त्यसरी मानिसलाई टोक्दै हिँड्ने कुकुर बहुलाएको हुनसक्ने आशङ्का गरिएको छ ।
जनकपुरधामका अतिक्रमित जग्गा कानुनी रुपमा खाली गराइने
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित गुठी संस्थानअन्तर्गत बेलाकुट्टीको जग्गामा बनाइएका टहरा तथा भवन हटाउन वडा कार्यालयले सूचना जारी गर्ने भएको छ ।