सप्तरीका अग्निपीडितको निःशुल्क उपचार
सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।
स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते
सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।
गर्मी छल्न नहरमा पौडी खेल्दै बालबालिका (फोटो फिचर)
तराइ मधेशमा पानी पर्न नसकेपछि उखरमाउलो गर्मी छ । गर्मी छल्न ग्रामीण क्षेत्रका बालबालिका नहरमा पौडी खेलेर दिन बिताउँछन् । धनुषाको सबैला नगरपालिका रघुनाथपुरस्थित कमला सिँचाइ नहरमा दिनहुँ बालबालिका नुहाउन आउनुहुन्छ । उहाँहरू नहरको पानीमै खेलेर दिन बिताउनुहुन्छ । पानी त्यति सफा नभए पनि उहाँहरू रमाइलो मान्दै पौडी रहेका हुन्छन् ।
भारतीय मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
सर्लाही सदरमुकाम मलङ्गवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१, स्थित भेडियाहीमा बुधवार साँझ बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको हो ।
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।
गर्मीमा पानीको अभाव
अत्याधिक गर्मीसँगै विभिन्न पालिकाको अधिकांश ठाउँमा रहेका चापाकलबाट पानी आउन बन्द भएको छ ।
सर्पले डसेर बालकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–८, ईश्वरपुर टोलमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
'सीमा सुरक्षामा सशस्त्रको योगदान अतुलनीय'
कविलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव रायले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्याएकाे योगदान सराहनीय रहेको बताउनुभएको छ ।
जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब अग्निपीडितलाई दिने
सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्नि पीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।
बालबालिकालाई झोला र स्टेशनरी सामान वितरण
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानीको जरलहवा आगलागी बस्तीका बालबालिकाहरूलाई झोला तथा स्टेशनरी वितरण गरिएको छ ।
सुगम नजिकको चुरे दुर्गम छ
तराईको सुगम जिल्ला भए पनि सर्लाहीको उत्तरी चुरे भेगका दर्जनौँ विकट बस्तीमा बसोबास गर्ने स्थानीय भने वर्षौंदेखि समस्याग्रस्त दैनिकी गुजार्न बाध्य छन् । भौगोलिक हिसाबले दुर्गम क्षेत्रमा रहेका यहाँको चुरेपाखाका बस्तीमा बस्ने स्थानीय सडक, बि
रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
धनुषाको नकटाझिजमा रोकिराखेको ट्रिपरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मङ्गलबार राती २ बजे मिथिला नगरपालिका–२, नकटाझिजस्थित ढल्केबर–जनकपुर सडक मार्गमा बिग्रिएर रोकिराखेको ट्रिपरमा पछाडिबाट मोटरसाइकल ठोक्किएको हो ।
सप्तरीको चिम्टीमा भीषण आगलागी
सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । गाउँपालिकाको वडा नम्बर १ चिम्टी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठुलो क्षति भएको प्रहरीले जनाएको छ ।
क्रसबोर्डर अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरीको सङ्ख्या बढाउनु आवश्यक
सीमा सुरक्षाको मोर्चामा महत्त्वपूर्ण दायित्व निर्वाह गर्दै आएको सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ५ करोड बढीका अवैध सामानहरू बरामद गरेको छ ।
आगलागीबाट सात घर जले
सर्लाहीको धनकौल गाउँपालिका–२, मा मङ्गलबार मध्यान्ह आगलागी हुँदा सातवटा घर जलेर नष्ट भएका छन्।
३९ वटा पुल निर्माणाधीन अवस्थामा
सहज रूपमा आवतजावत गर्न धनुषा र महोत्तरी जिल्लाका विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । धनुषा र महोत्तरी जिल्ला कार्य क्षेत्र रहेको सडक डिभिजन कार्यालय जनकपुरले दुवै जिल्लामा गरी ३९ वटा पुल निर्माण गरिरहेको छ ।
एमाले सरकार परिवर्तनको पक्षमा छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एमाले अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर सरकार परिवर्तन गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
आगालागीबाट दुई घर र दुई फार्म जले
जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो ।
आगलागीबाट लाखौँको क्षति
सर्लाहीको दुई फरक स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ ।जिल्लाको हरिवन नगरपालिका–३, मोहनपुरमा स्थानीय रोहन भुजेलले सञ्चालन गरेको कुखुरा फाम र सँगै रहेको घर जलेर नष्ट हुँदा ११ लाख रुपियाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
अग्निपीडितलाई दैनिक खाना खुवाउँदै वार्मिङ हार्ट्स नेपाल
महोत्तरीको मटियाहनी नगरपालिका–६ का अग्निपीडितलाई वार्मिङ हार्ट्स नेपाल सायन समाजले दैनिक खाना खुवाउँदै आएको छ । वार्मिङ हार्ट्सले मटियाहनी–६ का अग्निपीडितलाई दैनिक खाना खुवाउँदै आएको हो ।
ट्राफिक नियम छल्दै ओभरलोड
महोत्तरी जिल्लामै सर्वाधिक दुर्घटना हुने बर्दीबास जलेश्वर सडक खण्डको औरही प्रहरी र ट्राफिक विटको छेउबाट सोमबार अपरान्ह दाउराको ओभरलोड थुप्रोमा महिला तथा बालबालिका लोड गरेर उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका २ वटा ट्रयाक्टर ।
‘बालविवाह रोक्न सामूहिक प्रयास गर्नुपर्छ’
‘छोराछोरी बराबरी, बिस पारी बिहेबारी’ नारासाथ मधेश प्रदेशको राजधानी जनकपुरधाममा मनाइएको बालविवाहविरुद्धको दिवसमा बालविवाह रोक्न सामूहिक प्रयासको खाँचो रहेको सरोकारवालाले औँल्याउनुभएको छ ।
महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन
महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो ।
मधेशमा मन्त्रिपरिषद् विस्तार : मन्त्रीको सङ्ख्या १५ पुग्यो
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो। मन्त्रिपरिषद् विस्तारसँगै मधेशमा मन्त्रीको सङ्ख्या १५ पुगेको छ।