हत्यामा संलग्न श्रीमान् र जेठाजु पक्राउ
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन् । सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।
विवादास्पद अभिव्यक्तिप्रति मुस्लिम समाजको आपत्ति
सामाजिक सञ्जालमा कमलनारायण दासलगायतका व्यक्तिहरुले समुदायको सद्भाव भाँड्ने र मुस्लिम सहिसणुतामाथि आघात पुर्याएको भन्दै सुनसरी प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
थारू सामुदायिक होमस्टे सञ्चालन
लहान नगरपालिका–१५, बानोमा सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । विपन्न थारू समुदायलाई रोजगारी सिर्जना गर्न र थारू संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको ल
पर्यटकको रोजाइमा हात्तीदह सिमसार
दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ ।
भारतबाट सल्केको आगोबाट १३ लाख बरावरको क्षति
भारतीय नागरिकले आफनो गहुँ खेतमा गहुँको ठुटा तथा छ्वाली जलाउन लगाएको आगोबाट हावाले झिल्को उडाएर नेपालतर्फको वस्ती एवं गहुँ खेतमा ल्याएपछि भएको आगलागीबाट पर्सामा करिब १३ लाख रुपियाँ बरावरको क्षति भएको छ ।
तराईमा तातो हावा, जनजीवन प्रभावित
सर्लाहीसहित तराई क्षेत्रमा तातो हावाले जनजीवन प्रभावित बनेको छ । यहाँ विगत एक सातादेखि दिनभर टन्टलापुर घाम र अत्यधिक तातो हावा समेत चल्न थालेसँगै जनजीवन प्रभावित बनेको हो ।
विद्यार्थी भर्ना अभियानलाई परिणाममुखी बनाउन घरदैलो कार्यक्रम
रौतहटको बौद्धीमाई नगरपालिकाले विद्यार्थी भर्ना अभियान अन्तर्गत आइतबार नगरक्षेत्रमा घरदैलो कार्यक्रम गरेको छ ।
जनशक्ति थप गरी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराइने : स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रादेशिक अस्पताल जलेश्वरमा स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन पर्याप्त जनशक्ति अभाव रहेको बताउनुभएको छ ।
आश्रयस्थल भवन प्रयोगविहीन
सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा निर्माण गरिएको ज्येष्ठ नागरिक भवन र आकस्मिक आश्रयस्थल भवन प्रयोगविहीन बनेका छन् । तीन वर्षअघि नै निर्माण पूरा भएका यी दुई भवन प्रयोगमा नल्याइँदा बेवारिसे बनेका हुन् । भवन अहिले लागुऔषध प्रयोग गर्ने युवाको बस्ने थलो बनेको स्थानीयले बताएका छन् । लालबन्दी नगरपालिका–४ का वडाध्यक्ष सत्यनारायण चौधरीले आफूहरू निर्वाचित भएर आउनुअघिदेखि नै बेवारिसे अवस्थामा रहेको भवन अझै प्रयोगमा
आगोले पर्साका १५ किसानको लाखौँको क्षति
सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।
कृषि मजदुर अभावमा गहुँबाली भित्र्याउन समस्या
कृषि मजदुरको अभावले गर्दा रौतहटका अधिकांश किसानले समयमा गहुँबाली भित्र्याउन पाएका छैनन् ।
गर्मी बढेसँगै त्रासमा सर्वसाधारण
तराईमा बढ्दो गर्मीसँगै अनेकौं किसिमका त्रास पनि बढ्ने गर्छ । गर्मी याम सुरु भएसँगै विभिन्न मानवीय तथा प्राकृतिक प्रकोपबाट धनजनको क्षति हुने हुँदा सर्वसाधारणमा त्रास बढ्न थालेको हो ।
रातु तटमा पक्की कुलो बन्ने भएपछि किसान खुशी
बर्दिबास ३ स्थित रातु खोलाको तटवर्ती क्षेत्रमा सिंचाई कुलो निर्माण हुने भएको छ। मधेश प्रदेश सिंचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण हुने कुलोको वडाध्यक्ष विराट विस्टले किसानको सहभागितामा शिलान्यास गर्नुभयो।
सप्तरीमा गहुँ बाली भित्र्याउने चटारो
सप्तरी लगायत तराई मधेशका किसानले अहिले आ-आफ्ना खेतमा पाकेर भित्र्याउने बेला भएको गहुँ बाली धमाधम काटेर थ्रेसर लगाउन सुरु गरेका छन् ।
सप्तरीको छिन्नमस्तामा 'डिजिटल एग्रीकल्चर रूम' स्थापना गरिने
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा 'डिजिटल एग्रीकल्चर रूम स्थापना' गरिने भएको छ ।
मह उत्पादनमा कमी हुँदै
यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, सिकारी चराको प्रकोप र रोगव्याधीका कारण मह उत्पादन अनपेक्षित रुपले घटेको हो ।
गौर प्रादेशिक अस्पतालमा रक्त सञ्चार केन्द्र
गौर प्रादेशिक अस्पतालका चिकित्सकहरुले शनिबार रक्तदान गरी रक्त सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अस्पतालमा रहेको रक्त सञ्चार केन्द्र सञ्चालन गर्न उद्देश्यले गौर प्रादेशिक अस्पालका ५० जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् ।
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा कार्यालयले एक खर्ब १४ अर्ब १६ करोड राजस्व सङ्कलन गर्न सफल भएको हो ।
राजविराज छिन्नमस्ता भगवती मन्दिर (फोटो फिचर)
राजविराज एवं नेपालकै प्रख्यात छिन्नमस्ता मन्दिर। यो प्राचीन एवं भव्य मन्दिर सदरमुकाम राजविराज बजारबाट करिब १० किमि दक्षिणतर्फ सखडा भन्ने ठाउँमा पर्दछ। नेपाली शैलीमा निर्मित यस मन्दिर भित्र दायाँदेखि बायाँसम्म लहरै शिर छोपिएका ५ वटा मूर्ति रहेका छन्। ती मूर्तिहरूलाई भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र मर्हिषमर्दिनी भन्दछन्। छिन्नमस्ता भगवतीको शिर काटिएकोले यस भगवतीलाई छिन्नमस्ता भनिएको हो।
एक करोड २० लाख बराबरको कपडा बरामद
भन्सार राजस्व छली गरी भित्र्याएको आशङ्कामा पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरमा रहेका दुई गोदाममा छापामारी भण्डारण गरी राखेको एक करोड २० लाख रुपियाँ मूल्य बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।
आनन्द साहको परिवारलाई पाँच लाख रुपियाँ प्रदान
मधेश प्रदेश सरकारले हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई सहयोग स्वरूप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ ।
लहानकाे खुटीखोलामा आर्यघाट निर्माण हुने
लहान नगरपालिका–४ खुटीखोलामा आर्यघाट निर्माण कार्य सुरु भएको छ । वर्षौँदेखि आर्यघाट निर्माण हुनुपर्ने सहरी क्षेत्रका बासिन्दाहरूले माग गरिरहेको आर्यघाट निर्माण कार्य सुरु भएपछि खुसी देखिएका छन् ।
धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रानीगन्जमा तरकारी बजार राख्ने योजना छ
पूर्वपश्चिम राजमार्गमा अवस्थित लालबन्दी नगरपालिका शिक्षा, स्वास्थ्य र अन्य सुविधामा तुलनात्मक रूपमा सर्लाहीका २० स्थानीय तहमध्ये विकसित मानिन्छ । पछिल्लो समय जिल्लाभरमा बासस्थान, शिक्षाका लागि जिल्लावासीको प्रमुख रोजाइमा पर्न थालेको छ ।