देवरामप्रसाद यादव
सप्तरी, वैशाख १९ गते । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्नि पीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भता दिने घोषणा गरेको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले अग्नि पीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लड्न छिन्नमस्ता गाउँपालिकाका सम्पुर्ण कर्मचारी तथा सम्पुर्ण जनप्रतिनिधिले एक दिनको तलब-भत्ता सञ्चारकर्मीलाई जनाकारी दिनुभयो । "यस विपत्तिमा सबै एक जुट भएर लाग्न समेत आग्रह गर्दै सबै जनाले सक्दो सहयोग गरौँ," उहाँले भन्नुभयाे , "सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुखुहरुलाई समेत सहयोग गर्न आग्रह समेत गरेको छ ।"
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेकोले प्रक्रिया थालेर छिटै पीडितहरुलाई चेक हस्तान्तरण गर्ने बताउनुभयो । मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट ४६ परिवारका २ सय ८० जना घर बिहिन भएको सप्तरी प्रहरीको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।