• ९ मंसिर २०८१, आइतबार

सर्पले डसेर बालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, वैशाख १९ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–८, ईश्वरपुर टोलमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामप्रकाश चौधरीका छोरा १४ वर्षीय विक्रोस चौधरीले विषालु सर्पले डसेर मृत्यु भएको हो । 

घरमा सुतेका बालकलाई बुधबार बिहान ओछ्यानमै करेत सर्पले डसेको परिवारका सदस्यले बताएका छन् । सर्पले डसेपछि सिकिस्त भएका बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर ल्याइयो । 

गम्भीर अवस्थामा ल्याइएका बालकलाई यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।सर्लाहीसहित तराई क्षेत्रमा गर्मी अत्यधिक बढेसँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ ।