उपरदाङगढीमा कोतघर निर्माण
चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीमा कोतघर निर्माण गरिएको छ । ऐतिहासिक क्षेत्रको संरक्षणसँगै मौलिकता कायम राख्न कोतघर निर्माण गरिएको हो । एक करोड २८ लाख रुपियाँको लागतमा कोतघर निर्माण पूरा भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । संरक्षणको अभावमा भग्नावशेषको अवस्थामा पुगेको कोतघरको जीर्णोद्वारसँगै आकर्षणको केन्द्र बनाइएको छ ।
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छः जीतजङ्ग बस्नेत
राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ ।
मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानुनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले सुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय ९गृह वा भौतिक पूर्वाधार तथा यातायात० मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिङ्ग, भताभुङ्ग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस् । यो सारा बेथितिहरू जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईँ सञ्चार मन्त्री हुनुपर्छ । त्यो पनि ठुलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४÷२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकल बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’सञ्चार मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेस गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।
भत्काइयो अतिक्रमण गरेर बनाइएका घरटहरा
अरनिको राजमार्गको काभ्रेपलाञ्चोक सडकखण्ड अन्तर्गत साँगादेखि धुलिखेलसम्मको सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । छ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत काभ्रे खण्डमा सडकको सीमा क्षेत्रभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घद्वारा अण्डाको मूल्य बढाउने निर्णय
पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । लागत मूल्यसमेत पाउन नसक्दा चिन्तित बनेका किसानले अण्डाको मूल्य बढ्न थालेपछि केही राहत महसुस गरेका छन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
नयाँ चलचित्र ऐन चाँडै ल्याइने : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’ चाँडै ल्याइने बताउनुभएको छ । उहाँले आजको राष्ट्रियसभामा ऐन पेस गर्ने बताउनुभयो ।
सहकारीको रकम अपचलनको कसुरमा सांसद राई पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
काठमाडौँ, वैशाख १४ गते । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुहुन्थ्यो ।
महायान–वज्रयानबारे प्रशिक्षण कक्षा
महायान–वज्रयान बुद्ध धर्मका विविध देवताबारे सञ्चालन गरिएको नौहप्ते प्रशिक्षण कक्षा शनिबार सम्पन्न भएको छ ।
एक लाखबाट चार करोडको मालिक
रामेछाप नगरपालिका–६, ओख्रेनीका लोकेन्द्र श्रेष्ठ जिल्लाको एक सफल उद्यमीमा पर्नुहुन्छ । श्रेष्ठको सदरमुकाम मन्थलीमा जुनारको स्क्वास जुस उत्पादन गर्ने मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि नामक उद्योग सञ्चालनमा छ ।
पहिलो पटक भित्रियो मकै रोप्ने मेसिन
धादिङ जिल्लामा पहिलो पटक मकै रोप्ने मेसिन भित्रिएको छ । त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित सल्यानटारमा मकै रोप्ने मेसिन भित्रिएको हो ।
बागमतीको बजेट सीमा पचपन्न अर्ब
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि बागमती प्रदेश सरकाले ५५ अर्बको बजेट सीमा निर्धारण गरेको छ ।
‘ट्रेडमार्क विवाद सुल्झाउन छुट्टै कानुन’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
तेब्बरले घट्यो अलैँची निर्यात
अलैँची निर्यातमा तेब्बरले गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा उच्च माग भए पनि उत्पादन कम हुँदा निर्यातमा भने तेब्बरभन्दा बढीले कमी आएको हो ।
शिक्षकसँग वार्ता सुरु
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र उक्त ऐनमा पेसागत हकअधिकार सुनिश्चित हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासङ्घसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिबार वार्ता गरेको छ ।
अवकाश कोषका लागि बजेट नछुट्याउँदा अन्योल
स्थानीय तहमा कार्यरत ३५ हजार कर्मचारीको अवकाशपछिको भविष्य अन्योल बन्दै गएको छ । स्थानीय सेवाका ती कर्मचारीको तीन तहका सरकारमध्ये अवकाश कोष कुन तहले खडा गर्ने भन्ने यकिन नहुँदा ती कर्मचारीको अवकाशपछिको भविष्य अन्योल बन्दै गएको हो ।
कर्मचारीको बोझ थप्दै स्थानीय तह
स्थानीय तहले आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी भर्ना गर्ने तयारी गरेका छन् । अहिले ७५३ स्थानीय तहमध्ये करिब ८० प्रतिशत स्थानीय तहले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयार गरी कर्मचारीको दरबन्दी बढाउँदै गएका हुन् ।
मकवानपुरमा जैविक कृषि जागरणका अभियानकर्ता
‘खानाका लागि विषरहित खेतीपाती प्रयोग गरौं, तुलनात्मक लाभ भएका कृषिउपज प्रवर्धन गरी किसानको आम्दानी र रोजगारी बढाऔं’ नाराका साथ सुरु गरिएको जैविक कृषि जागरण अभियान २०८२ का अभियानकर्ता मकवानपुर आइपुगेका छन् ।
जनताको जीवन उकास्न सहकारी सारथी बन्नुपर्छ : प्रमुख देवकोटा
बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले सहकारी बैंक आमजनताको जीवन उकास्ने सारथी बन्न सक्नुपर्ने बताउनुभएको छ । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीद्वारा आयोजित सहकारीका मर्म र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।
राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा तस्बिर प्रदर्शनी
गोरखापत्र संस्थानले यस वर्षको राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा पुराना तस्बिरहरू प्रदर्शनी गरेको छ। आज काठमाडौँमा गोरखापत्र संस्थान, आर्ट तथा फोटोग्राफी शाखाले नेपालमा फोटो पत्रकारिता र पत्रकारको सुरक्षा विषयक कार्यशाला गोष्ठीको आयोजना गरी गोरखापत्रमा प्रकाशित तथा यहाँ कार्यरत फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर प्रदर्शनी गरिएको हो।
गोरखापत्रकर्मी शाही र थापालाई फोटो पत्रकारिता अवार्ड
शनिबार ललितपुरमा आयोजित पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्डको अवसरमा उहाँहरुलाई सम्मान प्रदान गरेको हो।गोरखापत्र अनलाइनका फोटो पत्रकार शाहीले पर्यटन तथा संस्कृति विधा र गोरखापत्र दैनिकका फोटो पत्रकार थापाले महिला समूहबाट अवार्ड जित्नुभएको हो। फोटो पत्रकारद्वयलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवार्ड र सम्मान पत्र प्रदान गर्नुभयो।
फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।