वर्षाको सम्भावना भोलिसम्मै
देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो ।
भूकम्प स्मृति स्तम्भ, मृतकको नामसमेत पाइएन
२०७२ वैशाख १२ गतेको भूकम्पमा परी जीवन गुमाएकाको स्मरणमा गोरखाको बारपाकमा निर्माणाधीन भूकम्प स्मृति स्तम्भ एक दशक बित्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको थियो ।
नेविसंघले तीन महिनाभित्र १२ औं महाधिवेशन गरिसक्ने
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले १२औं महाधिवेशन तीन महिनाभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनु भएको छ ।
नवनिर्वाचित फोनिजकर्मीलाई सेन्टरको बधाई
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रेस सेन्टर नेपालले आज स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
एमाले–कांग्रेस नेतृत्वको सरकार आवश्यकताले बनेको हो : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार समयको आवश्यकताले बनेको बताउनुभएको छ । आइतबार काठमाडौँमा आयोजित मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसजस्तो देशको दुई पुरानो एवम् प्रतिस्पर्धी पार्टीहरुको सरकार बन्नु समयको आवश्यकता हो, भन्नुभयो ।
स्थानीय तहमा आपतकालीन गोदाम घर बनाउनुपर्नेमा जोड
गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपतकालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अन्तरपालिका मेयर कप फुटबल हुने
गोदावरी नगरपालिकाको आयोजनामा वैशाख २० देखि जेठ ३ गतेसम्म उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबल हुने भएको छ ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म बमोजिम आगामी बजेट आउनुपर्छ’
राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले आगामी आर्थिक वर्षको बजेट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्म र भावनाबमोजिम आउनुपर्नेमा जोड दिनुभएको छ ।
मह जोडीले पार गरे सहकार्यको ४५ वर्ष
‘मह जोडी’ अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । नेपाली रङ्गमञ्चमा मह जोडीका नामले स्थापित उहाँहरू ‘एकै रथका दुई पाङ्ग्रा’का रूपमा सहकार्य गरिरहनुभएको छ ।
सुदूरपश्चिमकाे मानव विकास सूचकाङ्कमा सुधार ल्याउनुपर्छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा
सशस्त्र प्रहरी जवान विजय जंङ्गमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराउनु भएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक एवम् सह प्रवक्ता शैलेन्द्र थापाले उहाँले आइतबा बिहान ७ः१२ बजेको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउनुभएको जानकारी दिनुभयो ।
‘आठौँ तह बराबरको भत्ता नदिँदासम्म आन्दोलन रोकिन्न’
आइतबार पनि निजी मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलन जारी छ । चिकित्सा शिक्षा आयोगको १६ औँ पूर्ण बैठकले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एक महिनादेखि आवासीय चिकित्सक आन्दोलनमा छन् ।
‘बजेट परम्परागत र वितरणमुखी हुनुहुँदैन’
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद राजेन्द्रकुमार केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागत र वितरणमुखी नभई आवश्यकताका आधारमा जनता केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
‘मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेले प्रमाणित गरेर देखाउनुस्’
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरुलाई त्यस्ता कुराहरु प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने विषयमा संसदीय समितिको सुझाव
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले आगामी आर्थिक २०८२/८३ का नीति तथा कार्यक्रम मुलुकको दिशा स्पष्ट गर्ने र जनता विश्वस्त हुने किसिमले तय गर्नुपर्ने विषयमा सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।
‘खोपले बालबालिकाको स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउँछ’
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा. डा.रमेशकान्त अधिकारीेले नियमित खोप समयमै लगाउन आग्रह गर्नुभएको छ । डा.अधिकारीले १५ महिनाको उमेरसम्म दिइने नियमित खोपले स्वास्थ्य र पोषण अवस्थालाई राम्रो बनाउने हुँदा छुटेका बालबालिकालाई समयमै खोप लगाउन आग्रह गर्नुभएको हो ।
पाँच अर्बभन्दा बढी बजेट फिर्ता, ऊर्जा मन्त्रालय र एमसिए नेपालको सबैभन्दा बढी
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्ब रुपियाँभन्दा बढी बजेट फिर्ता भएको छ ।
प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राजधानीमा भइरहेका विभिन्न प्रदर्शन, प्रदर्शन, मौलिक हकको कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण, सामाजिक सञ्जालको दर्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो
काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।
नेपाली तारा दीपक लिम्बूको पहिलो स्वर्णिम साङ्गीतिक साँझ हुने
काठमाडौँ, वैशाख १४ गते । पहिलो नेपाली तारा विजेता गायक दीपक लिम्बूको पहिलो स्वर्णिम साङ्गीतिक साँझ आयोजना हुने भएको छ । सयौँ गीत गाएर श्रोताको मन जितेका लिम्बूले आगामी भदौ १७ गते साँझको आयोजना गर्ने भएको हो । लिम्बूले आफ्नो जन्मदिनसँगै नेपाली तारा विजेता बनेको २० औँ वर्षगाँठ पारेर काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भदौ १७ गते साँझ ५ बजेदेखि कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना ओएस म्युजिकले गरेको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । साङ्गीतिक साँझ सङ्गीत प्रेमीहरूका लागि उत्कृष्ट साँझ हुने र जीवनभर स्वर दिएका गीतहरू प्रस्तुत गर्ने उहाँले बताउनुभयो । आयोजक संस्थाका प्रबन्ध निर्देशक आशिष् भट्टराईले लोकप्रिय गायक तथा पहिलो नेपाली ताराका विजेता दीपक लिम्बूको पहिलो स्वर्णिम साँझ श्राेताहरूको रोजाइमा रहेको बताउनुभयो । साँझमा २५ जना वाद्य वादकको प्रत्यक्ष साथ रहनेछ । उक्त कार्यक्रमका लागि प्रवेश शुल्क पाँच सय र एक हजार तोकिएको छ । गायक लिम्बूको यहाँ देशको छ चिन्ता, मुटु माग्यौ तिमीले, ढल्क्यो ढल्क्यो, मैले माया गर्न जानिनँ होला जस्ता गीतलगायत सयौँ गीत चर्चित छन् ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
उपरदाङगढीमा कोतघर निर्माण
चितवनको पुरानो सदरमुकाम ऐतिहासिक क्षेत्र उपरदाङगढीमा कोतघर निर्माण गरिएको छ । ऐतिहासिक क्षेत्रको संरक्षणसँगै मौलिकता कायम राख्न कोतघर निर्माण गरिएको हो । एक करोड २८ लाख रुपियाँको लागतमा कोतघर निर्माण पूरा भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । संरक्षणको अभावमा भग्नावशेषको अवस्थामा पुगेको कोतघरको जीर्णोद्वारसँगै आकर्षणको केन्द्र बनाइएको छ ।
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छः जीतजङ्ग बस्नेत
राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर १९ बनाउनुपर्ने बताउनुभएको छ ।
मान्छे मात्रै बदलिएर केही हुँदैन, परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ, वैशाख १४ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताउनुभएको छ ।नेपाल चलचित्र सङ्घको ५० औँ वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताउनु भयो । मान्छे मात्रै बदलिएर केही नहुने उहाँको जिकिर छ । उहाँले राजा महेन्द्रको पालामा बनेका कानुनका कारण विकास हुन नसकेको जिकिर गर्नुभयो । उहाँले आफूले सुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय ९गृह वा भौतिक पूर्वाधार तथा यातायात० मागेको भए पनि प्रधानमन्त्रीको आग्रह सञ्चार मन्त्रालयमा गएको बताउनु भयो । उहाँले आफूले गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरू हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन नसकेको बताउनु भयो । मन्त्री गुरुङले भन्नुभयो, ‘मन्त्रालय आएपछि मलाई लाग्थ्यो सुरुमा यो मन्त्रालयमा बजेट नै छैन । ६-७ अर्ब छ । मैले प्रधानमन्त्रीज्यूसँग भनेको थिएँ । मलाई की सुशासन कायम गर्ने मन्त्रालय दिनुपर्छ, कि विकास गर्ने मन्त्रालय चाहिन्छ । मैले भनेको थिएँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र जुनमा डेढ खर्बभन्दा बढी बजेट छ । त्यहाँको लथालिङ्ग, भताभुङ्ग जे खालको आजको मुलुकको तस्बिर त्यहाँ देखिन्छ, त्यसलाई म सुधार र रूपान्तरण गर्न चाहन्छु । मलाई त्यो दिनुस् भनेको थिएँ । गृह मन्त्रालय दिनुस् । यो सारा बेथितिहरू जहाँ जहाँ भइरहेको छ, त्यो पहिलो चोटि सबै कुराको उद्घाटन गर्छु भनेको थिएँ । तर सरकारको प्रवक्ता पनि बन्नुपर्यो, प्रवक्ता भएको मान्छे अलि सिनियर पनि हुनुपर्यो । साना साना मान्छेलाई बनाएर भएन । तपाईँ सञ्चार मन्त्री हुनुपर्छ । त्यो पनि ठुलै क्षेत्र हो । हुन्छ भनेर मैले स्वीकारेँ । मन्त्रालयमा गइयो । त्यो मन्त्रालय कस्तो रहेछ भने अहिलेसम्म राजा महेन्द्रको कारणले चलेको मन्त्रालय रहेछ । रेडियो नेपालको कानुन २०१३ सालको, नेपाल टेलिभिजनको कानुन हेर्दा ०२६ सालको पछि ०४२ सालको । गोरखापत्रको २०१८ को, राससको २०१४÷२०१५ सालको । सबै पुरानो । नीति पुरानो । कानुन पञ्चायतको । बहुदल आयो १८ वर्ष बित्यो, गणतन्त्र आयो गणतन्त्र र बहुदल जोड्दा ३४ वर्ष भयो । ३४ वर्षसम्म एउटा नयाँ कानुन नबनेको । एउटा मात्रै कानुन ०४८ सालमा बहुदल आएपछि प्रेस काउन्सिल भन्ने संस्थाका लागि नयाँ कानुन आएको रहेछ । राजा महेन्द्रले बनाएको कानुनमा चलिरहेको छ । वीरेन्द्रले पनि होइन । धेरै जसो कानुन बनाएको महेन्द्रको पालामा छ । अनि परिवर्तन कसरी हुन्छ रु शिक्षा अनि आजको जस्तो लथालिङ्ग, भताभुङ्ग नभएर राम्रो हुन्छ रु विज्ञान र प्रविधिको धेरै विकास भइसक्यो, कानुन तदनुकल बनाउनुपर्ने की नपर्ने रु त्यहाँनेर पार्टीहरू चुकेका छन् । स्वास्थ्यको पनि त्यही हालत छ । अहिलेसम्म २०१३ सालको नेपालको प्रहरी ऐन छ, त्यहीबाट चलिरहेको छ । परिस्थिति बदलिएपछि ऐन, कानुन बदलिनुपर्छ । परिस्थिति बदलिएपछि हाम्रो कार्यशैली बदलिनुपर्छ । परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्छ । मान्छे मात्रै बदलिएर केही हुँदैन ।’सञ्चार मन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेस गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताउनु भयो । यसबाट कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन नहुने जिकिर गर्नुभयो । अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको भएको बताउनु भयो । आफू सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको बताउनु भयो । उहाँले त्यसको नियन्त्रण गर्ने दायित्व सरकारको भएको र त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको बताउनु भयो । उहाँले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको बताउनुभयो । उहाँले नेपाललाई आइटी हबको रूपमा विकास गर्न सकिने बताउनुभयो । मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि उल्लेख गर्नुभयो ।