जलविद्युत कम्पनीहरूले अझै गर्न पाएनन् आइपिओ निष्काशन
जलविद्युत कम्पनीहरूको महिनौँदेखि सेयर निष्काशन गर्न पाएका छैनन् । सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई दिएको निर्देशन देखाउँदै बोर्डले विगत २१ महिनादेखि जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्काषन (आइपीओ) तथा हकप्रद सेयरको अनुमति दिएको छैन ।
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबिच भेटवार्ता
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का महामहिम राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । सोमबार नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो ।
नेपाली आकाशलाई सुरक्षित बनाइने छः मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई गतिशील, सुचारु र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
भूमि समस्या समाधानका लागि नौ सय ८१ निवेदन
भूमि समस्यामा रहेका नौ सय ८१ जनाले निवेदन पेस गरेका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिमा उक्त निवेदन दर्ता भएको हो ।
आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने
निजी मेडिकल कलेजका सञ्चालकहरु आवासीय चिकित्सकले ४८ हजार ७३७ निर्वाह भत्ता पाउने भएका छन् ।
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहाेर घट्यो
काठमाडौँ महानगरपालिकाले वर्गीकरण गरेर फोहाेर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहाेर घटेको छ
निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने छ : मन्त्री अधिकारी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकमा व्यावसायिक रूपमा आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइने भएको छ ।
आगामी बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउँछः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग
सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सुनको मूल्य घट्यो
आज सुनको मूल्य तोलामा एक हजार ४०० ले गिरावट देखिएको छ ।
प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ ।
विपन्नलाई मात्र भत्ता दिनुपर्छः सांसद बलदेव बोहरा
काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहराले आवश्यकताका आधारमा मात्रै ज्येष्ठ नागरिकलाई भत्ता दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएका बोहराले भन्नुभएको छ, “ज्येष्ठ नागरिकले पाउने भत्ता सबैले पाउनुहुँदैन, काठमाडौँमा दुई-तीन वटा घर हुने आर्थिक रुपमा सम्पन्न छ भने उसलाई भत्ता दिनु हुँदैन, बरु केही पनि सम्पत्ति नभएको गरिब, जसलाई दुई छाक खान धौधौ छ, उसलाई दिनुपर्छ ।” विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट समानुपातिक सभासद् बन्नुभएका सांसद बोहराले जनताको आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विंस २०२७ देखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ७४ वर्षीय बोहरासँग गरिएको कुराकानीको सम्पादित अंश । वृद्धभत्ता बढाएर समय सान्दर्भिक बनाउनुपर्छ ?– आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत सरकारले ज्येष्ठ नागरिकको भत्ता बढाएर मासिक रु. चार हजार पुर्याएको छ । यो आफैँमा राम्रो पक्ष हो । यसलाई राज्यको ढुकुटी हेरेर अझै बढाएर, सान्दर्भिक बनाएर लैजान पनि सकिन्छ । तर यो सुविधा सबैलाई दिने हो भने देशको आर्थिक अवस्थाले थेग्न सक्दैन । राज्यको ढुकुटी सकिन्छ । आर्थिक रुपमा सम्पन्न वृद्धवृद्धाका लागि वृद्धाभत्ता दिनुको कुनै अर्थ छैन । जो पीडित छ, सहाराविहीन छ, जसको केही पनि आयस्रोत छैन, त्यस्ता नागरिकलाई दिनु ठीक कुरा हो । सहाराविहीन वृद्धलाई दिनुपर्छ । जसका छोराछोरी सम्पन्न छन्, उनीहरुलाई भत्ता दिनु राम्रो कुरा होइन । विसं २०५१ मा सुरु गरिएको भत्ता पाउने उमेर हद ७५ वर्षबाट क्रमशः ७०, ६५ हुँदै ६० सम्म आइपुगेको छ । नेपालमा विभिन्न वर्ग, क्षेत्र, लिङ्ग र जातिलाई लक्षित गरी अहिले १० किसिमका सामाजिक सुरक्षा भत्ता प्रदान गरिँदै आएको छ । हामीले राम्रो गरेकालाई राम्रो भन्न सक्नुपर्छ । सरकारले दलित, एकल महिला, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, तोकिएका क्षेत्रका ज्येष्ठ नागरिक, विधवा, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति र बाल पोषणका रुपमा पनि भत्ता दिएको छ । यो राम्रो कुरा हो । देश विकासको निम्ति परिवर्तनकारी शक्ति मिल्नुको विकल्प छैन ?– देश विकास गर्ने हो भने ठूला राजनीतिक शक्तिहरु नेपाली कांग्रेस, नेकपा [एमाले] र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्छ । उनीहरु एकापसमा मिल्दा मात्रै देशको आर्थिक, सामाजिकलगायत सबै विकासले गति लिन्छ । अब यहाँ त एउटाले केही गर्न खोज्यो भने अर्कोले विरोध गर्ने चलन छ । त्यसो गर्न भएन । आपसमा मिलेर देशको विकास गर्नुपर्छ । दलहरु आपसमा लड्ने काम गर्नुभएन । दलले काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो ?– सरकार र राजनीतिक दलले राम्रोसँग काम नगरेका कारण पूर्वराजाको कुरा उठेको हो । हामीले राजाको पालामा भएका काम पनि देखेकै हो । दलहरु मिलेर जनचाहनाअनुसार देशको विकास गर्ने हो भने राजसंस्थाको कुरा उठ्दैन । गणतन्त्र आएपछि केही राम्रा काम पनि भएका छन्, नभएका होइनन् । तर धेरै काम हुनुपर्ने थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिका सरकारले जनताको पक्षमा काम नगरेका कारण जनतामा वितृष्णा आएको हो । यसलाई सच्याउन सरकारहरुले राम्रो काम गर्नुपर्यो । जनताको पक्षमा काम गर्नुपर्यो । उद्योगधन्दा खोलेर विदेश जाने युवालाई रोक्न सक्नुपर्याे । राजनीतिक दलले काम नगरेपछि बेरोजगारी बढेको हो । संविधान कार्यान्वयन भएको छ, तर जति हुनुपर्ने हो, त्यति भएको छैन ?- राष्ट्रियसभाले संविधान बमोजिम धेरै कानून बनाएको छ । कतिपय महत्वपूर्ण कानून बनाउन बाँकी नै छन् । जनताका शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा सदनमा कुरा उठिरहेकै छ । सबै पार्टीका सांसदले निरन्तर यी विषय उठाउँदै आएका छन् । राष्ट्रियसभामा उठेका धेरै विषय कार्यान्वयनमा गएका छन् । दश वर्षमा संविधान संशोधन गर्न सकिने भन्ने छ । यसलाई संशोधन गर्नुपर्छ भन्ने मेरो पनि धारणा हो । खासगरी निर्वाचन प्रणाली, शासकीय स्वरुपमा संशोधन गर्न आवश्यक छ । सङ्घीयतालाई पनि सुधार गर्नुपर्ने जरुरी छ । सङ्घीय प्रणालीलाई पनि परिवर्तन गरेर नयाँ बनाउनुपर्छ । सुशासनको लागि सरकारले सही ढङ्गले काम गर्नुपर्यो ?– रोजगारीका लागि सरकारले आर्थिक विकासमा जोड दिनुपर्छ । राज्यले रोजगारी सिर्जना गर्नुपर्छ । सबैलाई रोजगारी दिनुपर्छ । राज्यले बेरोजगारका लागि केही न केही व्यवस्था गर्नुपर्छ । सुशासन कायम गर्ने पक्षमा पनि सरकारहरुले ठोस काम गर्न सकेका छैनन् । भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा सरकार निर्मम हुनुपर्छ । जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्छ । रासस
बसको ठक्करबाट एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैंडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारले सडक कालोपत्रे गर्दै
बागमती प्रदेश सरकारको लगानीमा दोलखाका दुई सडक कालोपत्रे हुने भएको छ । दोलखाको शैलुङ गाउँपालिका र मेलुङ गाउँपालिका जोड्ने सडक कालोपत्रे हुने भएको हो । तामाकोशी गाउँपालिका–१, भिरकोट हुँदै वैत्यश्वर गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय दोलखामार्फत दुई मुख्य सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको छ । पूर्वाधार कार्यालयले १६ करोड १० लाख रुपियाँको बजेटमा टेन्डर आह्वान गरेको हो
शिक्षकका समस्या समाधान गर्न माओवादीको आग्रह
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकसँग सार्थक वार्ता गरी सरकारले समस्या समाधान गर्न आग्रह गरेको छ ।
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिनुभयो ।
दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक छः अर्थशास्त्री प्राडा प्याकुरेल
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको बताउनुभएको छ ।
मनाइयो मातातीर्थ औँसी
‘मातृ देवो भव’ तैत्तिरीयोपनिषद, शिक्षाध्याय ११ मा आमालाई भगवान्को स्थान दिनुपर्ने उल्लेख गरिएको छ ।
चिया निर्यातमा सुधार, साठी हजारलाई रोजगारी
मुलुकबाट समग्र वस्तुको निर्यात बढिरहेका बेला चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ ।
लगानी बोर्डको व्यावसायिक रणनीति स्वीकृत
लगानी बोर्डले रणनीतिक कार्ययोजना स्वीकृत गरेको छ ।
सुधारको लयमा आन्तरिक अर्थतन्त्र
विप्रेषण, अन्तर्राष्ट्रिय व्यापार, विदेशी मुद्रा सञ्चिति, पर्यटक आगमन जस्ता बाह्य सूचक सुदृढ भए पनि आन्तरिक रूपमा शिथिलता बेहोरेको अर्थतन्त्रले गति लिन थालेको अर्थ मन्त्रालयले जनाएको छ ।
घट्यो फलफूलको कारोबार
यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको तुलनामा यस वर्ष फलफूलको व्यापार ३० प्रतिशतले घटेको हो ।
‘सगरमाथा संवाद’ को झन्डा सगरमाथा पुग्दै !
जलवायु परिवर्तनले पर्वतीय क्षेत्रहरूमा परेको प्रभावबारे संसारभरका पर्वतीय राष्ट्रबिच गरिने सगरमाथा संवादको ब्यानरसहितको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फरफराउने भएको छ ।