आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ ।
सत्तापक्षीय दलको बैठक जारी
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ । यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।
प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट
ललितपुर महानगरपालिका-२५ नक्खु खाेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गरिने छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताउनुभएको छ ।
उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरूलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।
बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आगामी आर्थिक वर्षको बजेट जनतालाई प्रत्यक्ष राहत दिने खालको हुनुपर्ने बताउनुभएको छ ।
सुन तोलामा सात सयले घट्यो
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ७०० ले घटेको छ ।
दोलखा ‘रक क्लाइम्बिङ महोत्सव’ हुँदै
चरिकोट, वैशाख १७ गते । दोलखालाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । महोत्सवमा क्लाइम्बिङ प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ । सोक्लाश्वरी पर्यटन विकास समाजको आयोजनामा ‘एडभेन्चर क्लाइम्बिङ हब’को रूपमा दोलखाको सोक्ला भ्यालीको प्रवर्द्धन गर्ने उद्देश्यका साथ वैशाख २० र २१ गते महोत्सव आयोजना गर्न लागिएको हो । दोलखाको भीमेश्वर नगरपालिका २ स्थित सोक्ला भ्यालीमा आयोजना हुने यो तेस्रो संस्करणको महोत्सव रहेको पर्यटन विकास समाजले जनाएको छ । नेपाल पर्यटन बोर्ड र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने रक क्लाइम्बिङ महोत्सव हुन लागेको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिनुभयो । ‘साहसिक पर्यटनको विकास गर्ने उद्देश्यले सोक्लामा रक क्लाइम्बिङ सुरु गरिएको हो’, समाजका अध्यक्ष पाख्रिनले भने, ‘सोक्ला र चक्पा क्षेत्रमा पर्ने गुम डाँडाको भीर ४२० मिटरको पहाड हो। यही प्राकृतिक चटानमा रक क्लाइम्बिङ गन्तव्यको विकास गर्न महोत्सव आयोजना गरेका छौं ।’सोक्ला र चक्पाको भीरमा आयोजना गरिने रक क्लाइम्बिङको लागि २५-२५ मिटरको दुई वटा सिङ्गल पिचको रक रुट तयार गरिएको छ । यस वर्ष रक रुट सय मिटरको उचाइमा पुर्याउने लक्ष्य रहेको पर्यटन विकास समाजले जनाएको छ । पर्यटन विकास समाजले २०७८ देखि सोक्ला भ्यालीको चरा पर्यावरण, प्रकृतिसँगै संस्कृति, पर्यटन प्रवर्द्धन, पर्यटकीय पूर्वाधार विकासमा रचनात्मक कार्यहरू गर्दै आइरहेको छ । समाजले यसअघि जापानीज नागरिकहरूको हिकारी संङ गिफ्ट कार्यक्रम, फ्रान्सको दूतावासको सहयोगमा रक क्लाइम्बिङ हाइकिङ गरेका थिए । यसपछि समाजले साहसिक गन्तव्यको रूपमा सोक्ला भ्यालीलाई प्रवर्द्धन गर्ने क्रममा रक क्लाइम्बिङ परियोजना सञ्चालन गर्दै आइरहेको छ । समाजका अध्यक्ष पाख्रिनले सोक्ला भ्यालीमा साहसिक गन्तव्यको विभिन्न सम्भावना भएको बताए । यहाँ बन्जिजम्प, जिपलाइन, साइक्लिङ, चराका प्रजाति अध्ययन केन्द्र, मरेङ खोलामा क्यानोनिङ, सिंगटीदेखि सोक्ला भ्यालीसम्म र्याफ्टिङ जस्ता सम्भावना भएको पाख्रिनको भनाइ छ । ‘भीमेश्वरको सोक्ला भ्याली सम्भावना बोकेर पनि ओझेलमा परेको पर्यटकीय साहसिक गन्तव्य हो,’ अध्यक्ष पाख्रिनले भन्नुभयो,‘तर, स्थानीय तहले यस विषयमा अध्ययन अनुसन्धान र सम्भावनाको विषयमा खोजी गर्न सकेको छैन ।’ सदरमुकाम चरिकोटबाट आठ किलोमिटर दुरीमा रहेको सोक्ला गाउँ धार्मिक एवं सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण छ । सोक्ला गाउँ विशेष गरी कृषि पर्यटनसँगै, पर्यापर्यटन, साहसिक पर्यटन, चरा पर्यापर्यटन, गौरीशङ्कर शृङ्खलाको दृश्य हेर्ने गन्तव्य र धार्मिक अध्ययन अनुसन्धानका लागि यो क्षेत्र प्रसिद्ध छ ।महोत्सवका लागि माउन्टेन गाइड एसोसिएसन अफ नेपालले प्राविधिक पक्षको संयोजन गरेका छन् । रक क्लाइम्बिङ उद्घाटन समारोहमा स्थानीय झाँकी, ताम्बा, झाँक्री, मारुनीसँगै पञ्चै बाजाको समेत प्रस्तुति रहनेछ । सोक्लाश्वरी पर्यटन विकास समाजले विगत पाँच वर्षदेखि सोक्ला रक क्लाइम्बिङ प्रवर्धनमुखी कार्यक्रमहरू गर्दै आइरहेको छ । रक क्लाइम्बिङ महोत्सवमा तीन सयको सहभागिता रहने अपेक्षा गरिएको छ ।
आज अन्तरराष्ट्रिय ज्याज दिवस
आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल
नेपाल पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्बिरोध निर्वाचित हुनुभएको छ । सङ्घको मङ्गलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
शौचालयमा हत्या गरी फरार दुई जना पक्राउ
राममणि दाहालमकवानपुर, वैशाख १६ गते । शौचालयमा हत्या गरी फरार भएका मकवानपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत चैत २४ गते राति २१ः५५ बजेको समयमा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं. २ डुडेठाटीका चूडामणि कँडेललाई आफ्नै घरभित्र रहेको शौचालयमा हत्या गरी फालेर फरार भएका दुई जनालाई इलाका प्रहरी कार्यालय मनहरिले मङ्गलवार पक्राउ गरेको हो ।कँडेलको हत्या गरी फरार रहेका मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं.९ स्थित खर्कका वर्ष २७ का सन्चलाल मोक्तान र वर्ष २५ का प्रीतिलाल भन्ने पृथालाल थिङलाई मनहरी गाउँपालिका वडा ७ स्थित मनहरी बजारबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङको टोलीलाई बुझाइएको छ ।
सरकार र शिक्षककाे वार्ता सकारात्मक रुपमा अघि बढेको छ: शिक्षामन्त्री पन्त
काठमाडौँ, वैशाख १७ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताउनुभएको छ । शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको पनि उहाँले मङ्गलबार रातिको वार्तापछि मन्त्रालयमै सञ्चारकर्मीलाई जानकारी दिनुभएको हो । वार्तामा शिक्षक पनि सकारात्मक रुपमा प्रस्तुत भएको जनइएको छ । शिक्षामन्त्री रघुजी पन्त र महासङ्घका पदाधिकारीबीचको वार्ता मङ्गलबार राति ८ बजेदेखि साढे १० बजेसम्म चलेको थियो । वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो । साथै महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको जनाइएको छ । सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सोमबार भएको वार्ता सकारात्मक रुपमा अघि बढेकामा आज पुनः वार्ता भएको हो । शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
गौतमलाई राष्ट्रिय लेखक पुरस्कार
तेस्रो राष्ट्रिय लेखक दिवसका अवसरमा आख्यानकार ध्रुवचन्द्र गौतम ‘राष्ट्रिय लेखक पुरस्कार’ बाट सम्मानित हुनुभएको छ ।
मौसमः तराईमा हुरी चल्ने पूर्वानुमान
काठमाडौँ, वैशाख १७ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने छ ।त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्या¬ङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
सगरमाथा आरोहणमा नयाँ प्रस्ताव
सात हजार मिटरभन्दा उचाइका कम्तीमा एक हिमाल आरोहण गरेका व्यक्तिलाई मात्र सगरमाथा आरोहणको अनुमति दिने गरी सरकारले कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।
एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले दिँदैनन् न्यूनतम पारिश्रमिक
सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक एक चौथाइभन्दा बढी उद्योग प्रतिष्ठानले कार्यान्वयन नगरेको पाइएको छ । सरकारले न्यूनतम पारिश्रमिक १७ हजार तीन सय रुपियाँ निर्धारण गरेको छ ।
थप एक लाख उन्नाइस हजार मेट्रिक टन मल ल्याइँँदै
आगामी धान बालीका लागि थप एक लाख १९ हजार मेट्रिक टन मल ल्याइने भएको छ ।
चलचित्र विधेयक दर्ता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सभामा चलचित्र विधेयक, २०८१ दर्ता गराएको छ । सो विधेयक ऐनका रूपमा आएपछि चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ लाई प्रतिस्थापन गर्ने छ ।
‘छ दशकपछि पाएँ मान्छेको नाम’
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–३ निवासी ६१ वर्षीय कमला बिटालु यसअघि कुकुर्नी कामीको नामबाट चिनिनुहुन्थ्यो । उहाँले २०४४ माघ ८ गते प्राप्त गरेको नागरिकतामा उहाँको नाम कुकुर्नी कामी थियो ।
कानुन अभावमा करोडौँका मेसिन प्रयोगविहीन
आवश्यक कार्यविधि तथा प्राविधिक परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था नहुँदा ‘भेहिकल फिटनेस टेस्ट लेन’ मेसिन करिब डेढ दशकदेखि प्रयोगविहीन बनेको छ ।
सरकार–शिक्षक वार्ता सहमतिनजिक आज निर्णय
विभिन्न पेसागत माग राखेर २८ दिनदेखि आन्दोलरत शिक्षक र सरकारबिच मङ्गलबार साँझको वार्ता सहमतिनजिक पुगेको छ । वार्तामा सहभागी दुवै पक्षका सदस्यका अनुसार सहमतिबारे बुधबार औपचारिक घोषणा हुने छ ।
राजनीतिक दलसम्बन्धी ऐनमा फरक सुझाव
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधन तथा परिमार्जनका लागि निर्वाचन आयोगको प्रस्तावित व्यवस्थामा राजनीतिक दलहरूको सुझाव बाझिएको छ ।
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : अध्यक्ष डा. भट्टराई
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकार नेपालमा व्यवस्थालाई उल्ट्याउने पक्षमा नरहेको बताउनुभएको छ ।