काठमाडौँ, वैशाख १७ गते । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. ७०० ले घटेको छ ।
मङ्गलबार प्रतितोला रु. एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु. एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला रु. ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु. एक हजार ९७० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।रासस